eNepal

हाई-हाई अग्रेंजी

प्रज्वल चापागाँई (क्यानडा)

“खुरु खुर कण्ठ गर्नु, सरासर पास गर्नु ।” सबैको मुखमा झुण्डीएको ब्रह्म वाक्य थियो । अंग्रेजी पढनु र त्यसको परिक्षा उतिर्ण गर्नु सबैभन्दा गाह्रो हिमाल चढ्नु जतिक्कै थियो । कलेजका साथिभाई सबै मलाई बाठो सुगा बन्नुपर्छ भनेर जाँचको बेला सल्लाह दिन्थे । तर त्यो सुझाव कहिलै मनासिव लागेन ।

इन्गलिश फर कलेजको पाँचवटा कविताका समिक्षा, दशवाक्यका खाली ठाउँमा आर्टीकलको प्रयोग, वाच्य परिवर्तन, कथन परिवर्तन र केही संक्षिप्त प्रश्न-उत्तर कण्ठाग्रह पारेपछि तिश वर्षअघि ताक परे उम्दा अंक नत्र गान्धी श्रेणी पक्का थियो । जान्दै नजान्नेहरुका लागि प्रविणता प्रमाणपत्र तहको अग्रेंजी पार लगाउने त्यस्तो सुत्र थियो । तर अग्रेंजी भाषा न कहिलै हाई-हाई भो न त बाई-बाई नै  आएको छ।

थोरै समयको स्वअध्ययनले अहिलेसम्म ए देखी जेडसम्म अलिअलि जानेजस्तो लाग्छ तर सोचे,भोगे र ब्यहोरेजती जान्ने हुन कहिलै सकिएन अँग्रेजीमा मलाई ढडिया थापेर माछा मारे झैं अँग्रेजी पास गर्न तरिका सिकाउने साथिहरु धेरैले प्रविणता प्रमाणपत्र भन्दा मास्तिर पढन सकेनन् । शायद त्यो जाँच पार लगाउने तरिकामात्र थियो । अँग्रेजीमा खाने,लाउने,सुत्ने,उठ्ने, शौच गर्ने, कुदने,बोल्ने, लेख्ने र पढने गर्दा पनि यो भाषा मैले मनग्गे जानिन । सत्य हो,”मलाई अंग्रेजी अ’लि अ’लि आउँछ ।” त्यसैले दक्खल छैन ।

सँधै अल्छी भएकै कारण यो संसारमा गरीखाने भाषा बहुसंख्यक विद्यार्थिकालागि गाह्रो विषयमा दरिंदै आएको छ । थोरै समयको स्वअध्ययनले अहिलेसम्म ए देखी जेडसम्म अलिअलि जानेजस्तो लाग्छ तर सोचे,भोगे र ब्यहोरेजती जान्ने हुन कहिलै सकिएन अँग्रेजीमा । मलाई ढडिया थापेर माछा मारे झैं अँग्रेजी पास गर्न तरिका सिकाउने साथिहरु धेरैले प्रविणता प्रमाणपत्र भन्दा मास्तिर पढन सकेनन् । शायद त्यो जाँच पार लगाउने तरिकामात्र थियो । अँग्रेजीमा खाने,लाउने,सुत्ने,उठ्ने, शौच गर्ने, कुदने,बोल्ने, लेख्ने र पढने गर्दा पनि यो भाषा मैले मनग्गे जानिन । सत्य हो,”मलाई अंग्रेजी अ’लि अ’लि आउँछ ।” त्यसैले दक्खल छैन ।

आफूले ब्यहोरेको दुख: र पछुतोको कारण मार्करले लेख्ने डस्टरले पुछ्ने काम गरिरहँदा मैले विद्यार्थिहरुलाई एकातिर अंग्रेजी भाषामा दख्खल बढाउनु पर्ने अर्कोतिर नेपाली भाषामा अन्तराष्ट्रिय स्तरको पत्रकारिता गर्न अनेकौं पटक सुझाएँ ।

जान्दीन भन्न के को लाज? तर जब नयाँ पिढींले कष्टसाध्य मेहनत गरेर म्लेच्छ भाषामा उम्दा दक्खल राखेको देखिन्छ । नचिनेकै नेपाली भएपनि उसको प्रगतिले नाक घिरौंला झैं ठूलो हुन्छ । यसै पनि मेरो नाक घिरौंला भन्दा सानो कहाँ छ र!

मुहारपुस्तिका चलाउने उपक्रममा शिव न्यौपानेले प्रत्येकदिन अंग्रेजीको १०-२० वटा नयाँ शब्द र तिनको समानअर्थी शब्द र तिनको अर्थ लेख्ने गरेको चाल पाएँ । उनले पुस्तकको नामाकरण फलागं अंग्रेजी डिक्सनरी भनेर निधो गरिसकेका रहेछन । सधैं शिव न्यौपानेले मुहार पुस्तिकामा लेख्ने शब्दहरु पढथें । एकातिर उनलाई अंग्रेजी शब्दकोषलेख्ने उपक्रममा सक्दो हौस्याउँथें, अर्कोतिर अंग्रेजीमा संसारमै सबैलाई डाढ लाग्नेगरी दक्खल राख्न नसकेकोमा खिन्न हुन्थें ।

न भन्दै लामो समयको लगानी, कष्टसाध्य मेहनत र अथकनिय यात्राले प्रभावशाली यूवा अष्ट्रेलियाको मेलवर्न निवासी शिव न्यौपानेलाई एउटा डिक्सनरी नीकाल्ने गन्तब्यमा पुर्याएछ । उनलाई हौस्याउन थाल्दा म नेपालमा थिएँ । समय, नियती, चलायमान मेरो स्वभाव र पारीवारीक बाध्यताले पनि केहि समयलाई परिवारसहीत क्यानडाको एडमन्टन निवासी बन्नपुगें । उनको डिक्सनरी धर्तीको पिँध अष्ट्रेलियाको मेलवर्नबाट झण्डै महिनादिनको हुलाकी यात्रा पार गरेर उत्तरी ध्रुवमा मेरो हात पर्यो । पुस्तक हात पर्दा मन यती फुरुगं थियो भनिसाध्य छैन । एक लाख शब्द समेटीएको अंग्रेजी शब्दकोषमा समानअर्थी शब्दहरु प्रशस्त छन । तर यो शब्दकोषमा विपरीतार्थक शब्द, त्यस्को नेपाली अर्थ समेत समेटेर एप्पल, एन्ड्रोईड र डेस्कटपमा समेत उपलब्ध हुने व्यबस्था गर्ने हो भने संसारभरी छरिएका नेपालीले यसको सार्थक प्रयोग गर्न पाउथे । त्यसमाथी नेपाली सिक्न चाहने अन्तराष्ट्रिय गम्भीर विद्यार्थिहरुला बहुउपयोगी हुनसक्थ्यो । जसरी शब्दकोषमा अष्ट्रेलिको रैथाने लवज र शब्दहरु समेटीएका छन त्यसरी नै कैयौं नेपाली शब्दहरुलाई पनि समेट्न प्रयास गर्नु पर्छ । अझ यो शब्दकोषलाई अंग्रेजी-नेपाली र नेपाली-अंग्रेजीमा पनि रुपान्तरण गर्न पाए त ! तर भन्न जति सजिलो र सहज छ गर्न त्यो भन्दा लाखौं गुना गाह्रो हुन्छ ।

पढाउँदा जहिलै पनि अंग्रेजी भाषाको महत्व, आवश्यक्ता र अपरिहार्य दक्खललाई जोड दिएँ । सुत्र गाह्रो छैन तर सजिलो पनि छैन । चन्द्रनिगाहपुरको जनज्योती माध्यमिक विद्यालयमा पढदा अंग्रेजीका आदरणिय गुरुहरु कौशलकिशोर कर्ण र प्रेमलाल चौधरीको मार्गदर्शन सम्झन्छु, “तिमीहरुले अंग्रेजी सिक्नै पर्छ । यो भाषा गाह्रो छैन । यसलाई पाखुरा सुर्केर तह लगायौ भने यो भाषाले मेहनतीलाई हात्तीको माउते सरह ठान्छ । त्यसैगरी यो भाषा सहज हुँदैं जान्छ ।”

विद्यार्थिलाई अंग्रेजी प्रति रुचि जगाउन र लाग्न दुवै गुरुहरु थप्नुहुन्थ्यो, “हेर ! अंग्रेजी भाषालाई बेलैमा तह लगाईएन भने यसले मरेपछि पनि छोडदैन । तिमीहरु आ-आफ्नो ठाउँमा विद्वान होलाउ; राष्ट्रिय-अन्तराष्ट्रियरुपमा नाम,दाम र शान बढाउलाउ । तर यो मरिजाने चोला हो । मरेपछि पनि फलानो तगडा थियो, यसो गर्यो, उसो गर्यो, यस्तो आउँथ्यो, उस्तो आउँथ्यौ भनेर प्रशंसा गर्छन तर अन्तमा फलानोलाई अंग्रेजी आउँदै आउँथेन भनेर मरेको मान्छेलाई पनि निन्दा गर्छन ।”

कक्षाकोठा गलल हाँस्थ्यौं । गुरु कर्ण र चौधरीको मेहनत खेर गएन । राष्ट्रिय-अन्तराष्ट्रिय तहमा उठेका छन गुरुका केही चेलाहरु । मेरो दिनमा १० वटा नयाँ शब्द याद गर्ने, तिनलाई वाक्यमा प्रयोग गर्ने, महिनामा तिन सय, वर्षमा ३ हजार ६ सय र पाँच वर्षमा १८ हजार शब्द जानीसक्दा अंग्रेजीसँगको मोह बढछ । त्यो मोहले अंग्रेजी त्यसै आफ्नो अधिनमा आउन थाल्छ तर लेख-पढ निरन्तर जारी राख्नु पर्छ । अंग्रेजी भनेपछि सातो जानेले एकपटक पाखुरा सुर्कने हो कि ? किनभने प्रतिभाशालि शिव न्यौपाने जस्ता सैयौं सय छोरा-छोरी नेपाल आमालाई चाहिएको छ ।

उद्देश्य के लिनु
उडी छुनु चन्द्र एक ।
चन्द्रमा छोएकोमा फेरि पनि फलागं अंग्रेजी डिक्सनरीका लेखक शिव न्यौपानेलाई हार्दीक नमन; प्रतिभाशाली न्यौपानेले मगंल ग्रह नछोए यो मन हुँदैन समन ।

Related posts

ग्रामपियन्स यात्रा सस्मरण- ग्रामपियन्स जंगलमा ॐकार ध्वनिको गुन्जन

Manoj Poudyal

के एउटा साथी छ त???

Manoj Poudyal

सोचे जस्तो कहाँ सजिलो छ र विदेश!!!

Manoj Poudyal

पैसाले के गर्नु छोरी, तँ नै नभएपछि

Manoj Poudyal

The civilisational beauty of Pompeii

Manoj Poudyal

समाजसेवा गर्नलाई एनआरएनएमै उठ्नु पर्छ र??

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349