eNepal

रोमाण्चक प्रतिस्पर्धाका बिच यती एफसीले जित्यो एनआरएनए फुटसलकपको उपाधी

यती फुटबल क्लबले आइतबार भएको एनआरएनए फुटसल प्रतियोगिताको उपाधि हात पारेको छ ।यती एफसीले उपाधि भिडन्तमा प्रतिद्वन्द्वी रोयल वेर्स्टन फुटबल क्लब आरडब्लुएफसीलाई प्यानल्टी सुट आउटमा ७ – ८ ले पराजित गर्दै उपाधि हात पारेको हो । 

डेरवीन कम्युनिटी स्पोर्ट्स स्टेडीयममा भएको प्रतियोगिता जितेसँगै यती एफसीले नगद एकहजार डलर पुरस्कार राशी, मेडल र ट्रफी प्राप्त गर्‍यो। त्यस्तै उप–विजेता आरडव्लुएफसीले सात सय डलर, मेडल र ट्रफी हात पार्यो। 

तेस्रो उपाधीका यती एफसी ग्रे र घरपरिवार फुटवल क्लवबिच भएको खेलमा यती एफसी ग्रेले एकका बिरुद्ध दुई गोल गरेर प्रतियोगितामा तेश्रो बन्दै पाँच सय डलर हात पार्न सफल भयो।

त्यस्तै यती एफसीका अभीयान प्रधानले उत्कृस्ठ खेलाडी बन्दै नगद एकसय डलर हात पारे भने यती एफसीकै एन्जल भट्टराईले सर्वाधीक दस गोल र आरडव्लु एफसीका रुजन श्रेष्ठले सात गोल गर्दै नगद एकसय डलर हात पार्न सफल भए। यती एफसीका एलन न्यौपाने उत्कृस्ठ गोलरक्षक बन्दै नगद एकसय डलर हात पार्न सफल भएका थिए।

हिमालयन एफसी, यती एफसी निलो, हिमलयन एफसी रातो, क्रेगीवन एफसी, फ्रेन्ड्स फुचबल क्लव, हिमलयन टाईगर्स ग्रे, यती एफसी रातो, रोयल वेस्टर्न फुटवल क्लव बी, घरपरिवार फुटवल क्लव, बिर्यानी बोईज एफसी सेकेण्ड जेनेरेसन, यती एफसी हरियो, हिमालयन टाइगर्स एफसी सेतो, रोयल फुटबल क्लव ए र बी, रोयल वेस्टर्न एफसी ए र रोयल वेस्टर्न फर फन एफसी गरेर सोर्ह टीमले सहभागीता जनाएको फुटसल प्रतियोगीताको समन्वय महेन्द्र घिमीरेले गर्नु भएको थियो भने प्रतियोगिता भरी टाई सिटमा बसेर पूर्ण सहयोग एनआरएनए खेलकुद टास्कफोर्सका रास्ट्रिय सचीव प्रकास थापाले गर्नु भएको थियो भने रिपोर्टीङ एनआरएनए भिक्टोरीया सचिव नारायण कटुवालले गराउनु भएको थियो। 

प्रतियोगितामा मुख्य अतिथीका रुपमा नेपालका लागि भिक्टोरीयाका तर्फबाट अबैतानीक राजदुत चन्द्र योन्जन, एनआरएनए  अस्ट्रेलीया प्रेसीडेन्ट केशव कँडेल, आनआरएन आईसीसी सदस्य दुर्गा आचार्य, एनआरएनए भिक्टोरीया कोअडीनेटर प्रेम कँडेल, फेन्काका अध्यक्ष राजु अधिकारी, एनआरएनए अस्ट्रेलीयाका भुपु प्रेसीडेन्ट टोनु गोथाने, एनआरएनए भेट्रान जोग लिम्बु, एएनपिएलका प्रेसीडेन्ट निराजन गौली, न्याभका प्रेसीडेन्ट राम गरुङ, एनआरएनए एडभाजरी (परामर्शी) सुनील भण्डारी लगाएत अन्य बिभीन्न सँस्था र क्लवका पदाधिकारीहरुको उपस्थिती रहेको थियो।

त्यस्तै चितवन समाज भिक्टोरियाका प्रतिनिधीहरु, मेल्बोर्न नेप्लिज कम्युनिटी वेस्टका अध्यक्ष शंकर थापा र रोयल वेसटर्न फुटबल क्लबका उपाध्यक्ष रोशन दाहाल, रोयल वेस्टर्न टीमका म्यानेजर दीपेन्द्र खड्का को पनि उपस्थिती रहेको थियो।

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

Manoj Poudyal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

Manoj Poudyal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

Manoj Poudyal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

Manoj Poudyal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

Manoj Poudyal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349