eNepal

मो:मोः गजबको डल्लो

मो:मो यानिकी पिठो भित्रको मासुको डल्लासँग अक्सर नेपालीको नाता पुरानो छ भन्दा उपयुक्त हुन्छ होला।थाहा छैन कसले र कहिले आबिस्कार गरे यो डल्लालाई तर हामी नेपालीमाँझ यत्ति लोकप्रीय भयो कि शायद यसको स्वादबाट बन्चीत कोही पनि नहोला।कोही भन्छन् पारी चीनबाट आएको आयातित हो रे।जे होस जताबाट आएपनि हामी नेपालीमाँझ बढो लोकप्रीय छ यो मो:मो।

नाम अनेक अङ्गेजमा डम्पलीङ, डिम्सिम् अनि नेपालीमा मो:मो।अनि हाम्रो भाषामा पनि फरक नाम।बफ्याईएको(Steamed) मो:मो, फ्राई (Fried) मो:मो, तारेको मो:मो, झोल मो:मो,सि मो:मो, कोथे मो:मो, चिल्ली मो:मो, खुल्ला मो:मो, तन्दुरी मो:मो, हरियो मो:मो, फापरको मो:मो, खुवाको मो:मो, पनिरको मो:मो,हरियो म:म चिजको मो:मो, यता मासु अनुसार फरक नाम, चिकेन मो:मो, पोर्क मो:मो, मटन मो:मो, बिफ मो:मो अनि हामी सबैको लोकप्रीय बफ मो:मो।स्वाद एउटै काम एउटै तर नाम फरक।

उ बेला कलेज जाँदा के खाने! उहि मो:मो।घरबाट १० रुपयाँ दिन्थे।अनि दश रुपयाँको दशवटा मो:मो। झोल थपी थपी खान पाईने।सस्तो अनि पेट पनि टन्न।बाहुनको छोरो सुरु सुरुमा बफ मो:मो खान हुन्न भन्थे।शुरुमा त छुँदा नि छुईएन।खान हुन्न भन्थे।जात जाने डरले खाईएन तर नाँकले र जिब्रोले मागिरहेको हुन्थ्यो। मन बाँधेर दुनोट र चिया खाईनथ्यो। कति दिन खाने दुनोट र पाउरोटी।चिकेन र मटन म:म खानलाई आफ्नो खल्तीले भ्याउँदैन थियो।बफ मो:मो खानलाई मनले चाहेनि समाजको डर।जात जान्छ भन्ने ठुलो पिर।फेरी साथीहरु बाहुन कम् मत्वाली बढि।जातले पाएका झ्याप्पै जान्थे मो:मो माग्थे,तिल र टमाटरको झोलमा डुबाउँथे क्वाप्प खान्थे।आफु भने सधै चना र आलु।आलु खाँदा खाँदा आलु जस्तै भई सक्यो।पैसा तिर्ने बेला उत्तीनै।

साथीहरुको सङ्गतमा यो मनले कति दिन चाँही मान्थ्यो होला र।जे सुकै होस् जात गए जान्छ भनेर खाईयो मो:मो त्यो पनि बफ।बढो मिठो अनि स्वादीलो।खाए पछि मन मनै सोचे खै त मेरो जात गएन त।तर घरमा कसैलाई भन्दिन फेरी मलाई घरले नस्विकार्ला, समाजले तिरस्कार गर्ला भन्ने डर।के थाहा बाहुनले बफ मो:मो खाएर जात फाल्यो कि भनेर चारपाटा मुडुलेर टोल यानिकी गाँउबाटनै बहिर्गमन गर्ने पो हुन कि।कत्रो डर।पापी मन न पर्यो दश थरी कुरा सोच्न थाल्यो।हामीले त छुन नि हुन्न भन्थे आफुले त बजाईयो।तर अहँ खै त मेरो जात गएन क्यारे।बरु मनले मागेको कुरो दबाएर बसिएन।खाईयो बढो गजवको डल्लो।

भर्खर मायाँ बस्दै थियो, उनी पनि आफ्नै जातकी। प्रणय दिवस नजिकीदै थियो।अब घरमा पैसा माग्न पर्ने।आफुले कुनै ईलम गरिएको थिएन।खर्च माग्ने हजार बहानाहरु सकि सकेको थियो।कि त कलेजको लागि कि त साथीहरुको लागि।अव गिफ्ट पनि दिन पर्ने त्यो पनि फेरी फ्रेस गुलाफ।दिन भरीको डेटीङको खर्च चर्कोनै हुन्थ्यो। त्यो बेला पाँच सय भए राम्रै डेटीङ हुन्थ्यो।तर आफुसँग कहिले काँहि पाँच रुपयाँनि हुँदैन थियो। खर्च थिएन तर गर्ल फेन्ड चाँहि बनाउनै पर्ने।एकप्रकारको ट्रेन्डनै भनुम् न। प्रणय दिवस आयो, घुम्न जाने अनि बाहीरनै खाने सल्लाह भयो। गीफ्ट र गुलाफको फुलमानै गयो दुई सय पचास।बाँकी रह्यो दुई सय पचास।अब त्यसले रेस्टुरेन्टमा नि पुर्याउन पर्ने। मन चुलबुल र फुरुङ्ग अर्को तर्फ गोजीको सङ्कटकाल।बार्ह बर्षमा पोई आको मै मोरीलाई ज्वरो आको।अब फेरी उसको च्वाईस के हो। हामीले खाने त उही हो मो:मो र चाउमीन।तर उसको अडर के हुने हो मनमा फेरी अर्को आतङ्क।आफ्नो खल्तीले बफ मो:मो धान्ने।चिकन मो:मोलाई सोच्नै पर्ने।आखिरी भयो त्यहि जे हुन पर्ने।अडर भयो चिकन मो:मो र चिकन चिल्ली।धन्न उ बेलामा पर्समा कसैलाई नभनि लुकाएर राखेको पाँच सय रुपयाँ थियो र लाज टर्यो अन्यथा प्रणय दिवस पत्रु दिवस भएर जान्थ्यो।

लाग्छ यहि मो:मोले कतिको मायाँ गाँसियो होला।चाहे महङ्गा रेस्टुरेन्टको महङ्गो मो:मो होस् या न्युरोडको टपरामा दिने मो:मो।रमाईलो गरौ के गर्ने मोःमो खाने।साथीलाई बोलाएको छु के ख्वाउने मोःमो खुवाउने।जाडो भयो मोःमो खाउँ, गर्मी भो लौ त्यसो भए गर्मी छल्न खाउँ मोःमो।मेला लाग्यो मोःमो पाक्यो।

मोःमो देशलाई चिनाउने खाना भयो।देशको स्वाभीमान भयो मोःमो।बिदेशीले मिठो गरेर खान थाले। कोही युवाले रास्ट्रीय खाना पनि भन्न थाले।यसलाई अन्तरास्ट्रीय स्तरमा चिनाउन कम्मर पनि कसे।आजकाल प्राय बिदेशमा रहेका नेपाली रेस्टुरेन्टको मेन्युको शुरुमा नै मोःमोको प्रकारका लिस्ट हुन्छन्।नेपालीलाई मात्र होईन अहिले मोःमो सबैको स्वादिलो खाना बन्यो।बिदेशीले पनि नहिच्कीचाई मोःमो नै भन्न थाले अनि कपाकप खान थाले।आखिरी मोःमो हामी नेपालीहरुको सँस्कारनै भयो।मोःमो भने पछि नेपाल सम्झाउने प्रथानै बन्यो।जय मोःमो

Related posts

ग्रामपियन्स यात्रा सस्मरण- ग्रामपियन्स जंगलमा ॐकार ध्वनिको गुन्जन

Manoj Poudyal

के एउटा साथी छ त???

Manoj Poudyal

सोचे जस्तो कहाँ सजिलो छ र विदेश!!!

Manoj Poudyal

पैसाले के गर्नु छोरी, तँ नै नभएपछि

Manoj Poudyal

The civilisational beauty of Pompeii

Manoj Poudyal

समाजसेवा गर्नलाई एनआरएनएमै उठ्नु पर्छ र??

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349