eNepal

हाम्रो नेपाली पाठशालाको बार्षीक साधारण सभा सम्पन्न, नयाँ कमिटीको नेतृत्व रबीन्द्र श्रेष्ठले गर्दै

मेल्बर्नको पूर्वी क्षेत्रमा बसोबास गर्ने नेपाली समुदाएबाट सन्चालित अस्ट्रेलीयामा हुर्किदै  गरेको दोस्रो पुस्तालाई नेपाली भाषा अध्यापन गराउने हेतुले सन् २०१४ मा खोलीएको हाम्रो नेपाली पाठशालाले गएको आइतबार एक बिशेष कार्यक्रमको आयोजना गर्दै वार्षिक साधारण सभा सम्पन्न गरेको छ।

अभिभावक र बिधार्थीहरुको उपस्थितीमा गरिएको बार्बेक्यूमा कोभीडको कारण लामो समय सम्म एकअर्का सँग भेट हुन नपाएका अभिभावक र बिधार्थीको पुन: मिलनले माहोल धेरै रमाइलो देखिएको थियो। उक्त भेलामा चौबीस घरपरिवार सहित सय जना भन्दा बढिको उपस्थिती रहेको थियो।

सो कार्यक्रमको शुरुवात सचीव लिना गुभाजुको स्वागत मन्तव्यबाट शुरु भएको थियो भने शिक्षीका पार्वती उप्रेतीले बिधार्थीहरुले कोभीड १९ को कारण घरबाटै अनलाइनको माध्यमबाट अध्ययन गर्नु पर्दा केही असहज भएपनि विद्यार्थी, कार्य समिति र अभिभावकहरूको प्रयासमा सहज ढङ्गबाट कक्षालाई निरन्तरता दिन पाएको सबैलाई धन्यबाद दिनु भएको थियो।

पाठशालाका उपाध्यक्ष द्वय रवीन अधिकारी र ममता केसीले पाठशालाको बिगत र वर्तमान अवस्थाको बारे सङ्क्षिप्त जानकारी गराउँदै पाठशालालाई यो स्थानमा पुर्याउने सबैको समर्पणको कदर गर्नु भएको थियो।

कोषाध्यक्ष केशव राजुरियाले बर्षको वित्तीय रिपोर्ट प्रस्तुत गर्नु भएको थियो भने  पाठशालाको लागि ह्वाइटहर्स काउन्सिलबाट कोष जम्मा गरेकोमा लीना गुवाजुलाई धन्यवाद दिइएको थियो। यस वर्ष पाठशालामा ग्रेटर जीलोङ र ब्रिस्बेनबाट समेत बिधार्थीहरु जोडीएका थिए।

अध्यक्ष श्रेष्ठले सबैको प्रयासको सराहाना गर्दै बर्तमान कमिटीलाई बिघटन गर्दै नयाँ कमिटीलाई आमन्त्रीत गर्नु भएको थियो। सबै कमिटीका सदस्य अनि अभिभावकले आआफ्ना कुरा राखि सकेपछि गएको बर्ष सबैको लागि एकदम चुनौतीपूर्ण रहेको र सबैले घरबाटै काम गर्नु परेको कारणले पून: सोही कमिटीलाई निरन्तरता दिने कुरामा सबै राजी भए पछि नयाँ कमिटीलाई स्वागत गरिएको थियो।

नयाँ कमिटीको अध्यक्षमा रविन्द्र श्रेष्ठ, उपाध्यक्षमा ममता केसी र रविन्द्र अधिकारी, सचीवमा लिना गुवाजु, सपोर्ट सचिवमा प्रकाश शाही, कोषाध्यक्षमा केशव राजुरिया, पाठ्यक्रम बिकाश कोअडीनेटरमा डा. वानिता सेर्चन, कल्चरल कोअडीनेटरमा सर्मिला घिमीरे, हेल्थ एण्ड वेलबिङ कोअडीनेरमा देवराज बसेल, म्युजीक कोअडीनेटरमा रमेश श्रेष्ठ रहनु भएको छ। त्यस्तै सदस्यहरुमा सन्देश श्रेष्ठ, भुपाल केसी, मुना आचार्य, हरिदेव कार्की, मित्र प्रसाइ, कृष्ण पौडेल र दर्सिता पोखरेल हुनुहुन्छ भने शिक्षकहरुमा पार्वती उप्रेती र इन्दिरा सिग्देल हुनुहुन्छ।

उक्त कार्यक्रममा शिक्षकद्वयलाई मायाँको चिनो र बिधार्थीहरुलाई मायाँको चिनो र प्रशंसाको प्रमाणपत्र प्रदान गरिएको थियो।कोरोना महामारी पछिको पुनर्मिलनले सबैको मुहारमा खुसी छाएको थियो भने बिधीर्थी भाइबहिनीहरुको मनोरन्जनको लागि बिभीन्न मनोरन्जनात्मक खेलहरु खेलाइएको थियो। उपस्थिक सबैजनाले आगामी कार्यकालको शुभकामना दिदै कार्यक्रम समापन गरिएको थियो। 

Related posts

तेश्रो ग्रेस ईन्टरनेशनल तालबराही कप मेल्बर्न अल स्टार्सको पोल्टामा

Manoj Poudyal

दिदीबहिनी समाज सेपार्टन शाखाले तीज कार्यक्रम आयोजना गर्दै

Manoj Poudyal

मेल्बर्नमा पहिलो पटक बिधिपूर्बक जनैपूर्णिमा कार्यक्रम सम्पन्न

Manoj Poudyal

मेल्बर्नको हाम्रो कम्युनिटी बिधीवत् रुपमा सँस्थागत, प्रकाश अर्याल अध्यक्षमा चयन

Manoj Poudyal

न्याभको नयाँ कार्यसमितीले पायो पूर्णता

Manoj Poudyal

नेपाल फेस्टिबल मेल्वर्नमा नै मैले मेरो मायालाई भेटेको हुँः कन्दरा गायक विवेक श्रेष्ठ

Manoj Poudyal