बिधार्थीहरुलाई परामर्श चाहिन्छ त्यहि भएर कन्सल्टेन्सी धाउँछन् ता कि सहि, भरपर्दो र यथार्थपरक परामर्स पाउन सकियोस्। कन्सल्टेन्सी खोले पछि बिधार्थीहरुलाई सहि र उचित सल्लाह दिनु कन्सल्टेन्सीको धर्म हो।कन्सल्टेनिसी पनि एक प्रकारको व्यापार हो र परामर्श दिए बापत केही रकम लिनु मनासिव पनि हो। तर बगरेल्ती खुलेका कन्सल्टेन्सी सँगसँगै मनपरि तन्त्र हावी भई दिंदा बिधार्थीको पढाई अनि भविस्यमाथि मोल मलाई भईरहेको छ।फलानोले यतिमा गर्छ तर त्यसको भन्दा हाम्रोमा कम शुल्क छ।यहाँबाट गर्यौ भने बिभीन्न सुबिधाहरु उपलव्ध गर्छौ।लाग्छ कि बिधार्थीको पढाई र भविस्य माछा बजारको भाउमा किनीदै छ अनि बेचीदै छ।के यो बिधार्थी अनि व्यापार वा सेवा गर्न बसेका कन्सल्टेन्सीको लागि राम्रो हो ?
एक जना भर्खर खोलेका कन्सल्टेन्सी सन्चालकले नाम नबताउने सर्तमा भन्दै थिए,नयाँ आएका हामी जस्ता कन्सल्ट्यान्सीलाई बजारमा टिक्न गार्हो भएको छ।हामी पनि सेवा र सुविधा दिनलाई भनेर दिन रात खट्छौ तर अस्वस्थ्य बजारले गर्दा मार्का हामीलाई परेको छ।एक प्रकारको मनपरिको हालीमुहाली छ। कुनै निती नियम नभएर पनि होला जति मन लाग्यो त्यति पैसा असुल गरेर बजार बिगारिएको छ जहाँ हामी नयाँ आएकाहरुले उनीहरुसँग चल्नै गार्हो बन्दै गएको छ।
कुनै बिधार्थी एउटा कन्सल्टेन्सी जान्छ बुझ्नलाई र अपेक्षा राख्छ सहि र भरपर्दो राय सल्लाहको लागि तर त्यसको ठिक बिपरीत उसले बिभीन्न प्रलोभनहरु देख्छ।अनि आजकालका बिधार्थी बाठो भएर फेरी अर्को कन्सल्टेन्सी धाउँछ।त्यहाँ फेरी भिन्न प्रकारको प्रलोभन पाउँछ।पैसामा मोलमोलाई पाउँछ र बिधार्थी आफै रनभुल्लमा पर्छ।आफ्नो भविस्य सँग जोडीएको कुरामा बिधार्थी चिन्तीत हुन्छ तर कन्सल्टेन्सीको अस्वस्थ्य बजारले उ हैरान हुन्छ।
हामी किन सबैलाई फाईदा हुने नियम बनाउँदै नौ।के निती र नियम भनेको नेपालीहरुमा पालनानै गर्न नहुने त्यही भएर यो तर्फ ध्यान नदिएको हो।क कन्सल्टेन्सीले यतिमा गर्दैछ किन तपाईहरु यतिमा गर्नु हुन्न।आजकाल बिधार्थीहरुले गएर सोध्ने प्रस्ननै यहि हो।यसको असर बिधार्थी मात्रलाई त पक्कै पर्दैन होला।पक्कै पनि दुबैलाई पर्नु स्वभाविकै हो।अरुले के गरे वा अरुले त नियम बनाएका छैनन् किन हामी बनाउने भन्ने सोचलाई बिट मारेर सबैको सहमतीमा एउटा उचीत र सबैलाई लावान्वित हुने नियम बनाएर स्वय्थ व्यापार गर्दा जो यस व्यबसायमा हाम फालेका छन्, उनीहरुलाई मार्का नपर्न सक्छ।यसको लागि सबै कन्सल्ट्यान्सीहरुले सबैको सहमतीमा निती नियम बनाएर त्यसलाई पालना गर्ने बानीको बिकास हुन जरुरी छ।अन्यथा लुटको धन्दा जस्तो एउटा दुईटा कन्सल्टेन्सीको मनोमान्यले गर्दा बिधार्थी र नयाँ आएका कन्सल्टेन्सी दुबैलाई मार्का पर्ने निस्चीत छ।