eNepal

कुटुम्बले अस्ट्रेलीयाका पाँच मुख्य शहर घन्काउने, मेल्बोर्नको एम फेस्टीभल सबैको नजरमा

नेपाली चर्चीत साङ्गीतिक समुह कुटुम्बले अस्ट्रेलीयाका पाँच मुख्य शहरहरु एड्लेड, ब्रिस्बेन, मेल्बोर्न, पर्थ र सिड्नीमा आफ्नो प्रस्तुती दिन अस्ट्रेलीया आउने भएको छ।कुटुम्ब अस्ट्रेलीया भ्रमणको शुरुवात २५ मार्चमा एडिलेडमा हुन गईरहेको नेपाल फेस्टीबलबाट हुँदैछ।त्यसको लगत्य २६ मार्चमा मेल्बोर्नमा हुन गई रहेको एम फेस्टीबल बिशेष कार्यक्रममा सहभागीता जनाउँदै छ।

सोलाङ्गचरको प्रस्तुती रहेको एम फेस्टिभलको मुख्य आकर्षणको रुपमा कुटुम्ब रहेको छ।नेपाली सङ्गीतलाई अन्तरास्ट्रीय स्तरमा चिनाउन अनि सङ्गीतको माध्यमबाट मायाँ र आनन्द फैलाउँ भन्ने मुल नारालाई आत्मसाथ गर्दै यो बिशेष कार्यक्रम हुन लागेको हो।
नेपाली लोक सङ्गीतका पारखीहरुको लागि कुटुम्ब कुनै नौलो नाम पक्कै होईन।आफ्ना मिठा र सुरीला धुनहरुको माध्यमबाट हरेक नेपालीको मनमा बस्न सफल साङ्गितीक समुहलाई अन्ततः लामो प्रतीक्षापछि अस्ट्रेलीयाका शहरहरुमा प्रत्यक्ष हेर्न पाउने भएका छन्।

सन् २००४मा स्थापना भएको कुटुम्बले लोपोन्मुख नेपाली बाजाहरु बाँसको बाँसुरी, सारङ्गी, टुङ्गा, चुब्रुङ्, मुर्चुङ्गा,ख्यामली, टुङ्गुना जस्ता बिभीन्न बाजाहरुको प्रयोग गरेर पुराना लोक भाकाहरुलाई जिवन्त बनाउन लागि परेको समुह हो।नेपाली कला,परम्परा अनि सँस्कृती र नेपाली लोक सङ्गीतलाई व्युँताई राख्न काठमाण्डौको कटुम्बले दिलो ज्यान दिएर लागिपरेको छ।सन् २००४मा सदाबहार नेपाली लोक धुन नामक एल्बम निकालेको यो समुहले फोल्क रुट्स(२००५), नौलो बिहानी(२००६), मिथीला(२००९), उत्सर्ग(२०१०), कर्मठ(२०१३) निकाली सकेको छ।

एम फेस्टिभल यानिकी म्युजीक, मोःमो लगाएत अरु धेरै भनिएको यो कार्यक्रमको अर्को मुख्य आकर्षण हो मोःमो।मोःमो हामी सबैको लोकप्रीय खाना हो।बिदेशीले चाईनिज डम्पलीङ भनेर चिनीएको मोःमोको आफ्नै पहिचान छ।बिभीन्न नाम दिईएको मोःमो जस्तै बफ्याईएको(Steamed) मो:मो, फ्राई (Fried) मो:मो, तारेको मो:मो, झोल मो:मो,सि मो:मो, कोथे मो:मो, चिल्ली मो:मो, खुल्ला मो:मो, तन्दुरी मो:मो, हरियो मो:मो, फापरको मो:मो, खुवाको मो:मो, पनिरको मो:मो,हरियो म:म चिजको मो:मो, यता मासु अनुसार फरक नाम, चिकेन मो:मो, पोर्क मो:मो, मटन मो:मो, बिफ मो:मो।

मोःमो फेस्टीभल गर्नुको मुख्य तात्पर्यनै मोःमोलाई अन्तरास्ट्रीय स्तरमा चिनाउनु रहेको छ।नेपाली जनमानसमा लोकप्रीय यो खानालाई बहुसाँस्कृतीक देश अस्ट्रेलीयामा नेपाली खानाको रुपमा चिनाउन सोलाङ्चरले यो पहल गरेको हो।मेल्बोर्नको कोबर्ग भेलोड्रोममा कुटुम्बको धुनहरुमा एक भव्य कार्यक्रमका बिच मोःमो महत्सोबनै आयोजना हुने भएको छ।

कुटुम्बले मेल्बोर्न पछि १ अप्रीलमा पर्थ, ८ अप्रीलमा ब्रीस्बेन अनि ९ र १५ अप्रीलमा सिड्नीमा आफ्नो प्रस्तुती दिदै छ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

Manoj Poudyal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

Manoj Poudyal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

Manoj Poudyal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

Manoj Poudyal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

Manoj Poudyal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349