भिक्टोरियामा लगातार ३३ औं दिन पनि कोरोना भाइरस र मृत्युको कुनै नयाँ घटनाहरू रेकर्ड नभएको राज्यको स्वास्थ्य विभागले जनाएको छ। पछिल्लो २४ घण्टामा १२१७७ को कोरोना परीक्षण गरीएको छ। स्वास्थ्य तथा मानव सेवा विभागले बुधबार जारी गरेको जानकारी अनुसार राज्यमा कुनै नयाँ संक्रमण वा मृत्यु भएको छैन।
कोलाकवासी र आगन्तुकहरूलाई फोहोर पानीको भारसको नमूना पत्ता लागे पछि अधिकारीहरूले मंगलबार परीक्षणको लागि आग्रह गर्दै सतर्कताको लागि आग्रह गरेको थियो।
डीएचएचएसले मेलबोर्नबाट १५० किलोमिटर दक्षिणपश्चिमी कोलाकमा फोहोर पानी प्रशोधन केन्द्रमा नोभेम्बर २३ मा सकारात्मक नमूना देखिएको जानकारी गराएको छ।