eNepal

मेल्बर्नमा क्रिकेटको माहौल फेरी शुरु, भिएनसीएले टि टेन च्याम्पियनसिप गर्दै

याभकप सकिएको केही हप्ता मात्रै हुँदै गर्दा मेल्वर्नमा फेरी क्रिकेटको माहौल शुरु हुने भएको छ।भिक्टोरीयन नेप्लिज क्रिकेट एसोसीएसनको आयोजनामा यहि मार्चको २७ र २८ मा एक्सपर्ट टि टेन च्याम्पियनसिपको तेस्रो सँस्करण हुने भएको छ।

द हिमालयन क्लब जाइन्ट्स, द हिमालयन क्लब टाईटन्स, ग्लोबल इन्टरफेस क्रिकेट क्लब, मेभन क्रिकेट क्लब, एक्सपर्ट सगरमाथा ब्लुज स्टार , एक्सपर्ट सगरमाथा ब्लुज रेनीग्रेड्स ,रोयल राइनोज क्रिकेट क्लब, रोयल राइनोज वेरियर्स गरेर आठ टिमले सहभागीता जनाउने प्रतियोगिता फेयरबेन पार्क  एस्कटभेलमा र बोइङ रिजर्भ स्ट्राथमोरमा हुने छ।

प्रतियोगिताका विजेतालाई तीन हजार अस्ट्रेलियन डलर र दोस्रो हुनेलाई पाँच सय डलर तथा ट्रफी प्रदान गरिने भिएनसीएका अध्यक्ष सुजित बस्नेतले बताएका छन्।

कार्यक्रमलाई एक्सपर्ट एजुकेशनले मुख्य प्रायोजन गरेको छ भने बुद्ध ट्राभल्स, थ्रिआरजे,हङ्ग्री आई फ्युजन एण्ड बार, एभरेष्ट ड्राइभङि, डाइनेस्टी होम्स लालिगुरास इन्टरप्राइजेजले सहयोग गरेको भिएनसीएले जनाएको छ।

भिएनसिएले १० र ११ अप्रिलमा एक्सर्ट इन्टरस्टेट प्रतियोगिता समेत आयोजना गर्ने भएको छ जसमा मेल्बर्न, सिड्नी र तास्मानीयाका राज्य टिमले सहभागिता जनाउने भिएनसीएका क्रिकेट कोअडीनेटर सवीन अधिकारीले बताए।

भिएनसीएको स्थापना केही बर्ष पहिले भिक्टोरीयाको नेपाली समुदाएमा क्रिकेट लगाएत अन्य खेलहरुलाई समृद्ध तुल्याउने दृस्टीकोण सहित संस्थाको विकास गर्न र युवा र उदीयमान खेलाडीहरूलाई उचीत अबसर दिने हेतुले खोलिएको सँस्था हो।

Related posts

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

Manoj Poudyal

पोखरा एघार ग्लोबल मार्क एनटिएसए फुटसल च्याम्पियनसिप २०२२ को विजेता बन्न सफल

Manoj Poudyal

यति एफसी रातोले बाजी मार्यो यो बर्षको कन्डेल कन्सल्टेन्सी कपको उपाधी

Manoj Poudyal

मेल्बर्नमा कँडेल कन्सल्टेन्सी क्रिकेट कार्निभल हुँदै, आठ टिमले प्रतिस्पर्धा गर्दै

Manoj Poudyal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

Manoj Poudyal

नेपालको विश्वकप टी–ट्वान्टी क्रिकेट प्रतियोगिता खेल्ने सपना अधुरै

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349