बिएमडब्लु एजुकेसनल कन्सल्टेन्सी तास्मानिया शाखा अन्तररास्ट्रिय बिधार्थीहरुमा उब्जिएका बिभीन्न कौतुहुलताहरु चिर्ने प्रयासलाई मध्यनजर गर्दै लाईभ सेसनको शुरुवात गरेको छ।
बिगत एक दशकदेखी सेवा दिदै आएको बिएमडब्लु कन्सल्टेन्सीले तास्मानिया शाखाबाट हरेक बिहीबार दिउँसो ४ बजे लाईभ सेसन मार्फत बिधार्थीहरुले तास्मानियामा के पढ्दा ठिक हुन सक्छ, बिधार्थीलाई कसरी सरल र सहज तरिकाबाट सेवा दिन सकिन्छ लगाएत बिभीन्न भिषा सम्बन्धित जानकारी र शैक्षिक परामर्श दिने थालनी गरेको छ।
लाईभ सेसन बिएमडब्लु एजुकेसन कन्सल्टेन्सी तासमानीयाका निर्देशक एवम् क्वालिफाईड एजुकेसन एजेन्ट काउन्सेलर बिष्णु सापकोटाले दिनु हुनेछ भने बिएमडव्लु एजुकेसनल कन्सल्टेन्सी तास्मानीयाको फेसबुक पेजबाट आउनेछ।