हिजो नेप्सेमा सुचिकृत भए पछि आज ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको शेयर कारोबार भएको छ।
आज कम्पनीको स्पेशल प्रि ओपन सेसनमा प्रति कित्ता ३६० काे दरले ९० कित्ता शेयर किनबेच भएकाे थियो । समाचार तयार पर्दा सम्ममा कम्पनीको २६० कित्ता शेयर किनबेच भएकाे छ। कम्पनीको शेयर खरिद गर्नको लागि करिब २९ लाख कित्ताको माग आएको छ भने बिक्रि गर्ने कोहि पनि छैनन्। आज ३६० बाट कारोबार सुरु भएको ज्योति लाइफको ७.७८ प्रतिसत आर्थत २८ अंकले बढेर हाल ३८८ मा कारोबार भइरहेको छ।
केहि दिनसम्म कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लाग्ने देखिन्छ कम्पनीको शेयर मूल्य छिटै नै ७-८ सय माथि पुग्ने केहि जानकारहरु बताउछन। त्यसैले लगानीकर्ताले जति होल्ड गर्न सक्यो उति फाइदा हुने छ।
थप जान्नको लागि यहा क्लिक गर्नुहोस :