अस्ट्रेलीयाको भिक्टोरिया राज्यमा अहिले नेपाली समुदाएमाँझ मिनी ओलम्पीकको रुपमा हेरिएको नेप्लिज एसोसिएसन अफ भिक्टोरिया (न्याभ) को आयोजनामा क्रिकेट टुर्नामेन्ट चलिरहेको छ। यसपालीको न्याभ क्रिकेट कप २०२१ मा अम्पायरका रुपमा परिचीत सन्तोष बस्ताकोटीसँग भिक्टोरीयामा नेपाली क्रिकेटको बर्तमान अवस्था र भविस्य लगाएत एम्पाएरीङबारे इनेपालले गरेको कुराकानीका आधारमा तयार पारिएको अन्तर्वार्ता :
क्रिकेट खेल्ने भुत कहिले र कसरी जाग्यो ?
म तराईमा बस्ने हुनाले भारतीए च्यानलहरु एन्टिनाबाट नै उपलब्ध हुने गर्थ्यो। त्यसै क्रममा भारतीय क्रिकेट प्रतियोगिता हेर्न मिल्दथ्यो।बिस्तारै क्रिकेट प्रति मोह बढ्दै गएपछि खेलसँग सम्बन्धित नियमहरू बुझ्दै जान थाले। अनि बिस्तारै एउटा नशानै बन्न पुग्यो।
नेपाली क्रिकेटको बर्तमान अवस्थालाई कसरी हेर्नु भएको छ ?
नेपाली क्रिकेटको बर्तमान भन्दा पनि भविस्य देखेको छु।थोरै धेरै क्रिकेटमा लगानीले नेपाली क्रिकेटलाई बेग्लै उचाइमा पुर्याउन पुग्नेछ भन्ने मेरो मान्यता छ। जून अवस्थामा नेपाली क्रिकेट हुनु पर्ने हो त्यो अबस्थामा नरहेको सबैलाई अबगतनै छ। क्रिकेट खेल प्रती राष्ट्रको उदासीनता देख्दा निकैनै निराश लाग्छ।
अस्ट्रेलीया अनि क्रिकेटसँग कसरी जोडीनु भयो ?
हरेक नेपाली जस्तै म पनि अस्ट्रेलीया बिधार्थीकै रुपमा आएको हुँ। शुरुवाती दिनहरुमा खेलप्रती लगाव र मायाँ भएपनि काम र पढाईको कारणले समयक अभाव भयो।जस क३रण खेल प्रती समय दिन सकिएन।समयसँगै पढाइ र काममा केही सहजता प्रश्चात साथीभाईसँग रमाइलोको लागि फेरी क्रिकेट खेल्न शुरु गरियो।यसै क्रममा साथीभाई मिलेर द हिमालयन क्लवको दर्ता भयो। त्यहाँबाटनै प्रतिस्पर्धात्मक क्रिकेटको शुरु भयो।

मेल्बोर्नमा नेपाली क्रिकेटको अवस्था बिगत अनि भविस्य कस्तो छ ?
मेल्बोर्नमा नेपाली क्रिकेटको बर्तमान अवस्था निकै राम्रो छ।बिगतमा रमाइलोको लागि खेल्ने गरिएका प्रतियोगिताहरु अहिले आएर धेरै थोरै व्यबसायिकता पाएको देख्न सकिन्छ।अहिले चलिरहेको न्याभ कपमा प्रायोजकका तर्फबाट राखिएका राखिएका आकर्षक पुरस्कार राशिका कारणले कामबाट बिदानै लिएर खेलका लागि समय दिने खेलाडीका लागि केही राहत भएको मैले महसुस गरेको छु।प्रायोजकहरुबाट यस्तै प्रोत्साहन मिल्दै गएमा मैले मेल्बोर्नमा नेपाली क्रिकेटको भविस्य निकैनै उज्जवल देखेको छु।
भिक्टोरीयाको नेपाली समुदायको सम्भवत: पहिलो एम्पायरको रुपमा चिनीनु भएको छ। कसरी र केले तान्यो एम्पाएर बन्न ? कतिको सहज रहेछ यहाँ सम्म पुग्न ?
यदि म गलत छैन भने मलाई लाग्छ मनै व्यवसायिक रुपमा क्रिकेट अम्पाएरीङ गर्ने पहिलो नेपाली हुनु पर्छ।खेलको दौरान म घाइते हुन पुगेको थिए र चिकीत्सकको सल्लाह र सुझाव अनुसार उक्त घटना प्रश्चात खेलाडीको रुपमा अगाडी नबढ्नु उचीत देखिएकोले मैले खेल जिवनलाई त्यहि रोक्न पर्यो।खेल प्रतीको मायाँ र मोहको कारण मैदानबाट टाढा रहन सकिन र अम्पाएरको रुपमा मैदान उत्रीने निर्णय गरे।
यस पटको न्याभ कपमा तपाई एम्पाएरको रुपमा रहनुभएको छ। कस्तो छ खेलाडीहरुको अवस्था ?
यस पालीको न्याभ कप निकैनै प्रतिस्पर्धात्मक पाएको छु।सबै नेपाली समुदायका खेलाडीहरु भएकाले अम्पायरिङको लागि कुनै असहजता महसुस भएको छैन।हरेक खेलाडीहरुले दिएको सम्मानको कारणले मलाई निकै प्रोत्साहन समेत मिलेको छ। आगामी दिनमा अन्तररास्ट्रीय स्तरका खेलहरुमा अम्पायरिङ गर्ने सपना देखेको छु र पुरा पनि हुनेछ भन्ने आशा गरेको छु।
