eNepal

मेल्बर्नमा इस्टरको लामो सप्ताहन्त पारेर हिमालयन क्रिकेट कार्निभल हुँदै

इस्टरको लामो सप्तान्त पारेर आउँदो शुक्रवार २ अप्रील देखी आइतवार ४ अप्रील सम्म मेल्बर्नमा हिमालयन क्रिकेट कार्निभल २०२१ शुरु हुँदैछ।भिक्टोरीयाका आठ क्रिकेट टिमहरुको सहभागीता रहने यस कार्निभलले  कोभीड १९ महामारी पछि (CALD) सांस्कृतिक र भाषिक हिसाबले विविध समुदायका सदस्यहरूलाई अर्थपूर्ण सामाजिक सम्बन्ध राख्न सुनिश्चित गर्न ठुलो मद्दत पुग्ने देखीन्छ।

तिनदिने कार्निभलमा मेल्बर्नका नेपाली क्रिकेट क्लबहरूले “The 100” क्रिकेट प्रतियोगिता खेल्नेछन् जसलाई भिक्टोरीया स्वास्थ्य, क्रिकेट भिक्टोरिया र हार्मोनी इन क्रिकेट एसोसीएसनको सहकार्य रहेको छ।

कार्निभलको अन्तिम दिन आइतबारलाई अझ बढि रोमान्चक र पारिवारिक बनाउने अभिप्रायका साथ हाल भइरहेको वूलवर्थ ब्लास्ट सेसनमा सहभागी जनाएका ४० बालबालीका र उनीहरुका अभिभावकहरुलाई सहभागीता गराइने भएको छ। फिनालेलाई भव्य र सभ्य बनाउने हेतुले महिलाहरूको लागि “women’s “come and try session” र सिनीयर टेप बल प्रतियोगिता पनि राखिएको र अन्तिम दिनमा लगभग १५० देखी २०० सदस्यहरु उपस्थित रहने द हिमालयन क्लवका जनसम्पर्क अधिकारी तारा गैरेले जानकारी गराउनु भयो।

द हिमालयन क्लबको होम ग्राउन्ड T W Blake Park, 63 Gower Street Preston मा हुने प्रतीयोगिताको प्रथम पुरस्कार राशी $ २००० रनिङ कप, पदक र प्रमाणपत्र राखिएको छ भने 

दोस्रो हुनेलाई पुरस्कार राशी $ १०००, रनर अप कप, पदक र प्रमाणपत्र रहेको छ। त्यस्तै सर्वश्रेष्ठ खेलाडी, सर्वश्रेष्ठ बलर, सर्वश्रेष्ठ विकेटकीपर टूर्नामेन्ट, सर्वश्रेष्ठ बेट्सम्यान, म्यान अफ द म्याच फाइनल ट्रफी र प्रमाणपत्र रहेको छ। वूलवर्थ्स ब्लास्टरमा सहभागी बालबालीकाको लागि पनि पदकको ब्यबस्था गरिएको छ।

सन् २०११ मा कम्युनिटी स्पोर्ट्स क्लबको रूपमा भिक्टोरियाको नेपाली समुदायमा दर्ता गरिएको द हिमालयन क्लवले सबै उमेर समूहहरू, लिंग र जातीयतालाई समेट्दै विभिन्न सांस्कृतिक, मनोरन्जन र खेल गतिविधिहरू गर्दै आएको छ। समुदायका सदस्यहरूबीच एकता ल्याउने र उनीहरूको जीवनमा स्पष्ट सकारात्मक भिन्नता ल्याउने दृष्टिकोणसहित सांस्कृतिक जागरूकता विकास गर्दै समुदायसँग स्वस्थ सम्बन्धहरूलाई प्रोत्साहित गर्ने यस क्लवको मुख्य उद्देश्य रहेको छ।

आजको स्थितीमा क्लवलाई पुर्याउन साथ सहयोग र समर्थन गर्नु हुने विगतका र हाल क्लबसँग आबद्द सबै स्वयंसेवकहरू, सदस्यहरू र प्रायोजकहरूलाई धन्यवाद दिदै क्लवका बर्तमान अध्यक्ष केशब सापकोटाले  प्रत्येक वर्ष भिक्टोरीयामा क्रिकेट कार्निवलको आयोजना गर्दै समुदायलाई एक ढिक्का बनाउदै अघि लैजाने लक्ष्य रहेको जानकारी गराउनु भयो।

Related posts

न्याभको नयाँ कार्यसमितीले पायो पूर्णता

Manoj Poudyal

नेपाल फेस्टिबल मेल्वर्नमा नै मैले मेरो मायालाई भेटेको हुँः कन्दरा गायक विवेक श्रेष्ठ

Manoj Poudyal

एक दिनको अवधिमा सम्रग नेपाललाई प्रतिनिधित्व गराउने महोत्सव हो नेपाल फेस्टिभल: ऋषि कँडेल

Manoj Poudyal

कला भिक्टोरीयाले रक्षा वन्धन एवम् जनै पुर्णिमा मनाउँदै

Manoj Poudyal

नेपाल फेस्टीभल पछिल्लो पुस्तालाई नेपाल चिनाउने एउटा उत्सवको रुपमा मान्छु -समाजसेवी बम योन्जन

Manoj Poudyal

समाज र समूदायको साथमा छौं भन्नका लागि यो निर्णय गरेका हौं-इन्द्र गुरुङ्ग ब्लूबेरी रियलस्टेट

Manoj Poudyal