eNepal

चितवन समाज भिक्टोरीयाको वार्षीक साधारण सभा सम्पन्न, अनुपम पाठक अध्यक्षमा चयन

कोभीडको कारण केही समय पछाडी धकिलिएको चितवन समाज भिक्टोरीयाको बार्षीक साधारण सभा हिजो मेल्बोर्नमा सिमीत व्यक्ति बिशेषहरुको उपस्थितीमा सम्पन्न भएको छ। 

हिजो सम्पन्न भएको साधारण सभाले अनुपम पाठकको नेतृत्वमा सत्र सदस्यीय कार्यसमिती चयन गरेको छ। कार्यसमितीको उपाध्यक्ष बिपुल ज्ञवाली, सचिवमा गोबिन्द पाठक, सह-सचिवमा कमल लामिछाने, कोषाध्यक्षमा राजेन्द्र उप्रेती, सह कोषाध्यक्षमा सोभित प्रधान चयन भएका छन्। त्यस्तै सदस्यहरुमा एस के गौतम, दिक्षा न्यौपाने, कस्तुरी शर्मा गैरे, प्रकाश आचार्य, बबिन मिश्र, सुमन अधिकारी, फडिन्द्र अधिकारी, सैवल न्यौपाने, हरी सापकोटा, शिशिर बस्ताकोटी र कृष्ण पौडेल चुनिएका छन्।

साधारण सभामा समुदाएका अगुवा सोमप्रसाद गुरुङ र सुरेश पोखरेलको दुई सदस्य निर्वाचन समिति गठन गरिएको थियो तर निर्वाचन बिनानै नयाँ कार्यकारी समिति गठन भएको थियो।यस्तै सचिवबाट प्रतिवेदन पेश गरिएको थियो भने कोषाध्यक्षबाट कार्यकालको वित्तीय प्रतिवेदन पेश गरिएको थियो।

बिगतमा यस संस्थालाइ योगदान दिनुभएका र यसै संस्थामा रहेर काम गर्ने इच्छा ब्यक्त गर्नुभएका तर वार्षिक साधारण सभा कार्यक्रममा उपस्थित हुन नसक्नु भएका थप सदस्यहरु जोडिनु भएसँगै यस कार्यकालको पहिलो मिटीङबाट चितवन समाज भिक्टोरीयाले कार्यकारी कमिटिको पुर्णता पाउने बताइएको छ।

हिजोको बिशेष कार्यक्रममा अध्यक्ष आत्माराम रिजालले आफ्नो कार्यसमितमा रही कार्य गर्ने र सहयोग गर्ने सबैलाई धन्यवाद दिएका थिए । यस्तै सचिव र कोषाध्यक्षको प्रतिवेदन पनि पेश गरिएको थियो । कार्यक्रममा  एनआरएन अष्ट्रेलियाका अध्यक्ष एवम् चितवन समाजका सल्लाहकार केशव कँडेल, नेप्लीज एशोसिएसन अफ भिक्टोरियाका अध्यक्ष राम गुरुङ्ग, एनआरएन भिक्टोरियाका संयोजक प्रेमप्रसाद कँडेल, सुरेश पोखरेल, सोम गुरुङ्ग लगायतले  सफलताको शुभकामना दिएका थिए । 

चित​व​न स​माज भिक्टोरियाले बर्षेनी बिभीन्न कार्य​क्र​मह​रु आयोजना गर्दै आएको छ। कोभीड १९ को महामारी र त्यस पछि सृजीत बद्लिदो परिस्थितीको कारण कार्यक्रमहरु गर्न असम्भव हुँदाहँदै पनि साम​जिक दायि​त्व​लाई निरन्तरता दिदै बिभीन्न सामाजिक कार्यमा कृयाशिल रहेको थियो। यहि समयमा अस्ट्रेलियाको भिक्टोरिया राज्य​मा एन आर एन त​था अन्य​ साम​जिक सँस्थाह​रु स​म्मिलित कोविड राह​त कोषलाई १००० अस्ट्रेलिय​न डल​र स​ह​योग ग​रेको थियो ज​स मार्फ​त स​मस्यामा प​रेका नेपाली बिध्यार्थीहरुले थोरै राह​त पाएका थिए। त्यस्तै लामो स​म​य​ देखि क्यान्स​र पिडित चितव​न निवासी बिरामीलाई उप​चारका लागि  १ लाख आर्थिक स​ह​योग ग​रेको थियो।

सेवाको भावलाई निरन्तरता दिदै आर्थिक रुपमा कम​जोर र​ दुबै म्रिगौला फेल भइ बिग​त चार बर्ष देखि डाइलेसिस ग​राउँदै आएकी चित​व​न इच्छा कामना गा.पाकि श​र्मिला गुरुङको म्रिगौला प्र​त्यारोप​णका लागि ५० हजार रुपयाँ स​ह​योग ग​रेको थियो। आर्थिक अभाबका कार​ण ब​न्द​ हुन​ लागेको दिवा स्याहार केन्द्र​, चित​व​न ज​स​ले म​स्तिष्क प​क्षघातका बिरामी बाल​बालिकाह​रुलाई सेवा दिदै आएको छ, सो सँस्थालाई १ लाख आर्थिक स​ह​योग प्रदान ग​रेको थियो।

चित​व​न स​माज भिक्टोरियाले चित​व​नमा निर्माणाधिन गौत​म बुद्ध​ क्रिकेट रङ्गशालालाई सहयोग स्वरुप धुर्मुस सुन्त​ली फाउन्डेस​न मार्फत नेपाली रु. एक लाख प​चास ह​जारको आर्थिक स​ह​योग गरेको छ।

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

Manoj Poudyal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

Manoj Poudyal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

Manoj Poudyal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

Manoj Poudyal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

Manoj Poudyal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349