पुर्वी नेपाल भोजपुर जिल्लाको दुर्गम गा.वी.स कि मिरा राई साधारण कृषक परिवारकी छोरी हुन्। १२ बर्षको उमेरबाट आफ्नो अध्ययनलाई बिट मारेकी मिराले चौध बर्षको उमेरमा परिवारलाई नभनिकन माओबादी पाटीसँग आबद्द भएकी थिईन्।माओबादी द्वन्दकालमा उनी सक्रीय भएर हिडीन् तर युद्द बिराम पछि माओबादी लडाकुबाट अयोग्य भए पछि आफ्ना भाई बहिनीकोलागी खर्च जोहो गर्न काठमाण्डो आएर कराँते सिक्न थालीन्।
पहिलो चोटी हिमाली अल्ट्रा रनमा भाग लिदाँ सम्म यसको अर्थ नबुझेकी मिराले एक दिन चन्द्रागीरि पहाडमा दौडीने क्रममा एक समुहले प्रशिक्षण गरिरहेको देखे पछि त्यससँग आबद्द केही मानीसहरुसँगको भेटमा अर्को प्रतियोगीतामा भाग लिन पुगीन् जहाँ उनले पहिलो चोटी जीत हासिल गरिन् र त्यस पछि क्रमसः उनले अन्तरास्ट्रीय स्तरका प्रतियोगीताहरुमा भाग लिदै अगाडी बढिन्।
उनका प्रशिक्षक रिचार्ड बुलको सहयोगमा प्रसस्तै प्रतीयोगीतामा सहभागीता हुने शुअवसर पाईन्।सन् २०१६मा युकेमा भागलिने क्रममा घाईते भएकी मिराले त्यस पछि कुनै अन्तरास्ट्रीय प्रतीयोगीतामा भाग लिन पाएकी थिईनन्।तर उ भित्रको शाहस र आत्मबलले उसलाई पछि पर्न कदापी दिएन।उनी अनबरत रुपले अभ्यासमा लागि परि रहिन् र नारीहरुको लागि प्रेरणाको श्रोत बनिन् र अन्ततः विश्वका ९ खेलाडीलाई उछिन्दै ‘एड्भेन्चर अफ दि इयर २०१७’ घोषित भईन्। अल्ट्रा धाविका मीरा राई नेशनल जियोग्रफीको ‘साहसी वर्ष व्यक्ति’ घोषित भएकीमा समस्त नेपालीको तर्फबाट एक मुस्ट बधाई तथा शुभकामना।