कोभीड महामारीको प्रकोप शुरु भए यता करिव नौ महिना पछि पाईलट योजना अन्तर्गत अस्ट्रेलीयाको डार्वीनमा ६३ जना बिधार्थी आइ पुगेका छन्।
चीन, हङ्कङ, जापान, भियतनाम र इन्डोनेसियाका विद्यार्थीहरू अस्ट्रेलियामा अन्तर्राष्ट्रिय पर्यटकलाई फिर्ता बोलाउने पाइलट प्रोग्रामको एक भागको रूपमा सिंगापुरको सिल्कएयर चाटर्ड उडान मार्फत डार्विन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन्।
नौ महिना अगाडि मार्च २० मा कडा सीमान्त प्रतिबन्ध लगाएपछि पहिलो पटक अस्ट्रेलियाली विश्वविद्यालय चार्ल्स डार्विन युनिभर्सिटिले पाइलट योजना अन्तर्गत अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई स्वागत गरेको हो।

हिजो बिहान आइपुगेका ६३ विद्यार्थीले १४ दिनसम्म क्वारनटिनको लागि हावर्ड स्प्रिंग्स क्वारेन्टाइन सुविधा स्थलमा बस्नु पर्ने छ।
विद्यार्थीहरूले अस्ट्रेलीया अवतरण हुनु भन्दा अगावै कोभीड १९ स्वाव परीक्षा लिनु पर्ने र परिणामहरू उडान भन्दा ७२ घण्टा पहिले चार्ल्स डार्विन विश्वविद्यालयमा पठाउनु पर्ने थियो।
अन्तर्राष्ट्रिय विद्यार्थीहरूले प्रत्येक वर्ष उत्तरी क्षेत्र डार्बीनको अर्थतन्त्रमा $१४५ मिलियन डलर योगदान गर्दै आएको छ।
डार्विनमा अन्तर्राष्ट्रिय विद्यार्थीहरूको आगमन राष्ट्रिय स्तरमा अन्तर्राष्ट्रिय विद्यार्थीहरूको व्यापक फिर्ताको पहिलो चरण हो।
१००,००० भन्दा बढी अन्तर्राष्ट्रिय विद्यार्थीहरू फेब्रुअरी देखि अस्ट्रोलीया फर्कने स्वीकृतिको लागि पर्खिरहेका छन्।
गएको जूनमा एडिलेड र क्यानबेरामा अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई स्वागत गर्ने योजनाहरू देशको संक्रमणको दोस्रो लहरका कारण ढिला भएको थियो।