भिक्टोरियन नेप्लिज क्रिकेट एसोसिएसन ( भीएनसीए ) र एनआरएनए खेलकुद बिभाग भिक्टोरीयाको सह आयोजनामा भिक्टोरीया राज्यको जिलोङ स्थित हिकिनबोथम ओभल मैदानमा आउँदो अप्रिल १० र ११ तारिखमा एक्स्पर्ट इन्टर-स्टेट त्रिकोणात्मक टि-ट्वान्टी सिरिज आयोजना हुने भएको छ।
भिक्टोरिया, तास्मनिया र न्यु साउथ वेल्स गरि तिन वटा राज्य सहभागी हुने प्रतियोगितामा तिन वटै राज्यमा उत्कृस्ट प्रदर्शन गर्ने नेपाली खेलाडीहरु बीच सिरिज आयोजना हुन लागेको हो जसमा प्रत्येक राज्यबाट १४ जना खेलाडीहरुको टिम रहने छन्।
भिक्टोरियाबाट राष्ट्रिय प्रतियोगिता खेलेका कुशल तुलाधरको नेतृत्वमा आशिष जिसी भाईस क्याप्टेन, सन्दिप यादव, अविनास पौडेल, प्रकाश थापा, पुकार भण्डारी, दिपेन रायमाझी, विकेस श्रेष्ठ, निकेश खनाल, राजकुमार गुरुंग, सन्देश कँडेल, युत्सव पोखरेल, धिरज दास, सन्जोग दाहाल र दिनेश सापकोटा छन् भने टिम म्यानेजरमा सविन अधिकारी रहेका छन् ।
तास्मानिया नेप्लिज क्रिकेट संघको टोलीको नेतृत्व पूर्व राष्ट्रिय टोलीका तेज बलर अमृत भट्टराईको नेतृत्वमा मोईनकुमार श्रेष्ठ, अनुज अधिकारी, अभिषेक श्रेष्ठ, सुनित अर्याल, सुरज थापा, अयुप न्यौपाने, अमृत भट्टराई, सागर क्षेत्री, अन्जित लम्साल, किरण पाण्डे, अवि भण्डारी, उमेश पण्डित, गोविन्द कार्की र सन्दिप अधिकारी रहेका छन्।
न्यू साउथवेल्सबाट राष्ट्रिय क्रिकेट प्रतियोगिता खेलेका नविन गुरूङको नेतृत्वमा सरोज पाठक भाईस क्याप्टेन, अनुप ओली, अमन सिंह, रमेश क्षेत्री, राजु न्यौपाने, युवराज मल्ल, सुजन कार्की, विशाल सुनार, रुपेश श्रेष्ठ, आयुश थापा र राहुल श्रेष्ठको टिम रहेको छ।
प्रतियोगिताको मुख्य प्रायोजकमा एक्सपर्ट एजुकेसन रहेको छ भने अन्य सहयोगीहरूमा हंग्री आइज रेस्टुरेन्ट, थ्रिआरजे, बुद्ध ट्राभल्स , एभरेष्ट ड्राइभिङ, डेस्टिनी लिभिङ, क्याप्कर्न, लालीगुराँस रहेका छन्।
यस प्रतियोगितालाई न्याभ, हार्मोनी ईन क्रिकेट, जनसम्पर्क समिती अस्ट्रेलीया, स्टडी स्पोर्ट्स, जिलोङ नेप्लिज एसोसियसन, सोलाङ्चर, एभरेस्ट फुटबल क्लवले सहकार्य गर्दैछन्।