eNepal

कबिता: तिमीलाई ह्याप्पी भ्यालेन्टाईन

तिमीलाई फुल दिई प्रस्ताब राख्छु भन्थे
तर रङ्गी चङ्गी फुलको व्यापारले
मन त्यसै दोसाँधमा पर्यो
बजारमा निस्केका फुल जति सबै कृतीम लाग्न थाल्यो
न बास्ना पाएँ न कुनै सजिवता
फुङ्ङ उडेका डाँडा जस्ता
बजारका राखीएका डमी जस्ता
नग्न बनाईएर लेपीएका पुतली जस्ता

त्यो बेला बर्षौ लाएर
तिमीलाई प्रस्ताब गर्दा
महिनौ लाएर खिपेको प्रेम पत्र सम्झे
नानी भनेर सम्बोधन गर्दा
लेख्ने कलम र हात थर्रर कामेको सम्झे
एउटा पन्ना भरे तर तिमीलाई तारिफ गर्नै पाईन्न
मात्र प्रकृती र मेरो भावनालाई खिप्ने कोशीस जारी राखे
मलाई मायाँजाल बुनेर
फसाउने जादु चलाउनै आएन
नाना भातीका ठुला सपना बुन्नै जानिन
सिधा लेखिएका शव्दमा
बाङ्गा खेस्रा कोर्नै जानीन
ठुला गफ दिन्थे होला तिम्रो मन पगाल्न
तर अहँ ठुला गफ गर्नै जानीन
फुस्रा कथा सुनाउनै चाहिन
किन कि मेरो मनले
तिमीलाई खेलाउन पटक्कै खोजिन
झुलाएर बाईकको पछाडी
रवाफ देखाउन अनि
देखावटी प्रेममा फसाउन
कदापी चाहिन
ऋृणमा आमा बालाई चुर्लुम्म डुबाएर
खोक्रो ढर्रा देखाउन कदापी चाहिन

काठमाण्डौको कोलाहलबाट केही पर
शान्त बाटीका अनि छेउको नहरमा खुट्टा चोव्दै
कुनाको बुट्यानमा बसेर
तिमीलाई प्रतीक्षा गर्दा
मेरो चुल्बले मनले नाना भाँती सोची रहँदा
सुनसानको मौका छोपेर तिमी माथी
गिद्दे नजर लाउने दुश्प्रयास कदापी गरिन
मात्र तिम्रो निस्कपट अनुहार अनि
सुमधुर बोलीको चेपुवामा फसी रहें

भिसा लागेर उड्न एयरपोर्ट जाँदा
तिमीलाई आलिङ्गनमा बाँधेर
खाएका सपना
मेरो मानसपटलमा अझै ताजा छ
सुँक्क सुँक्क गर्दै तिमीले भनेकी थियो
म तिम्रै हुँ केबल तिम्रै
तिमी भन्थ्यौ आकाशमा उडेको जहाज
बिलीन नभईन्जेल हेरेकी थिए भनेर
राती अबेर सम्म भिडीयो च्याटमा कुरा गर्दा
मेरो अनुपस्थितीमा सन्नाटा छाएको छ भनेर

यता म काम खोज्न व्यस्त भए
अनि तिम्रो र मेरो समय नमिल्न थाल्यो
मन त्यसै धमिलीदै जान थाल्यो
भैसीलाई पकाउने कुडे जत्रो भाडोलाई टल्काउँदा टल्काउँदै
तिम्रा सारा कलहरु मिसकलमा परिणत हुँदै गयो
म्यासेजहरु चाङ माथी चाङ लाग्दै गयो
थाकेर लम्पसार परिसक्दा फुस्स हुन थालियो
अनि उब्जिन थाल्यो
सङ्का र उपसङ्काका बादलहरु
बिदेशसँगै म परिबर्तन भएको दोषहरु थोपरिदै जान थाल्यो
डलरसँग मेरो मायाँलाई तौलीन थालियो
यता म काम थेग्न नसकेर
कैयौ रात ट्रेनको डव्बामा झुमे
अनि कैयौ रात भोकभोकै खाली पेट सुते
तर न तिमीले मेरो मर्म बुझ्न सक्यौ
न त मेरो परिस्थीती
केही हप्ता पछि फेसबुक खोले
न म्यासेज छ न कुनै नोटीफिकेसन
सर्च बक्समा उनकै नाम टाईप गरे
हुँदै जिन्दगी देखी फ्रस्टेसन
अहँ न नाम छ न उनको प्रोफाईल
सोचे ह्याङ्ग भयो होला मोबाईल
अफ गरेर फेरी खोले हुँदै भाव विहल
ब्लक पो भईएछ खाईएछ मायाँमा शितल
मनलाई थामे रोए भक्कानीय हेर्दै उनको तस्बीर
बनायो परदेशी, नचहाँदा नचहाँदै कस्तो गम्भीर

छ महिना पछि साथीको हुने भयो बिवाह
हुँदै फुरुङ्ग भयो मबाट बिदा
बधाई दिएँ भन्दै बिवाहको शुभकामना
केही दिनमा जोडीको फोटो आयो फेसबुकमा
कतै भटे जस्तो कतै बोले जस्तो
कतै देखे जस्तो कतै आफ्नै मान्छे जस्तो
मुटुको धड्कन एक्कासी बढ्न थाल्यो
निधार भरि चिट् चिट् पसीना बग्यो
अनि मन मनै सम्झे तिम्रो नौटङ्की प्रेम
तिमीलाई मेरो ह्याप्पी भ्यालेन्टाईन

मनोज पौड्याल

Related posts

ग्रामपियन्स यात्रा सस्मरण- ग्रामपियन्स जंगलमा ॐकार ध्वनिको गुन्जन

Manoj Poudyal

के एउटा साथी छ त???

Manoj Poudyal

सोचे जस्तो कहाँ सजिलो छ र विदेश!!!

Manoj Poudyal

पैसाले के गर्नु छोरी, तँ नै नभएपछि

Manoj Poudyal

The civilisational beauty of Pompeii

Manoj Poudyal

समाजसेवा गर्नलाई एनआरएनएमै उठ्नु पर्छ र??

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349