दिदीबहिनी समाज भिक्टोरीयाले लैङ्गीक हिंसा बिरुद्धको सोर्ह दिने अभियान अन्तर्गत गएको २९ नोभेम्बरका दिन मेल्बोर्नको एक पार्कमा बिशेष कार्यक्रम आयोजना गर्दै नेपाल सुर्खेतको आवाज नामक सँस्थालाई अस्ट्रेलीयन डलर ४००० हस्तान्तरण गरेको छ।
दिदीबहिनी समाज भिक्टोरियाले बिगत ५ बर्षदेखि मेलबर्नमा तीज कार्यक्रम आयोजना गर्दै कार्यक्रमबाट संकलित रकम नेपालको मध्य-पस्चिम क्षेत्रका यौन/घरेलु हिंसामा परेका महिलाहरुको सहयोगार्थ पठाउने गर्दै आएको छ।
कोरोना माहामारी अनि भिक्टोरीयामा चौथो चरणको लकडाउनले गर्दा यो बर्षको तीज कार्यक्रम मनाउने अबस्था नरहे पछि सामाजले वैकल्पिक स्रोत प्रयोग गर्दै कोष जुटाउन जागरुक सदस्यहरु, संरक्षकहरू र शुभचिन्तकहरूलाई अनुरोध गरेको थियो।जागरुक सदस्यहरुबाट नेपालमा गरिरहेको सहयोगलाई निरन्तरता दिने प्रतीबद्दता जाहेर गर्दै गएको सेप्टेम्बर र अक्टुबरमा अस्ट्रेलीयन डलर ३५०० भन्दा बढि सहयोग रकम जम्मा भएको थियो।
डिबीएसभीले यस बर्ष ५००० डलर रकम उठाउने अपेक्षा राखे पनि कोभीड महामारीका साथ लगाइएको वर्तमान प्रतिबन्धका कारण तीज मनाउन असम्भव भएपछि प्रवेश शुल्कबाट उठ्ने रकम उठ्न सकेन।
नेपालको पछिल्लो तथ्याङ्क अनुसार यो महामारीको बखत यौन हिंसामा उल्लेखनीय बृद्धि भएको र अझ बढी तत्काल पिडीतहरुलाई साथ सहयोग र समर्थनको आवश्यकता महसुस गर्दै रकम हस्तान्तरण गरिएको डिडिएसभीकी अध्यक्ष जमुना पराजुलीले जानकारी गराउनु भयो।
अहिलेसम्म दिदीबहिनी समाज भिक्टोरीयाले ७५ पिडीत महिलाहरूलाई सहयोग गरिसकेका छ भने हालसम्ममा ११,००० ऑस्ट्रेलीयन डलर पठाइ सकेको छ।गत बर्ष मात्रै सबैभन्दा बढी ४,००० अस्ट्रेलीयन डलर पठाएको थियो।
https://www.facebook.com/didibahini.samajvictoria/videos/1730180213811092/?d=n