एस ईभेन्ट्स एन्ड मल्टी मिडीयाले हरेक बर्ष होलीको शुअवसर पारेर आयोजना गर्दै आएको साङ्गितीक जात्रा यस बर्ष पनि भव्यरुपमै गर्ने भएको छ।रँगहरुको पर्व होलीलाई अझ बडि रङ्गीन बनाउने उदेश्यका साथ यस बर्ष नेपाली साँगीतिक आकाशका चार फरक बिधाका कलाकारहरुलाई मन्चमा ल्याउने निश्चीत भएको छ।
दार्जिलीङ निवासी नेपाली मुलका प्रशान्त तामाङ यस बर्षको साङ्गीतिक जात्राका एक मुख्य आकर्षण हुन।भारतको प्रतिस्ठीत कार्यक्रम ईन्डीयन आईडलमा आफ्नो जादुमयी स्वरको प्रभावले सारा नेपालीको मन जित्दै तेस्रो ईन्डीयन आईडल हात पार्न सफल भएका थिए।समधुर स्वरका धनी गायक प्रशान्त तामाङका असारै महिनामा, अरे क्यानाम लगायत दर्जनौ गीतहरु चर्चीत छन्। पार्श्व गायक तथा नायकका रुपमा चिर परिचीत प्रसान्त तामाङद्वारा अभिनय गरिएको गोर्खा पल्टन दर्शकले औधी रुचाईएको चलचीत्र हो भने यसका गीतहरुपनि दर्शक श्रोताहरुको मनमा बस्न सफल भएका थिए।
यहि जात्रालाई साथ दिन नेपाली पप गायक सन्जिव सिङ्पनि आउने भएका छन्।किन राख्यौ चोखो मुटु तिखो चलेसी लगाएत तिमी र म, निरमायाँ, आकाशबाट, रमाईलो छ यो साँझ, मुग्लान गीतहरु सन्जिव सिङका लोकप्रिय छन्।
साङ्गीतिक जात्राको अर्को आकर्षण हो एक्सिस व्यान्ड।नेपाली रक व्यान्डको रुपमा चिरपरिचीत यो व्यान्डको अधुरो प्रेम, तिम्रो याद,एक चोटी, माफ गर लगायत दर्जनौ गीत नेपाली युवा माँझ प्रसिद्द छन्।
नेपालीहरु माँझ लोक सङ्गीतको आफ्नै छुट्टै बिशेषता छ।हरेक उमेरका मानिसहरुले मन पराउने लोक सङ्गीतलाई यस पालि साङ्गीतिक जात्रामा पनि प्राथमिकता दिएको छ। प्रजापति पराजुली नेपाली लोक सङ्गीतमा कुनै नौलो नाम पक्कै होईन।नेपाली लोक भजन,रोईला देखी लोक दोहोरीमा उत्तिकै परिचीत प्रजापतीका को के खान्छ्यौ कमला सुन्तला कि अमला बढि लोकप्रीय रोईला भाका हो।
साङ्गीतिक जात्राको चौथो सँस्करण यहि ५ मार्चमा गिल्पिन पार्क, ब्रउनस्विक मेल्बोर्नमा दिउँसो १२ बजे देखि साझँ ८ बजे सम्म हुँदैछ।यसको प्रवेश निशुल्क गरिएको छ। यस जात्रालाई अझ रमाईलो बनाउन होलीको कार्यक्रम पनि हुने छ भने बच्चाहरुको लागि थप आकर्षणको रुपमा जनावरफार्म र पोनी राईडको व्यबस्था गरिएको छ।