eNepal

नेप्लिज नेवरहुड कम्युनिटीको साधारण सभा सम्पन्न, अध्यक्षमा अमृता गुरुङ चयन

मेल्वर्नको थोमस्टाउन, लेलौर तथा आसपासका क्षेत्रमा बसोबास गर्दै आएका नेपालीहरुको समाजिक संस्था नेप्लिज नेवरहुड कम्युनिटी (एनएनसीआइ)को वार्षीक साधारण सभा सम्पन्न भएको छ। 12 Ormond Blvd, Bundoora, Level 1, Suite 101 मा हिजो भएको सभाले अमृता गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ।

कार्यसमितिको उपाध्यक्षमा प्रकाश चालिसे, सचिवमा रेश्मा मानन्धर  ,सहसचिवमा विश्व खनाल ,कोषाध्यक्षमा होमनाथ (कृष्ण) रिजाल चयन भएका छन् त्यस्तै नयाँ कार्यसमितिको सदस्यहरुमा सबिता शाक्य, प्रकाश रेग्मी, सर्मिला श्रेष्ठ, रूपेश पाठक, सुनील अनु, कृष्ण बहादुर महरा, निर्दोष गिरी, सन्देश पन्त, शोभा रंजीत, धर्मराज भट्टराई, रामू भट्टराई र राजेन्द्र श्रेष्ठ रहेका छन्।

कार्यक्रमको शुरुवात निबर्तमान सहसचीव तथा नवनियुक्त सचिव रेश्मा मानन्धरबाट औपचारिक रुपमा परम्परागत मालिकहरुलाई सम्झिदै उपस्थित सबै पाहुनाहरुलाई स्वागत गर्दै एनएनसीआईको विगतका क्रियाकलापहरुको बारे जानकारी गराउनु भएको थियो।

कार्यक्रममा निवर्तमान अध्यक्ष पीताम्बर कोइरालाले संस्थाको वार्षिक प्रतिवेदन र कोषाध्यक्ष कृष्ण आर्थिक प्रतिवेदन पेश गरेका थिए। भोला गिरी र सुधीर शाक्यको दुइ सदस्यीय समितिले साधारण सभा र कार्यसमितिको चयन प्रकृया संयोजन गरेका थिए ।

नेपालीहरूको उल्लेखनीय बसाइ रहेको यस क्षेत्रमा समाजले बीगत २ वर्ष देखि बिभिन्न साँस्कृतीक कार्यक्रमहरु लगाएत योग, ध्यान सम्बन्धित कक्षा पनि सञ्चालन गर्दै आएको छ।

त्यसका साथै जमघटका रूपमा फुटबल खेल्ने, आगन्तुक अभिभावकहरू को लागी कोमल व्यायाम, डे टुर, चाडपर्वहरूको कार्यक्रम गरेर आपसी भाइचारा साट्नुका साथै सहयोग र सदभाव बढाउने काम गर्दै आएको नवनिर्वाचित अध्यक्ष अमृता गुरुङले जानकारी दिनु भएको छ। अबको सत्रबाट एनएनसीआईले थोमास्टोन प्राथमिक विद्यालयमा साना नानीहरुको लागी नेपाली भाषा र नृत्यको कक्षा सँचालन गर्ने भएको छ भने छिटैनै योगा र जुम्बा कक्षा पनि सँचालनमा आउन लागेको जानकारी गराउनु भयो साथै सल्लाहाकारहरुको बारे छलफल भइ रहेको र चाँडैनै यसको निचोड लाग्ने पनि बताउनु भएको छ।

कार्यक्रममा समुदाएको लगभग पचास सदस्यको उपस्थिती रहेको थियो भने सभामा न्याभका अध्यक्ष राम गुरुङबाट बिगतको कार्यकालका सम्पुर्ण सदस्य लगायत स्वयम्सेवक र प्रायोजकहरुलाई कदर गर्दै प्रमाणपत्र वितरण गरिएको थियो।

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

Manoj Poudyal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

Manoj Poudyal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

Manoj Poudyal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

Manoj Poudyal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

Manoj Poudyal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349