हिमालय टेलिभिजन एचडीको रियालिटी शो डान्सिङ्ग विथ द स्टार्सको उपाधि सुमी मोक्तान र बिजु पार्कीको जोडीले हात पारेका छन्।
शनिबार राति भएको फाइनलनमा वुद्ध लामा र केबिका खत्रीको जोडी अनि प्रियना आचार्य र सुभम् भुजेलको जोडीलाई पछाडी पार्दै सुमी मोक्तान र बिजु पार्कीको जोडी विजेता बनेको हो । फस्ट रनरअप वुद्ध लामा र केबिका खत्रीको जोडी बन्यो भने सेकेन्ड रनरअप प्रियना आचार्य र सुभम् भुजेलको जोडीले जितेको छ। बिजेता जोडीले २० लाख नगद सहित अन्य पुरस्कार पाएका छन् ।