eNepal

हल अफ फेम सिजन २ को सेमिफाईनल आज हुँदै

एमएनटीभी अष्ट्रेलियाले आयोजना गरेको प्रतिभा प्रोत्साहन कार्यक्रम अन्तर्राष्ट्रिय अनलाईन गायन प्रतिस्पर्धा हल अफ फेमको सिजन २ निष्कर्षतिर अघि बढेको छ । गएको जनवरी पहिलो साताबाट सुरु भएको कार्यक्रममा सैयौं प्रतिस्पर्धीको होडमा उत्कृष्ट ५० छानिएका थिए । ति उत्कृष्ट ५० मध्येबाट टप २७, टप ९ हुँदै शुक्रबार टप ६ प्रतिस्पर्धीहरुको गायनकला हेर्न पाइनेछ । टप ६ मा को पुगेको छ भन्ने थाहा पाउन शुक्रबारको हल अफ फेमको एपिसोड हेर्नुपर्ने हुन्छ ।

हल अफ फेम प्रतिभा प्रोत्साहनका लागि नेपाल बाहिरबाट सञ्चालन गरिएको सबैभन्दा ठूलो गायन प्रतियोगिता हो । यसको सेमिफाईनल र फाईनललाई भव्यताका साथ अघि बढाउन आफुहरुले कुनै कसर बाँकी नराख्ने एमएनटीभी अष्ट्रेलियाका अध्यक्ष चन्द्र योन्जनले बताउनुभयो ।

योन्जनको भनाई थियो, “पहिलो सिजन हामीले मेलबर्नमा मात्रै सीमित राखेर यहाँका प्रतिभाहरुलाई प्रोत्साहन गर्न कभर सेसन गरेका थियौं । दोश्रो सिजनमा आएर हामीले अनलाईनमार्फत विश्वभरका प्रतियोगीहरुलाई समेट्ने अवसर पायौं ।”

हल अफ फेम सिजन २ मा निर्णायकको रुपमा वरिष्ठ गायक दिप श्रेष्ठ, विवेक श्रेष्ठ र रजिना रिमाल रहनुभएको छ । विवेक श्रेष्ठ अष्ट्रेलियाबाट नै प्रतियोगितामा जोडिनुभएको छ भने दिप श्रेष्ठ धरानबाट स्टुडियोमा उपस्थित भई प्रतिस्पर्धीहरुको गायन प्रतिभाको मूल्यांकन गर्नुहुन्छ । हल अफ फेममा विश्वका विभिन्न १२ देशबाट प्रतिस्पर्धीहरु सहभागी छन् ।

हल अफ फेम सिजन-२’ मा वाइल्ड कार्डको इन्ट्री, को आउला सिधै सेमिफाईनलमा ?

नेपालकै पहिलो अन्तर्राष्ट्रिय अनलाईन गायन प्रतिस्पर्धा हल अफ फेम सिजन २ को फाइनल शनिबार हुँदैछ । छोटो समयमै नेपाली सांगीतीक क्षेत्रमा नयाँ प्रकारले तरंग ल्याउन सफल बिशुद्ध सांगीतीक प्रतिभा प्रोत्साहन कार्यक्रम हल अफ फेमले तेह्रौँ एपिसोड यही साताको शुक्रबार हुँदैछ ।  टप ६ अटाउन सफल प्रतियोगीको नाम सार्वजनिक गर्दै सुरु हुने यो एपिसोडमा ७ जनाले टप ३ का लागि प्रतिस्पर्धा गर्दैछन् । प्रत्येक एसिसोडमा केही न केही नयाँ तरिकाले दर्शकलाई मनोरञ्जन दिइरहेको हल अफ फेमको तेह्रौँ एपिसोडमा वाइल्ड कार्डको सुविधा ल्याएको छ । ‘वाइल्ड कार्ड’ भन्नाले छनोट चरणमा पछि परेकामध्ये कुनै एक  प्रतिस्पर्धीलाई पुनः एक पटक मौका दिने सुविधाजनक कोटा हो । प्रोडक्सन टिम र निर्णायकहरुको मतका आधारमा यो अवसर प्रदान गर्ने प्रावधान छ । 

“टप ५० मा पुगेका तर विविध कारणले बाहिरिएकामध्ये एक जना प्रतिस्पर्धीले वाइल्ड कार्डको सविधा पाउँदैछन् । गायन भनेको कुनै प्राविधिक विषय होइन, सिर्जनाको विषय हो । कहिलेकाहीँ स्वास्थ्यका कारणले या अन्य कुनैपनि कारणले गायन प्रभावित हुन सक्छ । राम्रो सम्भावना रहेको व्यक्तिलाई कुनैपनि कारणले बाधा भयो भने पछि त्यस्तै सम्भावितमध्येबाट छनोट गरेर एकजनालाई हामीले अर्को एउटा मौका पनि दिन सक्छौं । यही नै वाईल्ड कार्ड ईन्ट्री हो ।” निर्णायक वरिष्ठ गायन दिप श्रेष्ठले जानकारी दिए । टप ६ सँगै वाईल्ड कार्ड ईन्ट्रीबाट को आउला ? यो अहिले कौतुहलताको विषय बनेको छ । यसको जवाफका लागि भने शुक्रबार राति नेपाली समय अनुसार ८ बजे प्रशारित हुने कार्यक्रमको एपीसोड हेर्नुपर्ने हुन्छ । विश्वभरी छरिएर रहेका नेपालीको आफु भित्रको गायन प्रतिभा प्रस्तुत गर्ने एउटै स्टेज बनेको हल अफ फेमले दर्शकलाई भरपुर मनोरञ्जन प्रदान गरिरहेको छ ।

वरिष्ठ गायक दिप श्रेष्ठ, कन्दरा व्याण्डका विवेक श्रेष्ठ र रेजिना रिमाल निर्णायकको भूमिकामा हुनुहुन्छ । पूर्व मिसनेपाल सदिक्षा श्रेष्ठ र सुमन कार्कीले रोचक पारामा कार्यक्रम सञ्चालन गर्दै आएका छन् ।

हरेक शुक्रबार र शनिबार राति ८ बजे कार्यक्रम हिमालय टेलिभिजनका साथै एमएनटीभी अष्ट्रेलियाका अन्य डिजिटल प्लेटफर्महरुमा प्रशारण गरिँदै आएको छ ।

Related posts

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

Manoj Poudyal

लोक दोहोरी “खोलीको पानीमा” मेल्बर्न निवासी अन्जु अधिकारीको अभिनय

Manoj Poudyal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

Manoj Poudyal

के एउटा साथी छ त???

Manoj Poudyal

मेल्बर्न निवासी विश्व गौडेलको अर्को बेजोड प्रस्तुती मुनाको चर्चा बजारमा

Manoj Poudyal

प्रकृती श्रेष्ठ र पल अभिनीत “तिमीनै साहारा” बजारमा

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349