अघिल्लो वर्षहरुमा झैँ यो वर्ष पनि किराँत खम्बु राई समाज सिड्नी अस्ट्रेलियाले यले दोङ्ग साँझ ५०७७ आयोजना गरि शुभकामना आदान – प्रदान गर्न लागेको छ। नेपाली कला र सँस्कृतीलाई बिदेशमा पनि सँरक्षण एवम् सम्बर्धन गर्ने हेतुले यो कार्यक्रम हरेक बर्ष हुँदै आएको छ। गीत सङ्गीत अनि नृत्य र डिजेको साथमा शुभकामना साटासाट गर्नुनै यस कार्यक्रमको मुख्य उद्देश्य रहेको छ।
२५ फ्रेबुअरी शनिबार साँझ ५ बजेबाट पिटर्स्हाम टाउन हलमा हुने शो कार्यक्रमलाई किराँत खम्बु राई समाज सिड्नी अस्ट्रेलियाले आयोजना गर्न लागेको हो।