eNepal

मेरो भोगाईमा बंगलोर

मदन बिष्ट(मेकानीकल ईन्जीनियरका बिधार्थीको अनुभब)
‘बंगलोर’ भारतको ठुलो शहरहरू मध्य एक हो र यो शैक्षिक दिष्टिकोणले एसियाकै ठुलो शहरहरूमा पर्छ। बंगलोरको नाम नसुन्ने सायदै कमै नेपालीहरू होलान ।विध्यार्थीहरूको लागि त यो झन आफ्नो ड्रिम सिटिको रूपमा रहेको छ। भौगोलिक हिसाबले पनि यो नजिक भएको हुनाले यहाँ नर्सिङ, ईन्जिनियरिङ र अन्य चिकित्सा तथा विज्ञान क्षेत्रमा अध्यान गर्न आउने विघ्यार्थीको संख्या बर्षैनी बढ्दो छ। बंगलोरको पढाईलाई निकै राम्रो दर्जा दिने भएको हुनाले पनि होला विध्यार्थीहरू यता तर्फ धेरै आकर्षित भएको पाईन्छ। यहाँको प्रायजसो कलेजहरूमा पढाईसकिए लगत्तै विभिन्न कम्पनीहरूलाई बोलाई विध्यार्थीहरूलाइ राम्रो रोजगार दिलाउने गर्छन र त्यहि रोजगारको आशामा कैयौ विध्यार्थीहरू अनेकौ सपना बोकेर बंगलोर आएका हुन्छन। यहाँ नेपालीहरूको बसोबास निकै बढि नै रहेको पाईन्छ, कोई पढाईको लागि आएका हुन्छन भने कोई रोजगारको लागि वा कोई उपचार गराउन बंगलोर आएका हुन्छन। नेपालीहरूको राम्रो स्वभाव, बोलचाल र आफ्नो कामप्रतिको लगावले गर्दा नेपालीहरू यहाँको रहनसहनसँग चाडैनै घुलमिल भएर बसिरहेको पाईन्छ।

घर छोडेर बंगलोर आउदा आफुसँग एउटा सुनौलो सपना साथमा बोकेर आएका कयौ नेपालीहरूले यहाँ धेरै समस्याहरूसँग नि जुझ्नुपर्ने हुन्छ, कोहीलाई यहाँको भाषासँग समस्या हुन्छ भने कोहीलाई यहाँको खाना त कसैलाईलाई यहाँको संस्कृती तर हामीले जति चाँडो यो परस्थितिसँग आफुलाई ढाल्नसक्छौ त्यतिनै यहाँ हाम्रो स्थिति मजबुत हुन्छ र बंगलोरमा हामी आफुले खुल्ला आँखाले देखेको सपना पुरा गर्न सक्छौ। हिन्दी र अङ्ग्रेजी बोलिने भएपनि यहाको मुख्य भाषा भनेको कन्नडा हो र सुरूवाति दिनहरूमा भने यस्ले थोरैभए पनि समस्या आउने गर्छ, तर यहाँ केहि समय बिताएपछि त्यो समस्या बिस्तारै कम हुँदै जान्छ। घरमा दाल,भात, हरियो साग सब्जि र गुन्द्रुकको अचारसँग खाना खान बानी भएका हामी नेपालीलाई सुरूको केहि महिना यहाको खानासँग बानीपर्न भने निकै अप्ठेरो हुने गरेको पाईन्छ। गाऊघरको साथिभाईहरू छोडेर अन्जान देश, अन्जान शहर र अन्जान मान्छेहरूको बिचमा आफुलाई पाउँदा सुरुवाति दिनहरूमा घरको यादले सताउने गर्दछ तर बिस्तारै यहाँ नयाँ साथीहरू बन्दै जानेभएकोले यो पनि कुनै ठुलो समस्या रहेन।

विध्यार्थीहरू पढाईको लागि यहाँ विभिन्न कन्सल्टेन्सीहरूबाट आउने गर्दछन, कोही आफु आउने कलेजको बारेमा राम्रोसँग बुझेर मात्र आउने गर्छन भने कोही पैशा खान बसेका विध्याको ठेकेदारहरूको लहैलहैमा लागेर खराब पुर्वधार भएको कलेजहरूमा पढ्न बाध्यभएको पनि पाईएको छ। नबुझि यहाँ आउनु आफ्नै भविष्यलाई अन्योलमा पार्नुजस्तै हुनेभएकोले पहिले सबैकुरो बुझेरमात्र आउनु उचित हुनेछ।

विभिन्न समस्यासँग जुध्दैपनि हामी बंगलोरको रहनसहनमा आफुलाई ढाल्ने प्रयास गरिरहेका हुन्छौ तर जब नेपालमा चाडपर्वहरू आउनेगर्छ तब यहाँ रहेका कयौ विध्यार्थी तथा नेपालीहरूको मनमा एक किसिमको उदासोपन छाएको हुन्छ, नेपालोहरूको महान चाड दशै तिहारको बेला आफु घरपरिवारबाट टाढा रहदा दुख हुनु त स्वाभाविकै हो, चाडपर्वमा सबैजना घर जान नसक्ने अवस्थामा हुने भएकोले सकेसम्म नेपाली दाजुभाई दिदिबहिनीहरू मिलेर चाडपर्व यतै मनाउनेगरेको पाईन्छ। चाडपर्वको बेला सबैजना सँगै भेलाभई विभिन्न कार्यक्रम गर्दै, नाचगान, हाँसोमेलो गर्दै मनाउने गरिन्छ।

Related posts

ग्रामपियन्स यात्रा सस्मरण- ग्रामपियन्स जंगलमा ॐकार ध्वनिको गुन्जन

Manoj Poudyal

के एउटा साथी छ त???

Manoj Poudyal

सोचे जस्तो कहाँ सजिलो छ र विदेश!!!

Manoj Poudyal

पैसाले के गर्नु छोरी, तँ नै नभएपछि

Manoj Poudyal

The civilisational beauty of Pompeii

Manoj Poudyal

समाजसेवा गर्नलाई एनआरएनएमै उठ्नु पर्छ र??

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349