काभ्रेपलान्चोक जिल्लाको डाँडा गाउँ वडा नः १६ पहरी बस्ती हुँदै सिन्धुपलान्चोक जिल्लाको मेलम्ची नगरपालीका वडा नः ८को गीरान चौरमा दोस्रो नमुना बस्ती बनाएर पिडीतलाई हस्तान्तरण गरेको धुर्मुस सुन्तली फाउन्डेसनले तेस्रो नमुना बस्तीको रुपमा महोत्तरी, बर्दिवास नगरपालिका–२ स्थित मुसहर बस्ती बनाउने उद्घोष गरि सकेका छन् र उद्घोष गरेको १५ दिनमा नै १५ प्रतीसत काम सकिएको छ।स्थानीय बासिन्दासँग सँगै श्रमदान दिनलाई बिभीन्न ठाउँबाट आउने क्रम पनि उत्तिकै बढि रहेको छ।यहि नमुना बस्तीको सहगार्थ हाल धुर्मुस सुन्तली अस्ट्रेलीयाको भ्रमणमा रहेका छन्।
गत हप्ता सिड्नीको कार्यक्रमबाट १७ लाख ४२ हजार ६२५रुपैयाँ जुटेको छ भने मेल्बोर्नमा आउँदो आईतबार धुर्मुस सुन्तली साँझको बिशेष कार्यक्रम हुँदैछ।थोनबरी थिएटरमा साँझ ६ बजेबाट शुरु हुने कार्यक्रमलाई दिकपालदेब पङ्गेनी र बासुदेब मरहट्टाले सन्चालन गर्दैछन् भने सिड्नीको द नेक्स्टको प्रस्तुती रहनेछ। भरत सिटौलाले आफ्नो गीतहरु प्रस्तुत गर्ने छन् भने धुर्मस सुन्तलीलाई प्रदीप चापागाई, माधब न्यौपाने, अम्रीत गुरुङ, सुचीत्रा आचार्य, सुजन र स्वेताले साथ दिदै छन्।