विगत ७ बर्षदेखि अस्ट्रेलीयाका बिभीन्न राज्यहरुमा निशुल्क जिवन उपयोगी तालीम दिदै आएको नेप्लिज पब्लिक लिङक (एएनपीएलले) मेल्बर्नमा बाइक शिक्षा प्रशिक्षक, मानसिक स्वास्थ्य प्राथमीक उपचार र वाईट कार्ड सम्बन्धी तालीम निशुल्क दिने भएको छ।
बिशेष गरेर अन्तररास्ट्रिय बिधार्थीहरुलाई लक्ष्क्षीत गरेर दिन लागिएको बाइक तालिमको लागि इच्छुक व्यक्तिहरुले तल दिएको लिङ्कमा गएर फर्म भर्नु पर्ने छ। सिमीत कोटा र सरकारले लगाएको कोभीड १९ को प्रतीबन्धको कारण पहिला भर्ने व्यक्तिहरुलाई पहिलो प्राथमिकतामा राखिने हुँदा यथासिघ्र फर्म भरेर आफ्नो स्थान सुरक्षित राख्न एएनपिएलका निर्देशक निराजन गौलीले आग्रह गर्नु भएको छ।
उहाँ भन्नु हुन्छ – “यस पटक एएनपीएलले मेल्बर्नको नेपाली समुदायको लागि अर्को ईनोभेटीभ कार्यक्रम ल्याउँदैछौ। ईनोभेटीभ कार्यक्रम मध्य बाइक मर्मत सम्भार र प्रशिक्षक प्रशिक्षण (बाइक एड) महत्वपूर्ण प्रशिक्षणको रुपमा हेरिन्छ।यो प्रशिक्षणबाट बिशेष गरेर नेपाली समुदायका स्कुले उमेरका बच्चाहरूलाई बाइक राइडिङ सम्बन्धित सुरक्षित सवारी र सक्रिय यातायातको प्रबर्धनको बारेमा ज्ञान हुन्छ।”
यसको लागि यो लिङ्का आफ्नो विवरण राख्न सक्नु हुनेछ।
अस्ट्रेलीयाका बिभीन्न राज्यमा सफल्ता पूर्बक सम्पन्न भइसकेको मानसिक स्वास्थ्य प्राथमीक उपचार तालीम मेलबर्नमा पढ्ने नेपाली भाषी अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई लक्ष्क्षीत गरेर सँचालन गर्न लागिएको हो।१२ घण्टाको फेस टु फेस हुने तालीम लिए पछि सहभागीहरूले एक अनलाइन क्विज गर्नु पर्ने हुन्छ। क्विजमा ८० % प्राप्त गरेपछि तपाईले ३ बर्षको लागि मान्यताप्राप्त एमएचएफए प्रमाणपत्र प्राप्त गर्नुहुनेछ।
यो प्रशिक्षण स्टडी मेलबर्नको अन्तर्राष्ट्रिय विद्यार्थी कल्याण कार्यक्रम, भिक्टोरिया सरकारको पहलमा मेलबोर्नमा अध्ययन गर्ने नेपाली भाषी अन्तर्राष्ट्रिय विद्यार्थीहरूको गरिएको हो।
लिङ्को लागि यहाँ क्लिक गर्नु होला
अस्ट्रेलीयामा निर्माण उद्योगमा काम गर्ने हो भने वाईट कार्ड प्रशिक्षण अत्यन्त आवस्यक छ। यसपटक एएनपीएलले नेपाली अन्तर्राष्ट्रिय विद्यार्थीहरूको लागि वाईट कार्ड प्रशिक्षण आयोजना गरिरहेको छ। निशुल्क प्रशिक्षणको लागि इच्छुक सहभागीहरुबाट तलको फर्ममा आफ्नो इच्छा राख्न सक्नु हुनेछ। यो प्रशिक्षण एनएमआईटी (रेजिष्टर्ड प्रशिक्षण संगठन) द्वारा , दुई समूहमा १२ सहभागीलाई प्रदान गरिनेछ।
लिङ्को लागि यहाँ क्लिक गर्नु होला
एएनपिएल एक नाफा रहित गैर सरकारी समुदाय संगठन हो जसले सन् २०१४ देखी अस्ट्रेलियाको नेपाली समुदायमा मानसिक रोगको रोकथाम, मानसिक स्वास्थ्य प्राथमिक उपचार तालिमका अलावा एएनपीएलले सडक तथा पैदल यात्री सुरक्षा, पानी सुरक्षा, घर र कार सुरक्षा परियोजना सम्बन्धी बिभीन्न नवीन कार्यक्रमहरू ल्याइरहेको छ जुन नेपाली समुदायमाँझ अत्यन्त सान्दर्भिक र धेरै आवश्यक रहेको छ।