eNepal

पहिलो पटक द हन्ड्रेडको आयोजनासँगै हिमालयन क्रिकेट कार्निभल सम्पन्न

मेल्बर्नमा पहिलो पटक द हन्ड्रेडको आयोजना गर्दै हिमालयन क्रिकेट कार्निभल सम्पन्न भएको छ। 

यो बर्षको द हन्ड्रेड प्रतियोगिता तीन दिन सम्म चलेको थियो। इस्टरको लामो बिदा पारेर आयजना गरिएको प्रतियोगिता गएको शुक्रबार, शनिवार र आइतबार भएको थियो।

द हिमालयन क्लवको होम ग्राउण्डमा भएको  हिमालयन क्रिकेट कार्निभलमा हिमालयन क्लब, एक्सपर्ट सागरमाथा ब्लुज, रोयल राइनोस क्रिकेट क्लब, मेभन क्रिकेट क्लब, नारे किङ्ग क्रिकेट क्लव, फार वेश्टर्न हन्टर्स, गोर्खाली क्रिकेट क्लब, एभरेस्ट लायोन्स गरेर आठ टिमहरुको सहभागीता रहेको थियो।

सेमिफाइनलमा एक्सपर्ट सगरमाथा ब्लुजले मेभन क्रिकेट क्लव अनि द हिमालयन क्रिकेट क्लवले रोयल राइनोज क्रिकेट क्लवलाई हराउँदै फाइनलमा पुग्न सफल भएका थिए।

टस जितेर पहिलो ब्याटिङ रोजेको हिमालयन क्लबले १८१ रन बनाउँन सफल रह्यो।१८२ रनको लक्ष्य पछ्याउँदै एक्सपर्ट सगरमाथा ब्लुजले १०० बलमा १७५ रन मात्र बनाउन सफल भयो। हिमालयन क्रिकेट क्लबले अत्यन्त रोमाञ्चकारी प्रतीस्पर्धामा ६ रनले एक्सपर्ट सागरमाथा ब्लुजलाई हराउँदै ट्रफी जित्न सफल भयो।

टूर्नामेन्टका सर्वश्रेष्ठ ब्याट्सम्यानमा एक्सपर्ट सगरमाथा ब्लुजका आशीष जीसी भए भने सर्वश्रेष्ठ बलर आरआरसीसीका उत्सव पोखरेल बने। त्यस्तै टूर्नामेन्टका सर्वश्रेष्ठ विकेटकीपर हिमालयन क्लबका रोबिन महर्जन, प्लेयर अफ दि म्याच (फाइनल) हिमालयन क्लवका सरोज छेत्री,  प्लेयर अफ दि सिरिज आरआरसिसिका धीरज दास बन्न सफल रहे। टूर्नामेन्टका सबैभन्दा रोमाञ्चक खेलाडीका रुपमा हेड अंपायर सन्तोष बास्तकोटीले आरआरसीसीका कुडुस खानलाई चयन गर्दै हेड १०० डलर नगद पुरस्कार प्रदान गरे।

कार्निभलको मुख्य आकर्षणको रुपमा बच्चाहरूका लागि वूलवर्थ ब्लास्टर प्रोग्राम रहेको थियो। करिव चालिस जना साना भाईबहिनीहरुले सहभागी जनाएको ब्लास्टर प्रोग्राममा अभिभावकसँग सफ्ट बल प्रतियोगिता गरिएको थियो। क्रिकेट भिक्टोरिया र हिमालयन क्लबको सहकार्यमा अप्रीलको ४ तारिख सम्म छ हप्ताको लागि जुनियर क्रिकेट ब्लास्ट आयोजना गरिएको थियो। पाँच बर्ष देखी आठ बर्ष उमेर समुहका करिव ६० जना बालबालीकाहरुले पहिलो सत्रका लागी दर्ता गराएका थिए। यस कार्यक्रमको मुख्य उदेश्य अर्को वर्ष हिमालयन क्लब अण्डर १० टीम निर्माण गर्ने र स्थानीय क्रिकेट प्रतियोगितामा सहभागी जनाउने रहेको द हिमालयन क्लवका अध्यक्ष केशव सापकोटाले जानकारी गराउनु भयो।

अन्तिम दिनको पुरस्कार तथा वितरण कार्यक्रममा मुख्य अतिथीहरुमा एनआरएनए अध्यक्ष केशव कँडेल, न्याभका अध्यक्ष राम गुरुङ, क्रिकेट भिक्टोरिया इन्क्लुजन समाबेशीकरण अफिसर रोहेल अख्तर, एनआरएनए भिक्टोरिया कोअर्डिनेटर प्रेम कँडेल, एपिङ वोलर्ट नेपाली समुदायका अध्यक्ष रोशन उपाध्याय, साउथ एसियन कम्युनिटी लिङ्क ग्रुपबाट हरि पाण्डे, टीएचसीका विगतका अध्यक्ष एबम् संरक्षक भोला गिरीको उपस्थिती रहेको थियो। समारोहमा प्लेटिनम प्रायोजक कण्डेल कन्सल्टेन्सीका तर्फबाट राज कंडेल र अन्य अतिथिहरूबाट खेलाडीहरूलाई ट्रफी र मेडलहरू वितरण गरिएको थियो।

द हिमालयन क्लवका जनसम्पर्क अधिकारी तारा गैरेले पहिलो पटक मेल्बर्नको नेपाली समुदाएमा द हन्ड्रेडको कन्सेप्टमा क्रिकेट कार्निभल २०२१ सफलता पूर्बक सम्पन्न बनाउन सहयोग गर्नु हुने सबै सहभागीहरू, खेलाडीहरू, भिक्टोरीया स्वास्थ्य, अन्य समर्थकहरू, स्वयम्सेवक र प्रायोजकहरूलाई धन्यबाद दिदै आगामी बर्ष अझै व्यबस्थित र भव्य बनाउने बताउनु भयो। 

सेमिफाइनल र फाइनलको प्रत्यक्ष प्रशारण इनेपाल टिभी एचडीले गरेको थियो। भिडीयो हेर्नको लागि यो लिङ्कमा क्लिक गर्नुहोस्।

https://fb.watch/4Hqe56lrT7/

समापन समारोहको प्रत्यक्ष प्रसारणको लाईभको यहाँ क्लिक गर्नु होला
https://fb.watch/4HqsVWVXrC/

 

Related posts

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

Manoj Poudyal

पोखरा एघार ग्लोबल मार्क एनटिएसए फुटसल च्याम्पियनसिप २०२२ को विजेता बन्न सफल

Manoj Poudyal

यति एफसी रातोले बाजी मार्यो यो बर्षको कन्डेल कन्सल्टेन्सी कपको उपाधी

Manoj Poudyal

मेल्बर्नमा कँडेल कन्सल्टेन्सी क्रिकेट कार्निभल हुँदै, आठ टिमले प्रतिस्पर्धा गर्दै

Manoj Poudyal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

Manoj Poudyal

नेपालको विश्वकप टी–ट्वान्टी क्रिकेट प्रतियोगिता खेल्ने सपना अधुरै

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349