eNepal

सिन्धुलीका किसान सखरखन्ड खेती गरेर लाखौको आम्दानी गर्दै

सिन्धुली – यहाँको गोलञ्जोर गाँउपालिकाको कृषि फार्मले सखरखण्ड खेती गरेर मासिक एक लाख आम्दानी गर्ने गरेको छ। गोलञ्जोर गाँउपालिका १ डुडभन्ज्याङ उच्च पहाडी कृषि सहकारी संस्थाले गाँउमै सखरखण्ड उत्पादन गरि मासिक एक लाख बढी आम्दानी गर्ने गरेको हो।

ग्रामिण समुदायकका किसानहरुको जिवनस्तर उत्थानको लागि सखरखण्ड र तरुलको उत्पादन तथा बजार व्यवस्थापन आयोजना अन्र्तगत २०७३ साल चैत्र देखि सखरखण्डको उत्पादन सुरु गरिएको सहकारीले जनाएको छ। कृषि विकास मन्त्रालयको ५१ लाख ४५ हजार बढी रकमबाट सुरु भएको परियोजनाले किसानलाई आत्मानिर्भरता र व्यवसायिकता तर्फ उन्मुख गराएको सहकारीले जनाएको छ।

सामुहिक खेती गर्दा बजार व्यवस्थापनमा कुनै समस्या हुदो रहेनछ, सहकारीका सदस्य टेकबहादुर थापाले भने, मासिक एक लाख आम्दानी भइरहेको छ। उनले नेपालमा भारतिय सखरखण्डको आयात रोक्न सके नेपालका किसानहरुले व्यवसायीक सखरखण्ड खेती गरि आत्मानिर्भर बन्न सहजै सक्ने बताए। भारतबाट आउने सखरखण्ड नेपालमा १२ र १५ रुपैया किलोमै पाइन्छ, हामी किसानको खेतमै पुगेर ५० रुपैया प्रतिकिलो उठाउछौ, उनले भने, अर्गानिक सखरखण्ड उत्पादन गरे आम्दानी प्रसस्तै लिन सकिन्छ।

सहकारीले सुरुमा सखरखण्डको लहरा विदेशबाटै ल्याएको हो। तर हाल फार्ममै उत्पादन गरि गाँभरी लहरा वितरण गर्ने गरिएको स्थानिय बताउछन्। हामी गाँउभरी लहरा वितरण गर्छौ, अनि स्थानियले उत्पादन गरेपछि ग्रेडिङ नगरेको खेतबारीबाटै ५० रुपैयामा र ग्रेडिङ गरेको एक सय रुपैयामा लिने गरिएको सहकारीका सदस्य थापाले जानकारी दिए। उनका अनुसार किसानहरु आफुहरुले आयात गरि काठमाण्डौका विभिन्न स्थानमा पुगेर होलसेलमा एक सय पचास रुपैया प्रतिकिलो विक्रि वितरण गर्ने गरिएको छ।

मध्यपहाडी लोकमार्गको पहुँच पुगेसँगै यस क्षेत्रका किसानहरु व्यवसायीक खेतीमा आकर्षित भएको र व्यवसायीक खेती गर्न कृषि विकास मन्त्रालय, राष्ट्रिय कृषि अनुसन्धान तथा विकास कोषले परियोजना सञ्चालनका लागि सहयोग पु-याएको अर्का स्थानिय शुष्मा भुजेलले जानकारी दिइन्। यहाँको फार्मले गाँउभरी लगाएको सखरखण्ड लगायतका अन्य कृषि बालि किनिदिन्छ र काठमाण्डौ लगायत देशका विभिन्न साना तथा ठुला शहरमा लगेर विक्रि वितरण गर्छ, उनले नागरिकसँग भनिन्।

गोलञ्जोर गाँउपालिका १,२ र ३ तथा फिक्कल गाँउपालिका २ गरि झन्डै चार सय किसानहरुले व्यवसायीक सखरण्डको खेती गरि आम्दानी लिने गरेको किसानहरु बताउछन्। यो कुनै मौसमी होइन, कृषि सहकारीका सदस्य टेकबहादुले भने, बाह्रै महिना उत्पादन गर्न सकिन्छ। हामीले उत्पादन गरेको कृषिजन्य बस्तु काठमाण्डौका विगमार्ट भाटभटेनी लगायतका स्टोर्सहरुमा सप्लाई गर्छौ, उनले भने बजारमा दैनिक २ क्विन्टल माग हुन्छ, हामी हप्तामा २ क्विन्टल मात्रै उत्पादन गर्छौ।

उनले माग अनुसार हालसम्म उत्पादन गर्न नसकिएको र थप किसानले सखरखण्ड उत्पादन गरेमा बजारको कुनै समस्या नहुने जनाए। परियोजनाको अवधि अन्तिम चरणमा पुगेको छ, तर हाम्रो व्यवसाय र पेशा निरन्तर अगाडी बड्छ, टेकबहादुरले नागरिकसँग भने, परियोजना भए उत्पादन गर्ने नभए बन्द गर्ने हाम्रो उद्देश्य होइन। सखरखण्डबाट पाउरोटी केक बनाउन सकिने भन्दै उनले डाडापाखा सबैतिर यसको व्यवसायीक खेती गरि किसानले हरियाली बनाए आम्दानी बढ्ने जनाए।

हाम्रो उत्पादन विचौलीको हातमा जानु हुदैन, डाइरेक्ट पसलेकहाँ पुग्न सके किसानको आम्दानी राम्रै हुन्छ, विचौलीका हावी सरकारले हुन दिनु भएन, उनले भने। व्यवसायीक खेतीका लागि सखरखण्डको लहरा यहि असारबाट किसानलाई बाढ्न सुरु गरिने उनको भनाई छ। उच्च पहाडी कृषि सहकारी संस्थाले व्यवसायीक रुपमा लहरेआपको समेत खेती गरेको छ। लहरेआपको जुस स्वास्थ्यका लागि धेरै राम्रो हुन्छ, उनले भने, यसको समेत माग उच्च छ। कृषि फार्मले यतिमात्र नभएर नर्सरी, एबोकाडो, थाई अम्बा लगायतको व्यवसायीक खेती गरेको छ।

स्रोत: नागरिकन्युज

Related posts

Mastercard Gambling Enterprises: An Overview to Playing Online

अविलास

Beste Mastercard Online Gambling Establishments: An Informative Overview

अविलास

Best Skrill and Neteller Casinos: A Comprehensive Guide

अविलास

Leading Gambling Establishments that Approve Neteller

अविलास

Online Live Roulette Bonus: A Comprehensive Overview

अविलास

Understanding Online Casino Bonuses

अविलास

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349