नेपाली नयाँ बर्षको उपलक्ष्यमा गएको आइतबार नेप्लिज नेबरहुड समुदाय (एनएनसिआइ)ले नेपाली समुदायको बाक्लो बस्ती रहेको थोमस्टाउन र ल्यालोर क्षेत्रमा पारिवारिक भेटघाट र शुभकामना आदान प्रदानको कार्यक्रम राखेको थियो। कार्यक्रममा १५० भन्दा बढीको नेपालीहरुको उपस्थिती थियो।
साना बाल बच्चाहरुको लागि फेस पेन्टिङका साथै बिभिन्न खेलहरु खेलाएर मनोरञ्जन प्रदान गरिएको थियो। अभिभावकहरुले घैटो फुटाउने खेल र नाचगान गरेर खुसी साटासाट गरेका थिए। खेलमा प्रथम हुनेलाइ पुरस्कार बितरण गरिएको थियो।
कार्यक्रममा संस्थाका अध्यक्ष अमृता गुरुङले उपस्थित सबैलाई धन्यबाद दिदै कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने प्रायोजक, सल्लाहाकार, सँस्थाका सदस्य, कलाकार भाइबहिनीहरुको बिशेष प्रशंसा गर्नु भएको थियो भने आउने दिनमा अन्य थुप्रै नयाँ नयाँ कार्यक्रमहरु लिएर आउने प्रतिबद्धता जनाउनु भयो।
कार्यक्रम निक एसेन्जो पार्क थोमास्टाउनमा गरिएको थियो।
एनएनसीले गएको २४ अप्रीलबाट हरेक शनिवार थोमस्टाउन प्राइमरी स्कुलमा बिहान १० बजेबाट १२ बजे सम्म नेपाली भाषा र नेपाली नृत्यको कक्षा सन्चालन गर्दै आएको छ भने हरेक आइतबार बिहान ९ देखी ११ बजे सम्म फ्रेन्च स्ट्रिट हल, लैलोरमा जुम्बा र योगा प्रशिक्षण दिदै आएको छ।