eNepal

चितवन समाज भिक्टोरिया र एनआरएनए युथ फोरमको सहकार्यमा दुईदिने रक्तदान कार्यक्रम सम्पन्न

चितवन समाज भिक्टोरिया र एनआरएनए युथ फोरम भिक्टोरियाको संयुक्त प्रयासमा गएको ६ र ७ मार्चमा दुईदिने रक्तदान कार्यक्रम सम्पन्न भएको छ। 

लाइफ व्लड बन्डुरा डोनर सेन्टरमा आयोजना गरिएको रक्तदान कार्यक्रममा भिक्टोरियाको नेपाली समुदाय र सङ्गठनको समन्वय समितिका सदस्यहरूबाट साथ र सहयोग प्राप्त भएको थियो। यस्तो बिषम् परिस्थितीमा पवित्र उद्देश्यका साथ गरिएको कार्यक्रमलाई सफल बनाइदिनु हुने दाताहरुलाई आयोजकको तर्फबाट धन्यबाद दिइएको छ।

कोरोना भाईरसको माहामारी पछि कर्मभूमीमा रगतको अभाव नखड्कियोस् भनेर पनि नेपाली समुदाएबाट बेलाबेलामा रक्तदानको कार्यक्रमहरु आयोजना भइरहेको छ।

चितवन समाज भिक्टोरियाले बर्षेनी बिभीन्न सामाजिक कार्य गर्दै समुदाएमा उदाहरणिय समाजको रुपमा आफूलाई चिनाउदै आएको छ। गएको बर्ष कोरोना कहरका बिचमा आफ्नो सामाजिक दायीत्व​लाई निरन्तरता दिदै भिक्टोरियाका नेपाली सँस्थाहरु एनआरएनए भिक्टोरीया लगायत अन्य सामाजिक सँस्थाहरु स​म्मिलित भिक्टोरीयन नेप्लिज कम्युनिटी कोविड राह​त कोषलाई १००० अस्ट्रेलिय​न ड​ल​र स​ह​योग गरेको थियो भने ​नेपालमा पनि आर्थिक रुपमा कमजोर रहेका व्यक्ति वा सँस्थाहरुलाई आर्थीक सहयोग गर्दै आएको छ।

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

Manoj Poudyal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

Manoj Poudyal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

Manoj Poudyal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

Manoj Poudyal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

Manoj Poudyal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349