मेल्बोर्न निवासी उत्सव लामीछाने र युजेकेको पहिलो प्रस्तुती “सक्दिन” बजारमा आएको छ।आधुनीक शैलीको यो गीतलाई गायक द्वय उत्सव र युजेकेले लिपीबद्द गरेका हुन्।यस गीतलाई उत्सव निरौलाले सम्पादन, निर्देशन र भिडीयोग्राफी गरेका हुन् भने फोटोग्राफी सङ्कल्प लुईटेलले गरेका हुन्।।मिस्टा ब्लिङ्क म्युजीक यानिकी मेक मनी रेकड्समा रेकर्ड गरिएको “सक्दिन”मा प्रकृती श्रेष्ठको फिचरीङ हेर्न पाईने छ।युलियान साईडरोभको ड्रोम क्यामराको सहायताले मेल्बोर्नका रमणीय स्थलहरुलाई कैद गरिएको यस गीतलाई हाईलाईट्स नेपालले बजारमा ल्याएको हो।