ग्लोबल मार्क एजुकेसन एण्ड भिषाले नेपाली नयाँ बर्ष २०७८ को अवसर पारेर यहि १७ अप्रील शनिवारको दिन बार्बेक्यु कार्यक्रम आयोजन गर्ने भएको छ। होबार्टको बेन्जाफिल्ड पार्क, मोनाह (7 Gormanston Rd, Monnah, Tas 7009) मा हुने बिर्बेक्यु कार्यक्रममा सहभागी हुन सबै होबार्टबासी नेपालीहरुलाई आयोजक ग्लोबल मार्क एजुकेसन एण्ड भिषाका निर्देशक अरुण चित्रकारले निमन्त्रणा दिनु भएको छ।
पछिल्ला बर्षहरुमा होबार्टमा नेपाली समुदाएको सङ्ख्या उल्लेख्य मात्रामा बढेको छ भने बिभीन्न साँस्कृतिक लगाएत खेलकद र अन्य कार्यक्रमहरु पनि बाक्लै रुपमा हुन थालेका छन्। बिभीन्न मनसायका साथ होबार्टलाई कर्मथलो बनाएर आउनु भएका नेपालीहरुलाई एकिकृत गर्दै एकआपसमा भाइचारा कायम गर्ने र नेपाली नयाँ बर्षको शुभकामना आदनप्रदान गर्दै रमाइलो गर्ने हेतुले यो कार्यक्रम आयोजना गरिएको हो।
यस्ता कार्यक्रमले प्रवासमा रहेर आफ्नो लक्ष्यमा हिड्दै गर्दा कँहीकतै एक्लोपन महसुस भएमा नयाँ साथीभाई बनाउन र मनका बोज हलुका पार्न थप मद्दत पुर्याउने गर्छ।