eNepal

खुशीको खबर : ५० कित्ता पर्ने आइपियो निस्कासन हुदै , कहिले होला त निस्कासन ?

 

बुक विल्डिङ विधिबाट आईपीओ जारी गर्न लागेको सर्वोत्तम सिमेन्टले आइपीओ निष्कासनको काम टुङ्गो लगाउने गरी काम भगरिरहेको छ ।सर्वोत्तम सिमेन्टले प्रतिकित्ता अनुमानित मूल्य ७५० रुपैयाँ राखेको छ । बुक विल्डिङ विधिबाट आईपीओ जारी गर्न लागेको सर्वोत्तम सिमेन्टले प्रतिकित्ता ७ सय ५० रुपैयाँभन्दा माथिको मूल्यमा आईपीओ बेच्ने प्रक्रिया अघि बढाएको छ ।कम्पनीले सर्वसाधारणलाई सेयर बिक्री गर्दा प्राप्त हुने रकम ऋण तिर्न र व्यवसाय विस्तारमा खर्चने योजना बनाएको छ ।

सर्वोत्तम सिमेन्ट बुक विल्डिङ विधिबाट आईपीओ जारी गर्ने पहिलो कम्पनी हुने भएको छ।कम्पनीले पहिलो चरणमा न्यूनतम ७५०  तय गर्ने जानकारी दिएको हो । तर शेयर निस्कासन तथा बिक्रि गर्ने बेला सम्ममा मुल्यमा हेरफेर हुन सक्ने सम्भावना छ।सर्वोत्तम सिमेन्टको प्रति सेयर आम्दानी (EPS) ५२ रुपैयाँ छ ।कम्पनीको शेयरमा माग भन्दा बढी आवेदन परे पनि गोला प्रथाबाट बाँडफाँट गर्नु पर्ने अवस्था रहे पनि सर्वसाधारणले ५० कित्ताभन्दा कम शेयर पाउने छैनन् ।

पहिलो चरणमा कम्पनीको उक्त शेयरमा संस्थागत लगानीकर्ताले तोकिएको मूल्य भन्दा माथिका मूल्यमा (BID) बोलकबोल गर्ने छन् । उक्त कार्य पछी बोलकबोल गरेको मूल्यमा औसत मूल्य निकाली , औसत मूल्यमा १० प्रतिशत घटाएर सर्वसाधारणमा सेयर बेच्ने कम्पनीले जनाएको छ।कम्पनीले ८ लाख कित्ता प्रभावित स्थानीयलाई , २४ लाख कित्ता संस्थागत लगानीकर्तालाइ , ३ लाख कित्ता कम्पनीका कर्मचारीलाई र २५ लाख कित्ता सर्वसाधारणलाई बिक्री गर्ने छ ।

२०७६ साउनमा प्राइभेटबाट पब्लिक कम्पनीमा रूपान्तरण भएको सर्वोत्तमले चुक्ता पूँजीको १५ प्रतिशत अर्थात ६० करोड रुपैयाँ बराबरको सेयर बिक्रि गर्ने प्रक्रिया सुरु गरेको छ ।कम्पनीले आफ्नो व्यवसायिक उत्पादन शुरु गरेपछि नै नाफा कमाउदै आएको र विगत ३ वर्षको औषत मुनाफा (कर पछिका) वार्षिक १०४ करोड रुपैयाँ भन्दा बढी रहेको छ। कम्पनीसंग ९० वर्ष पुग्ने चुनढुंगा खानी रहेको जनाएको छ।

कम्पनीको खानी पाल्पामा रहेको छ भने नवलपरासीमा उद्योग रहेको छ । यस उद्योगको वार्षिक दैनिक  उत्पादन क्षमता ६० हजार बोरा  रहेको छ ।सर्वोत्तम सिमेन्टले सर्वोत्तम ग्रिन पि. एस. सि. सिमेन्ट र सर्वोत्तम ग्रिन ओ. पि. सि. सिमेन्ट उत्पादन गरिरहेको छ । युरोपियन भि. आर. एम. मेशिनबाट उत्पादित सर्वोत्तम सिमेन्ट नेपाल कै एकमात्र पहिलो ४५०० ब्लेन सम्मको मसिनोपन भएको सिमेन्ट उत्पादन गर्दै आएको छ ।

आफ्नो सिमेन्ट उत्पादन अझै बृहत् भएपछि सिमेन्ट उपभोक्तामाझ गुणस्तरीय तथा अत्याधुनिक प्रविधिबाट उत्पादित सिमेन्टको पहुँच अझै सरल तथा सुलभ बन्ने कम्पनीको विश्वास छ । सर्वोत्तम सिमेन्ट देशका महत्त्वपूर्ण आधारस्तम्भहरु अनि ठूला परियोजना तथा गौरवशाली आयोजनालगायत पुल, बाँध, हाइड्रोपावर, धावनमार्गदेखि हाउजिङ कम्पनीको समेत पहिलो रोजाइमा पर्दै आएको कम्पनीले जनाएको छ ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

Manoj Poudyal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

Manoj Poudyal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

Manoj Poudyal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

Manoj Poudyal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

Manoj Poudyal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349