• नेपालमा थोपा सिंचाइ खास गरी प्लास्टिक घरभित्र खेती गरिने बाली र खुल्ला स्थानमा हिँउद र सुख्यायाममा उत्पादन गरिने तरकारी तथा फलफूल खेतीमा प्रयोग भइरहेको छ ।
• भिरालो जमिन तथा कूलोबाट सिंचाइ असम्भव क्षेत्र, पानी कम हुने , बलौटे माटो भएको जमिन, पहाडी तथा तराई क्षेत्रमा प्रयोग गर्न सकिने ।
• थोरै पानीबाट धेरै जमिनमा सिंचाइ गर्न सकिने । यो प्रविधिमा पानी बिरुवाको जरा नजिकै थोपा–थोपा गरी राखिने भएकोले ३० देखि ७० प्रतिशत सम्म पानीको बचत हुन्छ ।
• यो सिंचाइ प्रणालीमा झारपातको प्रकोप कम हुन्छ ।
• मललाई पानी सँगैसिधै जरा नजिकै राख्न सकिन्छ र चाहिए जति पानी र मल एकनासरूपले जरामा राख्न सकिन्छ ।
• विशेष पहाडी भू–भागमा धेरै पानीको प्रयोगले भू–क्षय पहिरो जाने सम्भावना हुने हुँदा थोपा सिंचाई यस्ता प्रकोप न्यूनीकरण मा प्रभावकारी मानिन्छ।
• थोपा सिंचाईको प्रयोगबाट उत्पादनमा ३० देखि १०० प्रतिशत सम्म वृद्धि भएको पाइएको छ।
• गुणस्तरिय तथा स्वस्थ उत्पादन हुनुका साथै वातावरणीय प्रदुषणबाट बचाउँछ ।
• प्रविधि महङ्गो भए पनि सञ्चालन तथा मर्मतका लागि त्यति खर्चिनु पर्दैन ।
• पानी, समय, उर्जा तथा कामदारको खर्चमा बचत हुन्छ।
• पानी झर्ने प्वाल टालिने , सबै ठाँउमा एकनासको पानी नझर्न सक्ने सम्भावना , असिना, मुसा लगायत जनावरबाट समान टुटफुट हुन सक्ने जस्ता समस्या देखिन भने सक्छ।