उदासी, ग्लानी अनि शक्तीहिनता अहिलेको डर लाग्दो रोगहरु मध्यको एक रोग जसले मान्छेलाई तड्पाई तड्पाई राख्छ तर मारी चाँहि हाल्दैन। हामी नेपाली प्राय सबैको मुखमा झुन्डीने थेगोनै भनौ न “लास्टै तनाब भयो यार”। नाम एउटा तर तनाबको शैली फरक। जिन्दगीलाई पहिल्याउँदै हिड्ने क्रममा तनाबहरु यसरि अघि लाग्छन् कि एउटालाई जसोतसो पन्साउँदै गयो अर्को तनाब आई परिहाल्छ।तनाबका प्रकारका कुरा गर्यो भने यति धेरै छन् कि ति सवैको बेलिबिस्तार लाउन खोज्यो भने धेरै समय लाग्ला तर यहाँ यस्ता तनाबको कुरा गर्दै छु जो हामी बिच निकै चिरपरिचीत छन्।
जिन्दगीमा कतिपय कुरा देखेर,भोगेर अनि सुनेर पनि थाहा हुँदो रहेछ।कति पय कुरा पढेर अनि समाजलाई नजिकबाट नियाल्यो भने पनि जानकार हुने रै छ। भन्दा सजिलै भनिने डिप्रेसन यस्तो खतरनाक भाईरस रहेछ जसले यसरि डस्छ कि मान्छे त्यसबाट मुक्त हुन हम्मे हम्मे पर्छ। बिभीन्न कारणबाट पैदा हुने उदाशीनता जो कोहीलाई नि हुन्छ फरक यत्ति हो कसलाई कति मात्रामा छ। कसैले सहज तरिकाले ब्यबस्थापन गर्ला, कसैले गर्न नसकेर आत्महत्या सम्मको हर्कत गर्ला।
बिधार्थीमा हुने उदासीः बिदेशी भुमीमा बिधार्थीलाई जति तनाब सायद कोही कसैलाई हुँदैन।भिषा आबेदन दिएबाट सुरू भएको तनाब बिधार्थी जिवन भरि रहिरहन्छ।फेरी यति भनि राख्दा के बिधार्थीको चाँहि सुनौलो भबिस्यनै छैन भन्ने प्रश्न उठ्ला। यो एकदम जाहेज हो कि भबिस्य सुनौलो हुन्छ यदि सहि बाटोमा हिड्नु भयो भने। तपाई बिदार्थी भएर एक्लै पढ्न आउनु हुँदैछ भने तपाईको पारिबारीक आर्थीक स्तर राम्रो या सिधै भन्नु पर्दा यदि तपाईको कलेजको फि घरबाट पुर्याउन सकिन्छ भने तपाईलाई तेति ठुलो तनाब नहोला। फेरि प्रश्न उठ्ला- अव के पैसा पेल्न नसकिने चाँहि बिदेसनै पढ्न नजाने?हैन यदि तपाईले घरबाट पैसा पेल्न सक्नु भयो तपाईलाई तनाब कम हुन्छ यत्ति बुझ्नु होस। बिधार्थी जिवनमा मुख्य कुरा तपाईले बिस घण्टा मात्रै काम गर्न पाउनु हुन्छ। त्यो बिस घण्टा काम गरेर कमाएको पैसाले कति ठाउँ टाल्नु हुन्छ। घर भाडा, रासन देखि पब्लिक ट्रान्स्पोर्टको टिकटको लागि छुट्याउनै पर्यो। विकेन्डमा साथीसँग जमघट गर्नै पर्यो, मूभीको लागि नि छुटाउन पर्यो। अनि त्यसबाट बचेको केही रकम घर पनि पठाउन पर्यो।किन की बिदेस गएको छोराछोरीबाट बा आमाले आश पक्कै राखेका हुन्छन्। अनि के तपाई यी यावत बिषयहरुको ब्यबस्थापन गर्न सक्नु हुन्छ बिस घन्टा काम गरेर। आफै बिचार गर्नुहोस्।
कामबाट हुने तनाबः यो बिदेश आउने जो कोहिलाई पनि हुने तनाब हो। सुरुमा काम नपाएर तनाब हुन्छ।त्यस पछि त्यो कामलाई टिकाउनलाई अर्को तनाब। आफ्नो योग्यता र गच्छ्य अनुसारको काम नपाउँदा झनै तनाव। ट्रायल दिदाँ दिँदा हत्तु भएर तनाब।किचकिचे साहू पर्यो भने काममा साहुको किचकिचको तनाब अनि पैसा बुझ्ने बेलामा गरेको काम भन्दा कम पैसा खातामा देख्दा अर्को तनाब अनि खाताबाट कता कता चुहिन्छ त्यो देखेर झनै तनाब।
पि आर वा ग्रीनकार्डको तनाबः तपाईले त्यो देशको लागि तेती धेरै लगानि गरि सक्नु भएको हुन्छ अनि कुरो आउँछ पि.आरको। जति नै देश भक्ती भए पनि देश फर्केर जान्छु भने पनि आखिरीमा प्रायलाई पि. आर वा ग्रीन कार्डको लोभ हुन्छ नै। कसरि हुन्छ यो चाँहि लिन पर्छ भन्ने तनाब। त्यसको लागि कागज पत्र मिलाउने तनाब।ईमिग्रेशनको नियमहरू परिबर्तन भई रहेने अर्को तनाब। आई.एल.टि.एसमा सात या आठ अनि ईमिग्रेसनको आबस्यकता परिपूर्ती गर्दा र मिलाउँदाको तनाब।
मोर्गेजको तनाबः पि आर हात परे पछि मोर्गेजमा घर गाडी अनि ब्यापारको लागि लिएको बैकको कर्जाको तनाब। भनेको समयमा तिर्न नसकिएला कि या ब्यापार सोचे जस्तो नहोला कि भनेर तनाब। काम फूत्क्यो भने घरको लोन कसरि तिर्ने झन तनाब। त्यो बेला सम्म छोरा छोरी पनि पक्कै हुन्छन। अनि छोरा छोरीलाई कसरि पढाउने, फलानोको छोरा छोरीको यस्तो भईसकेछ, हाम्रो भएन भनेर अरुको देखासिकी गरि टोपल्ने हामी नेपाली सवैलाई तनाव।
यि त भए एउटा साधारण मान्छे जो बिदेसी भूमीमा बिधार्थीको रुपमा आएर भोग्ने तनाबहरु।अब म मान्छे डिप्रेशनमा गए पछि के कस्तो अबस्थाबाट गुज्रहन्छन् त्यसको बारेमा केहि लेख्छु। नठान्नु होला म कुनै साईकेट्रिक या साईकोलोजिस्ट होईन तर कति पय कुरा पढेर अनि देखेर र सुनेर पनि सिकीन्छ।
हामी दिनहूँ जसो बिधार्थीको आत्महत्या या सुतेको ठाउँमा नै मृत्युका खबरहरू पढ्छौ, सुन्छौ अनि देख्छौं। किन आत्महत्या गर्न बाध्य हुन्छन् यूवाहरु। ब्यक्तिगत कारण जे भए पनि झट्ट हेर्दा कि त पारिबारीक कारण हुन पर्छ,घरबाट टाढा रहेर बस्नु परेकोले हुन सक्छ,देसको राजनैतीक अस्थिरता कि त प्रेम असफल भएर हुन सक्छ कि त आफ्नो कुनै भविस्य नदेखेर हुन सक्छ। यस्तो आत्महत्या गर्न मन लाग्ने डिप्रेसनलाई सेनाईल डिप्रेसन भनिन्छ। मान्छेलाई खाली आत्महत्या गर्न मन लाग्ने हुन्छ।
मान्छेमा रोगले कुन बेला हमला गर्छ त्यसको पत्तै हुन्न।कुनै रोग यस्ता हुन्छन् जुन कहिलै निको नहुने हुन्छन्।कहिले कहाँ कुन दुर्घट्ना हुन्छ र आफू केही गर्न असक्षम होइन्छ पत्तै पाईन्न।शारिरीक रुपमा असक्षम् भए पछि मान्छेलाई मानशिक तनाब बड्दै जान्छ र उ डिप्रेसनको शिकार बन्न पुग्छ जसलाई न्युरोटिक डिप्रेसन भनिन्छ अनि मान्छे आफु गलेर सुकेर जान्छ र मरे तुल्य हुन्छ।
कति मान्छे सङ्कालु प्रवृतीका हुन्छन्। सङ्का सङ्काले जलाउँछ लङ्का भने झै बिशेष तह नयाँ जोडीमा उव्जने सङ्का जस्तै कसैसँग राम्ररी बोले नि सङ्का गर्ने, कामबाट ढिला आएनि सङ्का गर्ने, हरेक कुरामा सङ्काको दृश्टीकोणबाट हेर्छन् र बिनासित्तैको तनाब लिएर बस्छन्।वनको बाघले खाने कहिले कहिले मनको बाघले खाएर पुरै डिप्रेसनमा जान्छन् जसलाई साइकोटीक डिप्रेसन भनिन्छ।
आजकालका युवा एक्लो पन मन पराउँछन्। समाजमा त्यति घुलमिल हुन मन पराउँदैनन्। नबोली बस्ने टोलाई रहने शैलीका हुन्छन्। मान्छेको भिंडमा बस्न पर्यो भने दिमागी टर्चर् भएको भान हुन्छ। त्यस्ता मान्छेहरु पाटी रमाईलो त्यति गर्न खोज्दैनन्।काहि जान पर्यो भने पनि नबोली एउटा कुनामा बस्छन्।यो पनि एउटा डिप्रेसननै हो जसलाई स्टुपर डिप्रेसन भनिन्छ।
प्राय युवा जो कुलतमा फसेका हुन्छन्।लागु पदार्थको लत बसेको हुन्छ त्यस्ताहरु आफ्नो डोज समयमा पाउन सकेनन् भने छट्पटिन्छन। तड्पिएर के गरम् कसो गरम् हुने हुन्छन्। कहिले मनग्य खाना खाने कहिले खाँदै नखाने स्वभाव देखाउँछन्। कहिले सरिर भित्रभित्रै पोलेर सक्किन आटेको जसरि छट्पटिन्छन् जून एक प्रकारको डिप्रेसन हो जसलाई एजिटेटेज डिप्रेसन भनिन्छ।
यस्ता डिप्रेसनका प्रकार अनेक हुन्छन् अनि ब्यक्ति बिशेष अनुसार ब्यावहारहरु फरक हुन्छन्।तर यसको शिकार १०० मा ९० जना चाँहि भईनै रहेका हुन्छन। यत्ति मात्र फरक हो तपाईले कसरि आफ्नो तनाबलाई व्यबस्थापन गर्दै लैजानु भएको छ।साना तिना तनाबलाई सहज तरिकाबाट पन्साउँदै जानु भयो भने भोली हुन सक्ने भयाभह दुर्घट्नाबाट बच्न सकिन्छ। अनि डिप्रेसनको शिकार हुनबाट बन्चीत होईन्छ।यत्ति भनि राख्दा तपाई वरिपरिको समाजमा कोही कसैको बानी ब्यवहार अलिक पृथक छ, नर्मल छैन।जिवन शैली अलिक फरक धारको छ।घरको सम्पर्कमा आएको नआएको बुझ्नुहोस।कुनै अप्रिय घटना हुनु भन्दा अगाडी तपाईको नजिकको एन आर एन, नेपाली राजदुताबास वा सम्बन्धित नेपाली सँघ संस्थालाई जानकारी दिनु होला।तपाई लगाएत घर परिवारको भलो भई भोली हुन सक्ने भबितव्यबाट रोक्न केही भएनि टेवा हुनेछ।