eNepal

यस्तो रह्यो मधेसी समुदाय भिक्टोरीयाको होली पर्व

भिक्टोरियाको मधेसी समुदायले मेल्बर्नमा हिजो एक बिशेष कार्यक्रमको आयोजना गर्दै होली उत्सव धुमधामसँग मनाएको छ।  “Celebrate Friendship, Harmony and Goodwill Irrespective of our Religion and Nationality in a Covid-Safe Environment” थिमका साथ आयोजना गरिएको होली पर्वमा नेपाली लगाएत अन्य समुदायका मानिसहरुको उपस्थिती रहेको थियो।

मधेसी समुदाए भिक्टोरीयाका बर्तमान अध्यक्ष डा. सुरेन्द्र रौनियारका तर्फबाट कार्यक्रमलाई बृहत्तर सफल बनाउन सहयोग गर्नु हुने सदस्य, समुदाएका अगुवाहरु र सहभागीहरुलाई बिशेष धन्यबाद दिदै मोरल्याण्ड सिटी काउन्सिल र स्थानीय प्राधिकरणलाई कोबर्ग लेक रिजर्भ पार्कमा यो कार्यक्रम मनाउन अनुमति दिएकोमा बिशेष आभार व्यक्त गर्नु भएको थियो।

होली उत्सवमा ब्रोन्विन हाफपेनी सांसद (थोमस्टाउन जिल्लाका लागि राज्य सदस्य) र मनोज कुमार (सवकन्टीनेन्ट फ्रेण्ड्स अफ लेवर) लगाएत नेपाली समुदाय र संगठनका प्रतिनिधिहरू गोपाल काफ्ले, हरि पाण्डे, भोला गिरी, नीरू त्रिपाठी लगाएतको उपस्थिती रहेको थियो।

कार्यक्रमलाई डाँफे कन्सल्टीङ मेल्बर्नले मुख्य प्रायोजक गरेको थियो भने भिक्टोरीयन सरकार/बहु ​​सांस्कृतिक महोत्सव कार्यक्रमको सहयोग रहेको थियो। त्यस्तै ट्राभल पार्टनरका रुपमा फनफन्नी टुर्स र नेपा रिमोभल्स, क्याटरिङ पार्टनरमा हिमालयन भोजनालय, फोटोग्राफरमा नितेश केसी र म्युजीकमा डीजे एभरेष्टले सहयोग गरेका थिए।

 

कार्यक्रममा बोल्दै अध्यक्ष डा. सुरेन्द्र रौनियारले यस बर्षको होलीलाई उत्कृष्ठ बनाउन सहयोग गर्ने मधेसी समुदाए भिक्टोरीयाका सदस्यहरु र स्वयंसेवकहरू राजीव महतो, प्रमोद पटेल, शाह पवन, कर्ण प्रकाश, ओम राउत, राजेश जायसवाल, पंकज सरदार, पंकज यादव, अशोक महाशेठ, मनीषा गुप्ता, बिन्दु शर्मा, नीरा श्रीवास्तव, नीलम कर्ण, मानव श्रीवास्तवलाई बिशेष धन्यबाद दिदै यस वर्ष होलीलाई उत्कृष्ट बनाउनु हुने होली-फेस्टिवल तयारी टोली विशेष गरी गोपाल शाह (संयोजक), सन्तोष कर्ण र कानु संजीवको प्रशंसा गर्नु भयो।

मधेसी समुदाए भिक्टोरीयाले हरेक बर्ष मेल्बर्नमा धमधामका साथ होली पर्व मनाउँदै आएको छ। विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ को सङ्क्रमण जोखिम बढेसँगै गएको वर्ष भने सामुहिक रुपमा होली पर्व मनाउन पाइएको थिएन।

आपसी सद्भाव, राक्षसी (तामसी) प्रवृत्तिविरुद्ध सात्विक प्रवृत्तिको जित भएको प्रतीकका रूपमा मनाइने होली पर्व रङ, अबिरको पर्व मानिन्छ । सम्पूर्ण राग, द्वेष बिर्सेर एकअर्कालाई विजयको प्रतीक रातो अबिर लगाएर शुभकामना आदान–प्रदान गर्दै होली मनाइने गरिन्छ ।

Related posts

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

Manoj Poudyal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

Manoj Poudyal

एएनएमसीले पायो पहिलो पन्डीत, प. नारायण प्रसाद ज्ञवाली पहिलो पन्डित नियुक्त

Manoj Poudyal

मेल्बर्नमा छठको तयारी तीब्र, १९ र २० नोभेम्बरमा बिशेष कार्यक्रम हुँदै

Manoj Poudyal

रोयल वेस्टर्न क्लब र Care AU द्वारा सि पि फुटबल खेलाडीहरुको स्वागत तथा सम्मान

Manoj Poudyal

दिदीबहिनी समाज भिक्टोरिया द्वारा आवाज नामक संस्थालाई $६५०० आर्थीक सहयोग प्रदान

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349