- संजय भट्ट (ब्रिस्बेन ऑस्ट्रेलिया)
प्रिय साथीहरु,
यो बिरानो देशबाट नयानो सम्जना,
धेरै अगाडी नै तिमिहरुलाई चिट्ठी लेखन मन हुदाहुदै पनि लेखन सकिन, माफी चहानछु।
साथीहरु तपाई त नेपाल को चिसो मौसम मा तात्तो चिया को चुस्की लाउदै यो चिट्ठी पड्दैहुनु हुन्छ होला तर मा भर्खर १ ट्रकक जति भाडा माजेर तपाई को लागि यो चिट्ठी लेख्ने जमर्को गर्दै छु साथी। नेपाल मा बिहान ८ बजे सम्म सुतेको अनि आम को हात को मिथी चिया को चुस्की याद न आएको पनि हैन साथी तर आमाको फाटेको चोली सिलाउन परदेश आएको हो। जब तपाई मेरो लागि त्रोल हरु बनाउनु हुन्छ नि भाडा हन्नी भनेर,मलाई यक दम गर्ब लग्छ कि म आफ्नु खुट्टा म उबिनी कोसिस गर्दै छु भनेर । मलाई गर्ब लग्छ कि म काम प्रति सामान गर्न सिक्दै छु भनेर अनि अझ गर्ब लग्छ कि म मेरो बुबा ले देखाउनु भाको संगर्ष को बाटो म हिड्दै छु भनेर।
साथी, म पनि तपाई जसतै थिए हिजो सम्म तर जब म यो देश म टेके मलाई सानैमा बिज्ञान सरले पढाउनु भएको “Struggle for Existence” भन्नि चार्ल्स दर्विन को थेओरी याद आयो अनि यो देश को काम प्राती सम्मान गर्नी सस्कार संग पनि परिचित हुनु आबसर पाए। डाक्टर, इंगिनीर, पड्दै गरेका औस्त्रलियन बिद्यार्थी म संगै काम गर्दा म सोच्ने गर्छु मेरो देशका युवामा यॊ सोच को बिकाश कैले होल। कैले मेरो देशका युवा नेता को पछि लग्न छोडेर, आफ्नु अनि नेपाल आमअको युज्जल भबिस्य को लागि संगर्ष गर्नेछन् होल। कैले मेरो युवा साथी हरुमा काम प्राती को सामान गर्ने सोच को बिकाश होला?।
साथी म हासी हासी आएको हु भाडा माजना अनि म यो कम पनि हासी हासी गर्दै को सान को साथ्। जिबन को संगर्ष अनि समय र पैसा को महतो बुजएको म म यो देश अनि यो कम प्रति ऋणी नै हुने छु साथी। तपाई मेरो अने मेरो कम को चिन्ता न लिनुस बरु म येह चिन्तित छु तपाई, तपाई को नेता अनि मेरो देश को भबिस्य देखेर। मा जस्ता लाखौ युवा को रेमित्तन्स बाट चलेको देश मा नेता हो हनुमान अनि झोले वनेर तपाई मलाई भाडा माज्ने भनेर सम्बोधन गर्नुस मलाई कुनै आपत्ति छैन मेरो मित्र। म खुसि छु आफ्नु प्रगति देखेर। १८-२० बर्षको उमेर मा मैले यो देश बाट जुन सिक्षा पाए त्यो सिक्षा तपाई ले पुन सक्नु भएन, फरक तेत्ति हो मित्र। श्रम बेचेको हि साथी, शभीमान बेचेको छैन मित्र। भबिस्यको लागि संगर्ष गर्दै छु, अनि मलाई थाहा छ कि मेरो भबिस्य उज्ज्वल हुने छ किन कि मलाई यो देश ले धेरै सिकाएको छ मित्र।
तपाई मेरो त्रोल बनाउदै गर्नुस मित्र, म भाडा हान्दै मेरो उज्ज्वल भबिस्यको गोरेटो कोर्दै जानेछु। जिबन को कुनै
मोड मा भेटेरनै कुरा गरम्ला मित्र। आज का लागि येति नै
तपाई को मिलनी साथी
समिर अभागी