काभ्रेपलान्चोक जिल्लाको डाँडा गाउ वडा नः १६ पहरी बस्ती हुँदै सिन्धुपलान्चोक जिल्लाको मेलम्ची नगरपालीका वडा नः ८को गीरान चौरमा दोस्रो नमुना बस्ती पछि धर्मुस सुन्तली फाउन्डेसनले तेस्रो एकीकृत नमुना बस्तीको रुपमा महोत्तरी, बर्दिवास नगरपालिका–२ स्थित मुसहर बस्ती बनाउन थाली सकेको छ।लगभग २० प्रतीशत काम सकिदै गर्दा हाल धुर्मुस सुन्तली यानिकी सिताराम कट्टेल अनि कुन्जना घिमीरे मुसहर बस्ती निर्माणको लागि सहयोग जुटाउन अस्ट्रेलीयाको भ्रमणमा रहेका छन्।
साहस नामक सहयोगी हात समुहले गत आईतबार मेल्बोर्नमा धुर्मस सुन्तली साँझ एक भव्य कार्यक्रमहरुका बिच सम्पन्न गरेको छ। रमाईलो एउटा पाटो भए पनि जुन कामका लागि धुर्मुस सुन्तली जुटेका छन् यो ज्यादैनै सराहनीय काम रहेको छ।यही परोपकार कामलाई सहयोग गर्न मेल्बोर्नवासीबाट २३ हजार डलर सङ्कलन भएको छ।सहयोग गर्नेहरुको नाम धुर्मुस सुन्ती फाउन्डेसनको वेभसाईटमा राखिने र वस्ती निर्माण पछि सामुदायीक भवनमा सहयोगी हातहरुको नाम राखिने जानकारी फाउन्डेसनले दिएको छ।
ज्यादैनै रमाईलो र कोचाकोच दर्शकहरुको उपस्थितीका बिच यो कार्यक्रम सम्पन्न भएको थियो।धुर्मुस सुन्तलीलाई साथ दिदै अर्का चर्चीत कलाकार दिपक आचार्य जसलाई बाङ्गे बाको रुपमा पनि चिनीनु हुन्छ,उहाँले पनि साथ दिनु भएको थियो।गायक भरत सिटौलापनि साथमा आउनु भएको थियो।सिड्नीमा रहेको चर्चीत नृत्य समुह द नेक्सट लगाएत मोडेल एवम् नायीका सुचीत्रा आचार्यको पनि बेजोड प्रस्तुती रहको थियो।यसकार्यक्रमलाई ईस्थानीय कलाकारहरुले पनि साथ दिएका थिए।
धुर्मुस सुन्तलीलाई उहाँहरुको कार्य प्रती सम्मान गर्दै भिक्टोरियाका लागि अवैतनिक महावाणिज्यदुत चन्द्र योञ्जन, एनआरएन अष्ट्रेलियाका सचिव टोनु घोताने र एनआरएन अष्ट्रेलियाका उपाध्यक्ष केशव कँडेलले दोसल्ला ओढाएर सम्मान गर्नु भएको थियो। यस कार्यक्रममा न्याभका सभापती डा: अनुपम पोखरेल लगायत समुदायका लव्ध प्रतीस्ठित व्यक्तित्वहरुको उपस्थिती रहेको थियो।
सबै नेपालीहरुको साथ सहयोग र समर्थन पाएमा आगामी बैसाख १ गते सामुदायीक भवन सँगै बालमैत्री र अपाङ्ग मैत्री अनि क्लिन सिटीको अवधारणालाई पन्साउँदै मुसहरहरुलाई बस्ती बनाएर हस्तान्तरण गर्ने धुर्मुस सुन्तली फाउन्डेसनको योजना रहेको छ।