नेप्लीज एसोसीयसन भिक्टोरीयाले आगामी दिनहरुमा आयोजना गर्ने कार्यक्रमहरु सार्बजनिक गरेको छ।यहि २२ जनवरीबाट हिमालयन क्लबको सहकार्यमा न्याभ क्रिकेट कपको आयोजना हुने भएको छ।यस प्रतीयोगीतामा न्याभ समुहको अलाबा हिमालय क्लब, नरे किङ्गस् क्रिकेट क्लब, सगरमाथा स्टार्स, सगरमाथा रेनीग्रेड्स, गोर्खाली क्रिकेट क्लब, नेपालय क्रिकेट क्लब र ईस्टर्न ब्लुज समुहको सहभागीता रहनेछ।
बिगत केहि बर्ष देखी सफलता पुर्बक सम्पन्न हुँदै आएको सो प्रतियोगिताको यो बार्हौ सँस्करण हो। यस प्रतियोगितालाई भव्यताका साथ सफल बनाउन र खेलाडीहरुलाई हौसला प्रदान गरिदिनु हुन सबै खेलप्रेमी नेपालीहरुमा न्याभले आवहान गरेको छ।
न्याभ भिक्टोरियामा रहेका नेपालीहरुको छाता सङ्गठन हो जसको मुख्य उद्देश्य भिक्टोरीया लगाएत अन्य राज्यहरुमा बसोबासमा गर्दै आएका नेपाली लगाएत अन्य देशका नागरिकहरु माँझ नेपाली कला, सँस्कृती, भाषालाई चिनाउने र यसको सँरक्षण,सम्बर्धन अनि प्रबर्धन गर्ने हेतुले सन् १९९७मा स्थापना भएको हो।
एक्सपर्ट एजुकेसन एण्ड भिसा सर्भिसेजको मुख्य प्रायोजन रहेको क्रिकेट प्रतियोगितामा बिजेता टिमले नगद एकहजार डलर,प्रमाण पत्र र कप पाउने छ भने दोस्रो बिजयी समुहले नगद पाँच सय डलर पाउने छ।मेल्बोर्नको टिडब्लु ब्लेर पार्क प्रेस्टोनमा आयोजना हुने यो प्रतियोगीता २२ जनवरी बिहान दशबजेबाट शुरुवात हुँदैछ।अन्तिम चरणका दुई खेलहरुको ठाउँ र समय भने तोकी सकिएको छैन।यसको अलाबा आगामी १४ अप्रील देखी १६ अप्रील सम्म बहुसाँस्कृतीक क्रिकेट प्रतीयोगीता २०१७ पनि न्याभले आयोजना गर्ने जनाएको छ जसलाई आर्थीक रुपमा भिक्टोरीया बहुसाँस्कृतीक आयोगले सहयोग गर्ने भएको छ।
बिभीन्न साँस्कृतीक कार्यक्रमहरु गर्दै आएको न्याभले समाजमा जनचेतना दिलाउने उद्देश्यका साथ जुवातास सम्बन्धी जनचेतना, नाटी(NAATI), सन्चयकोष,राजनितीमा युवा लगाएत बर्षेनी समुन्द्रमा डुबेर मत्यु भएको घटना अवका दिनमा नदोहोरीयोस भन्नका खातिर २६ नोभेम्बर देखी २ डिसेम्बरसम्म साता व्यापी जनचेतना मुलक कार्यक्रम ल्याउने जनाएको छ।यसै बर्षको अन्त्यमा अन्तर राज्य नृत्य प्रतियोगिता पनि न्याभले गर्ने भएको छ।