eNepal

परदेशको नातीलाई पत्र-समाज रुपान्तरण होला तर तैले आफ्नो धर्म बिर्सनु हुन्न

प्यारो नाती असीम मायाँ। हुन त नेपालीमा लेखे पत्र बुझ्छस् कि बिर्सीसकिस्।मलाई बिस्वास छ यति छिट्टो नबिर्सेलास।धन्न त नेपालमै जन्मीस् अनि मेरो छत्र छायाँमा हुर्कीस र यसो कहिले काँही हजुरआमालाई कस्तो छ भनेर सोध्छस्।नत्र त त्यो ब्यस्त देशमा कसलाई पो फुर्सद हुँदो हो र गाउँघर सम्झनलाई।अनि बा आमा पक्कै पनि काममै त होलान्।नातीनी पनि ठुली भई होला।तैं त होलास नि बहिनी हेर्ने।

हुन त बाआमालाई छोरा छोरीले पनि आफुले सिकाएका कुराहरुलाई मार्गदर्शक बनाएर हिडेको हेर्न चाहन्छन् तर सन्सार यति साँगुरो भई सक्यो कि हामी समयसँगै रुपान्तरीत हुँदै जान थाल्यौ।त बसेको समाजमा हजुरआमालाई बढेसकालमा घरमा पाल्न झिझो लाग्छ भनेर बृद्धाआश्रममा लगेर राख्छन् तर हाम्रो समाजमा अहिले पनि पढि लेखी गतिलो जागीर खाएर राम्रो गृहस्थी चलाएर बुढेशकालमा छोरा छोरीले मायाँ गरेर पालुन भन्नेनै छ तर यो पनि बिदेशको सिको गरेर मन्दीर र बृद्धआश्रममा लगेर छोड्ने अनि बिच्चल्लीमा पार्ने चलन यता पनि हुन थाली सक्यो।

समयलाई दोष दिदै समाजबाद बाट फड्को मार्दै आज हामी भन्ने बिर्सेन छाड्यौ अनि म र मेरो भनेर झगडा गर्छौ। हरेक पुस्तामा आएको परिबर्तनसँग सँगै हाम्रो दैनीक जिवनशैली, चालचलन, मौलीकता, परम्परा मनाउने शैली, बोलीचाली सबैमा परिबर्तन हुँदै गएको छ।

हुन त गाउँमा औला समाएर डुलाएर हुर्काको अनि बारीका फुल र गोठको भैंसी देखाएर तलाई खाना खुवाएको थिएँ।घरि घरि झुक्किएर माटो पनि खान्थिस्।आमाको उच्चाहरण गरेर तेरो बोली फुटेको थियो।खै त्यहि माटो खाएर हुर्कीस। त्यस पछि बिस्तारै बाबा, मामा, चाचा भन्दै आमासँग दोहोरो बात मार्ने भईस्।थाहा छैन कति सम्झेको छस् या बिर्सेको छस्।अहिले त ईन्टरनेट र हातमा आईफोन र आईप्याड बोकेको होलास।बाउ आमाले हातमा आईप्याड थमाएर काममा जाँदा हुन्।बिदेशको ब्यस्त जिन्दगीमा आफ्ना सन्तानलाई दिन पर्ने ब्यबाहारिक ज्ञानको अभावमा छोरा छोरीले एक्लो महसुस गर्दा हुन्।

सुन्छु देश अनुसारको भेष गर्नु पर्छ भन्दै घरमा आफ्नो मौलीक भाषा बोल्न पनि बर्जीत गर्छन्। नेपाली बोल्न अभिप्रेरीत गर्नको साटो बा आमा पनि नसकि अङ्ग्रेजी बोलेर आफ्नो भाषा सिक्नमा निरुत्साहित गर्छन्।अङ्ग्रेजी कार्टुनमा भुलेर पाउरोटी र चिज टोक्दै बिधालय जाँदा त्यहाँ तिमीहरुलाई सिकाउने नैतीक शिक्षा हामीले सोचे भन्दा धेरै फरक हुन्छ। बिस्तारै त्यहि सँस्कारमा भिझ्दै रमाउन थाल्ने छौ।क्रमश तिमीहरुको व्यबहार र चालचलनहरुमा पनि परिबर्तन आउने छ अनि हामी भन्न पनि बिर्सेर मेरो भन्न थाल्ने छौ।किन कि मैले मेरो बसाईको करिब ६ महिनामा त्यहि देखे।कसैलाई कोहीको मतलब छैन। छोरा छोरीलाई कहिले १८ बर्षको महाँ उत्सव मनाउन पाउँ भन्ने हुन्छ किन की कानुन सम्बत १८ बर्ष पछि आजाद हुन्छन्। कसैले रोकेर रोकिन्न। स्वतन्त्र हुन्छन्।त्यस पछि छोरा छोरीलाई बा आमासँगै बस्न कर लाग्दैन।आफ्नो मर्जीमा कानुन सम्वत जे पनि गर्न पाउने अधिकार तिमीहरु माँझ हुन्छ।

हेर नाती तँ त बुझ्ने छस् थोर बहुत नेपाली सँस्कृती सिक्ने मौका पाईस।केही भएपनि नेपाली शव्द उच्चाहरण गर्न सक्ने भईस्। अव बिदेश पलायनसँग सँगै तैले सिकेका कुराहरु बरु बहिनीलाई सिकाउँदै जानु।हाम्रो सँस्कृती,कला,सभ्यता अनि मौलीक भाषालाई पछिल्लो पिडीमा पनि रुपान्तरण गर्दै लैजानु पर्छ।चाड बाढहरु आउँदा बहिनीलाई सम्झाउनु अनि सिकाउनु। भाईटीकामा दिदी बहिनीको हातबाट दाजु भाईले किन सप्तरङ्गी टिका थाप्छन तैले बुझाउन सक्नु पर्छ।अङ्ग्रेजी भाषा तिमीहरुको पहिलो भाषा हुनेछ तर हामी नेपालीको दोस्रो भाषा हो।अङ्ग्रजी सिक्नलाई कुनै गार्हो हुँदैन।बिधालय देखी साथीसङ्गीहरुको भेटमा अङ्ग्रेजीमा नै बोले पनि घरमा दाजु बहिनी कुरा गर्दा नेपाली भाषामा बोल्नु र बहिनीलाई पनि सिकाउनु। फेरी बहिनी नेपाल आउँदा जोकर बन्ने छे।अङ्ग्रजी फररर बोल्दा उसलाई साथ नदिने कोही भएन अनि हामीले पनि नबुझ्दा र सवालको जवाफ नफर्काउँदा उसलाई एक्लो महसुस हुन सक्छ र असजीलो हुन सक्छ।यो कुरामा बिशेष ध्यान दिनु।

उहि तेरो हजुरआमा
रामकुमारी

Related posts

ग्रामपियन्स यात्रा सस्मरण- ग्रामपियन्स जंगलमा ॐकार ध्वनिको गुन्जन

Manoj Poudyal

के एउटा साथी छ त???

Manoj Poudyal

सोचे जस्तो कहाँ सजिलो छ र विदेश!!!

Manoj Poudyal

पैसाले के गर्नु छोरी, तँ नै नभएपछि

Manoj Poudyal

The civilisational beauty of Pompeii

Manoj Poudyal

समाजसेवा गर्नलाई एनआरएनएमै उठ्नु पर्छ र??

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349