eNepal

के व्यावसायिक कागती खेती गर्ने हो ? खेतीको लागी आवश्यक जानकारी हासिल गरौ

कागती खेतीका लागि ५०० देखि १८०० मिटरसम्म उचाइ भएको क्षेत्र उत्तम हुन्छ भने यसका लागि तापक्रम ५ देखि ३५ डिग्री सेन्टिग्रेड र वार्षिक वर्षा १००० देखि २००० मिमिसम्म उपयुक्त हुन्छ। कागतीले केही हदसम्म सुक्खा सहन सक्छ तर तुसारो सहन सक्दैन।

माटो कागती खेतीका लागि पहाडी क्षेत्रको रातो माटो, मध्य तथा तराइ मा हल्का बलौटे दोमट् र पानीको राम्रो निकास भएको जमिनको सतहमुनि पनि डेढदेखि दुई मिटर माटो भएको जमिन उत्तम हुन्छ। कागती खेतीका लागि माटोको पीएच मान ५ देखि ७ सम्म उत्तम मानिन्छ।

अब कागतीका जातहरुकाे चर्चा गराैं
कागतीका अनेक खाले जात छन्। तीमध्ये नेपालमा खेती गर्न उपयुक्त केही जातहरु यसप्रकार छन्।

१ बनारसी

फल सानो ,लाम्चिलो र डल्लो आकारको हुन्छ। गरम हावापानीमा राम्रो उत्पादन दिन्छ। वर्षभरि नै लगातार फल दिने गर्दछ।

२ स्थानीय

फलहरु लाम्चा र गोला आकारका हुन्छन। यो जात चिसो हावापानी र ओसिलो ठाउँमा राम्रोसँग हुन्छ भने बोट फैलिएको तर होचो आकारको हुन्छ। वर्ष भरि नै फल लाग्छ भने फल रसिलो र तिख्खर हुन्छ।

३ गलगल

फल अन्डा आकारको हुन्छ भने दाना अली ठूलो हुन्छ। विशेष गरेर यो अचार, क्यान्डी र सर्बत बनाउन प्रयोग गरिन्छ।

बिरुवा प्रसारण विधि

कागतीको बिरुवा प्रसारण बीउबाट र हाँगामा गुटी बाँधेर जरा उमारी गरिन्छ।

खाडलको तयारी लगाउने समय र तरिका

घनमिटरको खाडल खनी प्रशस्त गोबर मल, पातपतिङगर, खारनी राखेर खाडलभरि माटोले छोपिदिनु पर्दछ र बिरुवा उक्त खाडल मा रोप्नु पर्दछ। खाडल खन्दा खाडल् को दूरी ४ मिटरको अन्तरमा बनाउनु राम्रो मानिन्छ।

मलखाद

बोटको विकास तथा अधिक फलको लागि माघ फाल्गुन र असार साउनमा हरेक फल लाग्न सुरु गरेका बोटलाई १ पानी डोको राम्ररी पाकेको गोबर मल दिनु उत्तम हुन्छ। मल दिँदा बोटको चारैतिर रिङ बनाएर दिनु राम्रो हुन्छ।

सिँचाइ

अमिलो जातका फलफूललाई खासै सिँचाइको आवश्यकता नभए पनि सुक्खा परेको बेलामा भने पानीको कमीले फूल झर्ने, फल झर्ने, फल चाउरिने, सानो फल लाग्ने हुन्छ

अत पानी नजम्ने गरी बोटको वरिपरि बेसिन बनाई पानी नजम्ने गरी सिँचाइ गर्ने र सिँचाइ गरिसकेपछि १ कुरेत बाक्लो हुने गरी सोत्तरको छाप्रे दिनु राम्रो हुन्छ।

गोडमेल

कागतीको बगैंचालाई सदैव झारपातमुक्त बनाउनु पर्छ। बगैंचाभित्र लहरा न जाने बोडी, सिमी, केराउ, चना, मुसुरो पनि लगाउन सकिन्छ। झारपात नियन्त्रण गर्न बाक्लो छापो दिँदा पनि राम्रै हुन्छ।

काँट्छाँट

जमिनको सतहमा आएका, पानीसरा, सुकेका, रोग लागेका र एक अर्कामा खप्टिएका

हाँगाहरु हटाउनु पर्दछ र काटेको ठाउँमा र अन्य कान्डमा निलोथुथो र कृषि चुनको लेप लगाउनु राम्रो हुन्छ।

फल लिने समय

फलको बोक्राको रङ हल्का पहेलो भएपछि फल टिप्नु राम्रो हुन्छ।

अब कुरा आउँछ बेर्ना तयार कसरी गर्ने रु बेर्ना दुई तरिकाबाट तयार गर्ने गरिन्छ, एउटा गेडाबाट र अर्को कलमीबाट। यी दुईवटै तरिकाबाट तयार गर्ने प्रविधि निम्नानुसार छ

गेडाबाट तयार गर्ने प्रविधि

धेरैजसो कागतीका बेर्नाहरु गेडाबाट नै तयार गरिन्छ। दानाहरुलाई संकलन गरी १५० र २०० जति दाना भएपछि बेर्ना तयार गर्न शुरु गर्नु राम्रो हुन्छ। बेर्ना तयार गर्नुपूर्व जमिनलाई राम्रोसँग खनजोत गरी माटो मसिनो बनाउने र त्यसमा प्रतिकट्ठा १५ र २० डोकाका दरले पाकेको गोबर मल वा कम्पोष्ट मल राखी माटोमा मिलाउने।

यसपछि २० सेन्टिमिटरको फरक–फरकमा दुई सेमी गहिरो हुने गरी कुलेसो खनी त्यस लाइनको कुलेसोमा ५ र ५ सेमीको दूरीमा १ देखि २ वटा कागतीका गेडा रोप्नुपर्दछ। यसरी बीउ रोपिसकेपछि माथिबाट, बालुवा र माटोले पुरिदिने र त्यसमाथिबाट सुकेको खर वा परालले छोपी दिनुपर्दछ। यसरी राखेको ब्याडमा चिस्यान हेरी हल्का सिँचाई दिँदै गर्नु पर्दछ। बीउ रोपेको लगभग एक महिनापछि बेर्ना उम्रिन थाल्छन्।

खर पराल फालिदिई आवश्यकताअनुसार सिँचाई दिँदै जानुपर्दछ। बीउलाई प्लास्टिक ब्यागमा उमोर्ने हो भने माटो बालुवा र गोबर मलको मिश्रण बनाई प्रत्येक प्लाष्टिक ब्यागमा राखी त्यसमा १ देखि २ वटाका दरले बीउ रोपी लाइनसँग राख्नुपर्दछ। यसरी राखेको बेर्नालाई पनि सिँचाई दिई नै रहनुपर्दछ। यसरी राखेका बेर्ना लगभग १० महिनापछि रोप्न लायकका हुन्छन्। यदि व्याड वर्षायाममा राख्ने हो भने व्याडको माथि पराल, खर राख्नु पर्दैन ।

कलमीबाट बेर्ना तयार गर्ने प्रविधि

राम्रो, रोगरहित शुद्धजातको कागतीको बोट छनोट गरी त्यसैबाट कलमी गर्नुपर्ने हुन्छ । जथाभावी बेर्नाबाट कलमी गर्दा बोटहरु रोगी हुन सक्छन्। यो प्रविधिबाट तयार गरिने बेर्नाहरु चॉडै फल्ने, बोट सानो हुने र फल माउ बोटसरह हुन्छ भने गेडाबाट तयार गरिएका बेर्नाहरु अग्लो हुने, ढिलो फल्ने हुन्छन् कलमी गर्न १ देखि २ वर्षे बोटको हॉगाबाट गर्दा धेरै राम्रो र सजिलो हुन्छ।

कलमी गर्ने हॉगाको छनोट गरी सकेपछि बोटमै १५ सेन्टिमिटरको लम्बाइमा बोक्रा निकाली, त्यसपछि बोक्रा निकालेको ठाउ‘मा माटो, बालुवा र गोवर मिलाएको माटो या रुखका झ्याउहरु बाक्लोस‘ग चारैतिर राखी बाहिरबाट प्लास्टिकले छोपी, दुबैतिरको छेउ‘छाउ‘मा सुतलीले बॉधी दिने गर्नुपर्दछ।

यदि चॉडै जरा निकाल्नु छ भने जरा निकाल्ने हर्मोन काटेको ठाउँमा चारैतर्फ दलिदिएर माटो राखी बॉध्नुपर्दछ। यसो गर्दा जराहरु चॉडै नै निस्कने हुन्छ। यस्तो कलमी वर्षायाममा नै गर्नु धेरै राम्रो हुन्छ। तर अन्य समयमा पनि गर्न सकिन्छ त्यति सफल भएको देखिँदैन।

यसरी तयार गरेका बेर्नाहरु डेढ दुई महिनामा जराहरु देखिन थाल्छन्। जरा देखिन थालेपछि कलमी गरेको तलबाट सावधानीसँग काटी माटो मिश्रित थैलामा वा सोझै ब्याडमा लगि राख्न सकिन्छ। यसरी तयार गरिएका बेर्नाहरु लगाउँदा १ देखि २ वर्षमा नै फल दिन सुरु गर्दछन्। कहिलेकाहीं बेर्नाहरुमा रोग, कीराहरुले नोक्सान पु(याउन सक्छन्।

त्यस्तो अवस्थामा सकेसम्म गाउँघरमा पाइने जडीबुटीबाटै नियन्त्रण गर्ने र त्यो सम्भव नभएमा मात्रै विषादी प्रयोग गर्नुपर्दछ। यसरी तयार पारिएका बेर्नाहरु प्रशस्त मात्रामा बिक्री गर्न सके, बेर्ना बिक्रीबाट राम्रो फाइदा लिन सकिन्छ। स्रोत -कृषि ज्ञानकेन्द्र

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

Manoj Poudyal

घर किन्दै वा बनाउँदै हुनुहुन्छ भने बिल्डीङ इन्सपेक्सनले महत्व भुमीका खेल्दछ: डा. युगेन्द्र रेग्मी

Manoj Poudyal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

Manoj Poudyal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

Manoj Poudyal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

Manoj Poudyal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349