eNepal

अष्ट्रेलियाले मलाई सपना देख्न र मेहिनत गर्न कहिलै छोड्नु हुन्न भनेर सिकायो – निखिला

अष्ट्रेलियामा बेली डान्सरका रुपमा चर्चित मोडल निखिला बुढाथोकी पेशाले नर्स हुन्। हाल अष्ट्रेलियाको ताज्मानिया राज्यमा बस्दै आएकी निखीला अभिनय,नृत्य कुशलता भएकी नेपाली चलचित्र क्षेत्रमा सम्भावना बोकेकी अभिनेत्रीको रुपमा पनि हेरीएको छ।उनै उदयमान नवनायिका निखिला बुढाथोकीसँग इनेपालले गरेको भलाकुसारी


१. मोडलीङमा लाग्ने अभिप्रेरीत के ले गर्यो ?

सानै देखि कला प्रतिको झुकाव थियो मेरो।टेलीभिजनमा नायक नायिकाहरु, भिडीयोमा मोडलहरु देख्दा पछि गएर आफु पनि त्यस्तै हुन्छु भन्ने कल्पना गर्थे। यो फिल्डमा पाउने सम्मान र मायाँले पनि अभिप्रेरित गर्यो।

२. बेली डान्सको कुनै औपचारीक शिक्षा लिनु भएको छ या छैन। किन बेली डान्सनै रोजाईमा पर्यो ?

हजुर छैन। म टिभीमा, युट्युब, साकिरा, बलीहुडको मेहर मलिकबाट एकदमनै प्रेरित भएर बेली डान्स रोज्न पुगे। यो अरु डान्स फर्म भन्दा अलि फरक लाग्यो मलाई।

३. अष्ट्रेलिया आउनु अघि देखीकै रोजाई हो मोडलीङ कि यहाँ आए पछिको रोजाई हो ?

यो मेरो सानै देखिको सपना हो। म जहिले पनि एउटा कलालाई मायाँ गर्ने मान्छे। आफ्नो  पढाईका कारणले मैले आफ्नो रहरलाई निरन्तरता दिन सकि रहेको थिईन तर अष्ट्रेलिया आएपछि भने मैले त्यो मौका पाएको छु।

४. पढाई काम अनि आफ्नो रुचीको बिषय मोडलीङ कसरी ब्यबस्थापन गर्नु भयो ?

मलाई लाग्छ हजुरले कुनै चिजलाई मनदेखी चाहानु हुन्छ भने त्यो कुरा पाउनबाट हजुरलाई कसैले पनि रोक्न सक्दैन।त्यस्तै मेरो पनि मोडलीङ नृत्य र अभीनय रुचीको बिषय भएर अहिले सम्म मैले त्यसलाई मिलाएर लान सफल भएकी छु।

५. प्रोफेसनल मोडल कसरी बन्न सकिन्छ ?

म अझै पनि आफुलाई मोडलीङमा परिपक्क भइसकेको छु भन्न त सक्दिन तर अहिले सम्मको यी पाँच बर्षको अनुभवले यति चाँही भन्न सक्छु की प्रोफेसनल मोडेल हुनलाई मोडलीङ प्रतीको अध्धयन हुन एकदमै जरुरी छ।अर्को कुरा मन मात्र भएर नहुने त्यसको लागि आफुले आफ्नो समय, लगनशिलता र परिश्रम गर्नु जरुरी छ।

६. मोडलीङ, बेली डान्सर र फिल्म क्षेत्र कुन पहिलो प्राथमिकतामा पर्छ ?

समय अनुसार मानिसका इच्छा र चाहानाहरुपनि बद्लिदै जान्छन्।त्यसैले मेरा लागि यी तिन कुरा प्रीय भएता पनि अहिलेको मेरो पहिलो प्राथमिकतामा फिल्म क्षेत्र पर्दछ।मैले मसँग भएका सबै कलाहरु फिल्मी क्षेत्रता माध्यमबाट देखाउन पाउने हुँदा पनि पहिलो प्राथमिकतामा अभीनयनै पर्दछ।

७. फिल्म कसरी पाउनु भयो ?

म यस क्षेत्रमा लागेको करिव पाँच बर्ष हुन लाग्यो। त्यहि क्रममा हाम्रो मुभी पर्पलाको डाइरेक्टर मनोज अधिकारी दाई र निर्माता भानु प्रताप दाईले मेरो कामहरुलाई नजिकबाट नियाली रहनु भएको रहेछ।त्यहि क्रममा उहाँहरुले मलाई मुभीको अफर गर्नु भयो। 

८. अस्ट्रेलीयाले के सिकायो ?

अस्ट्रेलीयाले मलाई सपना देख्न कहिलै छोड्नु हुँदैन अनि मेहिनत गर्न कहिलै छोड्नु भनेर सिकायो।

९. अस्ट्रेलीया आउनुमा कुन ग्लानी छ या छैन ?

   छैन

१०. पर्पला के हो ?

पर्पला एउटा अस्ट्रेलीयामा घटेको बिभीन्न घटनाहरुलाई समेटेर बनाइएको कथा हो। यो भन्दा बढी सुन्न हजुरले ट्रेलर कुर्न पर्ने हुन्छ। आशा गर्छु पर्पलाले हजुरहरुको मायाँ पाउनेछ।

Related posts

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

Manoj Poudyal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

Manoj Poudyal

के एउटा साथी छ त???

Manoj Poudyal

आइसोलेसनमा रहेका बीस जनालाई बाडियो दशै कोशेली, खसी जिते सिद र विदुरले

Manoj Poudyal

पैसाले के गर्नु छोरी, तँ नै नभएपछि

Manoj Poudyal

मौलिकता झल्कने तीजका गीतमा छमछमी नाचे डेभनपोर्टका नेपालीहरु

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349