सिंगटी हाइड्रोपावरको शेयरमा आज पनि सकारात्मक सर्किट लागेको छ।
आज कम्पनीको शेयर ४८१ मा कारोबार भइरहेको छ। आज कम्पनीको शेयरमा अधिकतम ९.८२ प्रतिसत आर्थत ४३ अंकको बृधि भएको हो। हिज ४३८ मा कारोबार बन्द भएको कम्पनीको आज ४५९ मा कारोबार खुलेको थियो भने हालसम्म अधिकतम वढेर ४८१ पुगेको छ।
त्यस्तै रुरुको शेयरमा पनि आज पनि सकारात्मक सर्किट लागेको छ।
हिजो मात्र कारोबारमा आएको रुरुको आज कम्पनीको शेयर ३९८ मा कारोबार भइरहेको छ। आज कम्पनीको शेयरमा ३ .६५ प्रतिसत आर्थत १४ अंकको बृधि भएको हो। हिज ३८४ मा कारोबार बन्द भएको कम्पनीको आज ३९१ मा कारोबार खुलेको थियो भने हालसम्म अधिकतम वढेर ३९८ पुगेको छ।
सिंगटीले चैत ६ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँको दरमा २९ लाख कित्ता आइपीओ बिक्रीमा ल्याएको थियो। त्यसमध्ये ५ प्रतिशत अर्थात १ लाख ५४ हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि र २ प्रतिशत अर्थात् ५८ हजार कित्ता शेयर कर्मचारीहरुका लागि बाँडफाँड गरिएको थियो। बाँकी २६ लाख ९७ हजार कित्ताका लागि सर्वसाधारणहरुका लागि बिक्री खुला गरेको थियो।
कम्पनीले सर्वसाधारणमा बिक्रीमा ल्याएको आइपीओमा १५ लाख २३ हजार ४५० जना आवेदकबाट २ करोड ४७ लाख २० हजार ४५० कित्ता शेयर खरिदको लागि आवेदन परेको थियो । जुन कम्पनीले बिक्रीमा ल्याएको २६ लाख ९७ हजार कित्ता आइपीओको ९.१६ गुणा भन्दा धेरै हो।
त्यसमध्ये १५ लाख ५९ हजार ८०२ वटा योग्य आवेदन परेको छ भने ५ हजार ७ सय २८ जनाको आवेदन रद्द भएको क्यापिटलले जनाएको छ ।
रु रु जलुविद्युत परियोजनाले चैत २० गतेदेखि प्रिमियम मूल्यमा आइपीओ जारी गरेको हो । यसले १०० रुपैयाँ अंकित मूल्यमा २० रुपैयाँ प्रिमियम थप गरेर आइपीओ निष्कासन गरेको थियो ।
कम्पनीले १२० रुपैयाँ दरको कुल ४ लाख ७ हजार ७०६ कित्ता आइपीओ निष्कासन गरेको हो । यसमध्ये ८ हजार १५४ कित्ता कर्मचारी र २० हजार ३८५ कित्ता म्युचुअल फन्डहरुलाई छुट्याइएर बाँकी ३ लाख ७९ हजार १६७ कित्ता लागि सर्वसाधारणलाई छुट्टाइएको थियो।