eNepal

लायन्स क्लब अफ काठमाडौं डाँफेले नियमित रक्तदान तथा मधुमेह सचेतना कार्यक्रम आयोजना समपन्न

काठमाडौं -लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ अन्तर्गतको लायन्स क्लब अफ काठमाडौं डाँफेले नियमित रक्तदान तथा मधुमेह सचेतना कार्यक्रम आयोजना समपन्न गरेको छ । विश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरस महामारीक कारण अस्पतालहरुमा उपचारार्थ बिरामीहरुलाई रगत अभाबका कारण समस्या उत्पन्न नहोस भनेर आज मङ्सिर २७ गते शनिबार अर्थात् डिसेम्बर १२ गते चामुण्डा मावि नारायणटारमा बिहान १० बजे देखि २ बजे सम्म सम्पूर्ण सम्पूर्ण स्वास्थ्य सुरक्षा मापदण्ड पुरा गरि सुरक्षित तवरले कार्यक्रम समपन्न गरेको हो। आज आयोजना भएको रक्तदान कार्यक्रम सयौ संख्यामा उपस्थित थियो भने करिव ६७ जनाले रक्तदान कार्यक्रममा सहभागी भई रक्तदान गरेको आयोजक संयोजक श्याम मान्धरले बताउनु भयो । लायन्स क्लबले प्रत्येक तीन तीन महिनाको अन्तरालमा रक्तदान कार्यक्रम गर्दै आएको छ ।

मधुमेहको क्षेत्रमा समेत काम गरिरहेको लायन्स क्लबले विश्व मधुमेह दिवसको सन्धर्भ पारेर बिभिन्न कार्यक्रम गर्दै आइरहेको त्यसैलाई मध्यनजर गर्दै सामाजिक तथा मानवीय सेवामा सक्रिय लायन्स क्लब अफ काठमाडौं डाँफेले नारायणटार स्वास्थ्य क्लिनिक प्रालि र नारायणटार फार्मेसीको प्राबिधिक सहयोगमा सोहि स्थानमा मधुमेह रोग सम्बन्धि सचेतनामुलक कार्यक्रम समेत गरेको क्लबका प्रेसिडेन्ट पध्मा पुडासैनीले बताउनु भयो। उप्त कार्यक्रम करिब एक सय भन्दा माथीले मधुमेह चेक गराउनु भएको थियो । उहाँले आजका दुवै कार्यक्रममा उल्लास पुर्ण सहभागी भएको बताउनुभयो। आगामी दिनमा झन धेरै सामाजिक काम गरेर अगाडि बढने उहाले बताउनु भयो।

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

Manoj Poudyal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

Manoj Poudyal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

Manoj Poudyal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

Manoj Poudyal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

Manoj Poudyal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349