eNepal

भ्यालेन्टाईनमा मायाँ बाड्न सविन राई मेल्बोर्न आउँदै (प्रोमो भिडीयो सहित)

फेब्रुअरी भने पछि मायाँलुहरुको चहलपहल अलिक बढि हुने महिना। चौध फेब्रुअरी प्रणय दिवसको अघिल्लो रात मेल्बोर्नमा रहेका मायाँलुहरुलाई रङ्गीन रातको अनुभव दिलाउन हैट क्रियसन एन्ड ईन्टर्टेन्मेन्टले “तिमीनै हौ” भ्यालेन्टाईन बिशेष कार्यक्रम आयोजना गर्ने भएको छ।मेल्बोर्नको क्राउन थेरापी नाईट क्लबमा १३ फेब्रुअरीमा हुने यो कार्यक्रमलाई साथ दिन नेपाली पप सङ्गीतको दुनियाँमा चिरपरिचीत नाम सविन राई र उसको व्यान्ड आउने भएको छ।

धरानका सविन राई कुनै अपरिचीत नाम पक्कै होईन।गायक तथा रचाईता सविन राईलाई नेपालको ब्राईन एडम्सपनि भन्ने गरिन्छ।सतह-२ समाबिस्ट कोमल त्यो तिम्रो बोलको गीतबाट एकाएक चर्चामा आएका सविन राईले उल्लेख्य मात्रामा राम्रा गीतहरु रहेका छन्। गुराँसको फेद मुनी, मायाँ, म सँसार जित्ने आँट, कालो कालो रात जस्ता मायाँलु भावनाले ओतप्रोत भएका गीतहरु दर्शक श्रोताहरुको मनमा बस्न सफल गीतहरु हुन्। उनले हाल सम्म नाईन्, सतह, सविन राई रिमीक्स, सतह -२, रङ्ग मन्चको रङ्ग बजारमा ल्याई सकेका छन् ।

रङ्गीन साँझलाई अझ बढि रमाईलो बनाउन रेड कार्पेट फोटोसुट लगायत डिजे नाईट पनि हुने भएको छ।जेन माईग्रेसन एन्ड एजुकेसनको मुख्य प्रायोजक रहेको यस कार्यक्रमको प्रवेश शुल्क हाललाई $२५ राखिएको छ भने कार्यक्रम हुने दिन $४० रहने आयोजकले जनाएको छ।

TimiNaiHau by Sabin Rai & The Pharaoh

उपहार स्वरुप यो video माया गर्नेहरुलाई भलै छोटो होला यहाँ सबै दृष्य अटाउनलाइ जिन्दगी नरहोस् … रहिरहनेछ यसमा कैद पलहरुतिमि छौ तिम्रो प्यारो मान्छे छ ..त्यो भन्दा अरु के नै चाहिन्छ एउटा माया गर्ने व्यक्तिलाई ….Here we present our promotional video of TimiNaiHau Australia Tour 2017, a Valentines special with Sabin Rai & The Pharaoh.Tour dates:*Perth 29th Jan 2017, The Civic Hotel*Sydney 3rd Feb 2017, Space Nightclub, Shark Hotel*Adelaide 6th Feb 2017, Dom polski Centre*Gold Coast 9th Feb 2017, Southport Community Centre*Brisbane 11th Feb 2017, Mitchelton & Senior District Citizens Centre*Melbourne 13th Feb 2017, Therapy Nightclub, Crown Entertainment Complex#TimiNaiHau #SabinRaiAndThePharaoh #LiveInMelbourne #TherapyNightclub #13Feb2017

Posted by Hait Creation & Entertainment on Thursday, January 26, 2017

 

Related posts

आइडिया स्टुडियोको सिजन ५ को ‘ड्रिम राउन्ड’ शुरु, उत्कृस्ठ ३० मा पर्न सफल भयो एल्को

enepal

अमेरिकामा रङ्गभेदी आन्दोलनले उग्र रुप लिदै

enepal

रुकुममा भएको दर्द्नाक घटना कि पात्र बहिनी लाई दिदिको सुझाव

enepal

एशोसिएसन अफ नेपाल तराई इन अस्ट्रेलियाले होली म्युजिकल कन्सर्ट गर्दै !!

enepal

प्रथम शेर्पा लोसार कप सिड्नीमा सम्पन्न !!

enepal

संयौ अभिभावकको उपस्थितिमा सिड्नीमा अभिभावक वनभोज सम्पन्न !!

enepal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349