eNepal

भान्साबाट फालिने फोहरको सदुपयोग गरेर वायो ग्यास उत्पादन गर्ने घरेलु यन्त्र बजारमा आयो

वायो ग्यास यन्त्रको परिचयः युनिभर्सल वायो ग्यास प्रा.लि. भरतपुर चितवनले, शहरी, शहरोन्मुख तथा ग्रामीण क्षेत्रमा बसोबास भएका वासिन्दाहरूका लागि उपयुक्त उनीहरूका घर भान्सामा फालिने जैविक (सढने) फोहरबाट ग्यास उत्पादन गर्ने घरेलु यन्त्रको उत्पादन, विक्री वितरण, जडान र प्राविधिक रेखदेख तथा मर्मत गर्ने गरेको छ । यस यन्त्रमा तपाईं हाम्रा प्रत्येक घरका भान्सामा निस्किने र फालिने जैविक फोहर जस्तै, चामल पखालेको चौलानी, उब्रेको भात, दाल, तरकारी केलाउँदा निस्केका घुरान/झाम्टाहरू र अमिलो प्रकृति नभएका फलफूलका बोक्राहरूलाई मसीनो टुक्रा गरेर बराबर परिमाणमा पानीसंग मिसाएर बनाएको फोहरको मिश्रण हालेर ग्यासको उत्पादन घरमै गर्न सकिन्छ ।

युनिभर्सल वायो ग्यास प्रा. लि. ले गर्ने प्रमुख कामहरू र यन्त्रको विशेषताः
• यस युनिभर्सल वायो ग्यास प्रा. लि. ले जडान गर्ने यो यन्त्र अत्याधुनिक, गुणस्तरीय, प्रयोग मैत्री, उपयोगी, सरल, वातावरण मैत्री, स्थानान्तरण गर्न मिल्ने र व्यवहारिक वायो ग्यास यन्त्र हो ।
• प्रा. लि. स्वयमले उत्पादन गरी विक्री गर्ने यस यन्त्रलाई गाउँ वा शहरका घरहरूमा कुशलता पूर्वक जडान गरीदिने छ ।
• यो यन्त्र जडान गरेको घरमा निस्किने जैविक फोहर र खेरजाने खाद्यान्नको सदुपयोग यन्त्रमा कसरी प्रयोग गर्ने भनेर प्रा.लि.ले सिकाउने छ ।
• प्रा.लि.ले यन्त्रबाट स्वच्छ खाना पकाउने ग्यास र जैविक तरल मलको उत्पादन गराउने र गर्न सिकाउने छ ।
• प्रा.लि.ले यन्त्र जडान गरेको २ (दुई) वर्षसम्म यसको प्राविधिक रेखदेख गरिदिने छ ।
• प्रा. लि. ले यन्त्र जडान गर्न ईच्छुक घर तथा समुदायलाई निशुल्क परामर्श दिनेछ ।

यस यन्त्रमा, भान्साबाट निस्किने कुहिने प्रकृतिका फोहरहरूलाई मसिनो गरी टुक्रा पारेर त्यसमा बराबर मात्रामा पानी मिसाएर बनाएको मिश्रण विहान पाँच लिटर र वेलुका पाँच लिटर हाल्ने गरेमा धेरै ग्यासको उत्पादन भई बढी फाइदा लिन सकिन्छ । यसरी उत्पादन भएको ग्यास सिधै भान्सामा दालभात पकाउन प्रयोग गर्न सकिने छ ।
शहरी घरहरूमा खेर जाने यस्ता जैविक फोहरलाई प्रयोगमा ल्याएर ग्यास उत्पादन गर्ने यस यन्त्रलाई वैकल्पिक उर्जा प्रवर्धन केन्दले शहरी घरेलु वायो ग्यास यन्त्र नामाकरण गरेको छ ।
वायो ग्यास यन्त्रका फाइदाहरूः
यस यन्त्रको जडान गरी ग्यास उत्पादन गरेका घरहरूले निम्न फाइदाहरू पाउने छन् ।
• आयातित ग्यासको खपत कम हुनेछ, सानो परिवारलाई आयातित ग्यास नकिने पनि पुग्ने छ,
• आयातित ग्यासका लागि खर्च हुने रकम बचतमा परिणत हुनेछ,
• घरहरूमा खेरजाने जैविक फोहरको सदुपयोग हुनेछ,
• घरहरूमा फोहर संकलन गर्न आउनेलाई दिनुपर्ने मासिक भुक्तानी दिनु पर्दैन, बचतमा परिणत हुनेछ,
• यन्त्रबाट ग्यासका साथै करिब १० लिटर जैविक तरल मल दैनिक उत्पादन हुनेछ,
• करेसा बारीको लागि कुनै प्रकारको प्राङ्गारिक, जैविक वा रासायनिक मलखादको खरीद गर्नु पर्दैन,
• यस्तो जैविक तरल मल अन्य कम्पोष्ट मलहरूभन्दा बढी गुणस्तरको हुनेछ,
• आफूलाई चाहिनेभन्दा बढी जैविक मल उत्पादन भएमा विक्री गर्न सकिनेछ, आय आर्जन हुनेछ,
• आयातित ग्यासबाट बल्ने चुल्होको ज्वालाभन्दा ठूलो ज्वालामा आगो बल्ने हुँदा खाना पकाउने काममा समय कम लाग्ने छ,
• ग्यासको उत्पादन र संचय घर/भान्साभन्दा बाहिर हुने हुँदा आयातित ग्यासका सिलिण्डर बिस्फोट हुने जस्तो खतरा/जोखिम यसमा हुँदैन,
• फोहरबाट ग्यास बाल्न पाइने हुँदा दाउरा वा गुँइठा बाल्दा निस्किने धूँवा, धुलो र खरानीबाट बच्न सकिन्छ,
• जनसाधारणहरू दाउरा खोज्न वन जंगलमा जानु पर्दैन,
• गुँइठा बनाउने गोबरलाई मलमा प्रयोग गर्न सकिन्छ ।

स्थानीय सरकार र केन्द्रिय सरकारलाई निम्न फाइदाहरू हुने छन् ।
• स्थानीय सरकारलाई आफ्ना शहरहरूको फोहर व्यवस्थापन गर्न सहज हुनेछ,
• शहर बजारमा यत्रतत्र छरिने फोहरको नियन्त्रण हुनेछ,
• वन जंगल विनाशहुनबाट जोगिने छ, हरियाली कायम रहने छ,
• फोहरमा भन्किने झिंगा, किरा तथा लामखुट्टेबाट फैलिने रोग फैलिन पाउने छैन,
• विदेशी मुद्रा तिरेर गरिने ग्यासको आयात घटने छ,
• सरकारले आयातित ग्यासमा दिने गरेको अनुदान रकम घटने छ,
• नेपालको व्यापार घाटा कम हुनेछ,
घरेलु वायो ग्यास उत्पादन गर्ने अरू तरिका पनि छन् । जस्तै जीवजन्तुको गोबरबाट र मानिसहरूले प्रयोग गर्ने शौचालयको सेफ्टी टैंकीबाट । यी तरिकाकालागि आफ्नो घरको वरिपरि जमिन हुनु पर्दछ । कतै सार्न नसकिने गरी स्थायी संरचना बनाउनु पर्दछ । कतिपयलाई शौचालयको फोहरको प्रयोगबाट उत्पादित ग्यासबाट भान्सामा खाना पकाउन, त्यस्तो ग्यासमा पकाएको खाना खान दिगमिग लाग्ने गर्दछ ।
तर, यस शहरी घरेलु वायो ग्यास उत्पादन तरिकामा,
• वायो ग्यास यन्त्र बनाउनकालागि उच्च गुणस्तरको ISO Fiber Resin, Glass powder लगायतका कच्चा पदार्थबाट निर्मित टैंकीको प्रयोग गरिन्छ,
• यस्तो टैंकी घरको वरिपरि जमिन भए जमिनमा राख्‍न सकिन्छ,
• घरको वरिपरि जमिन नभए घरको छतमा राखेर पनि ग्यास उत्पादन गर्न सकिन्छ,
• उच्च स्तरको कच्चापदार्थबाट बनेको टैंकी भएकोले घामपानीबाट कुनै क्षति हुदैन,
• यन्त्रमा मात्रा मिलाएर फोहरको मिश्रण हाल्ने गरेमा ५० ‍औ वर्षसम्म पनि ग्यास उत्पादन भै रहन्छ,
• एक स्थानबाट कतै अर्को ठाँउमा सार्नु परेमा सजिलै सार्न सकिन्छ,
• कुनै शौचालयको फोहर नहालिने हुँदा भान्सामा ग्यासको प्रयोग गर्न वा यो ग्यासमा पकाएका खानेकुरा खान दिगमिग मान्नु पर्दैन,
• वायो ग्यास यन्त्रमा जैविक फोहरको प्रयोग गरिने हुँदा घरको वरिपरी फोहर थुप्रिने वा छरिने छैन,
• यन्त्रमा फोहरको व्यवस्थापन गरिने हुँदा यो वातावरण मैत्री छ,
• यो यन्त्र र यसबाट हुने उत्पादनहरूबाट स्वास्थ्यमा कुनै खतरा वा जोखिम हुदैन,
• यस यन्त्रको जडान पछि मर्मत संभारमा रकम खर्च गर्नु पर्दैन,
• घर वरिपरि फोहर छरिन पाउँदैन र झिंगा, लामखुट्टे वा यस्तै किरा फैलिन रोकिन्छ,
• फोहर यत्रतत्र छरिई कुहिएर उत्पादन हुने मिथेन ग्यास उत्पादन हुँदैन र वातावरण प्रदुषित बन्दैन,
• घरायसी उर्जाको लागि दाउराको खोजी गर्नु पर्दैन, वन जंगलको विनास हुदैन,
• यन्त्रबाट जैविक तरल मलको पनि उत्पादन हुने हुँदा त्यस्तो मल करेसाबारी वा कौसी खेतीमा प्रयोग गर्न प्रोत्साहन मिल्नेछ अथवा मल विक्री गरेर थप आर्थिक लाभ लिन सकिन्छ ।

यन्त्र जडान गर्नेले पालन गर्नुपर्ने अथवा अपनाउनु पर्ने सावधानीहरूः
• वायो ग्याँस टैंकीमा ढुँङ्गा, माटो, वालुवा वा प्लाष्टिक जस्ता नकुहिने वस्तु तथा रसायनिक/केमिकलजन्य पदार्थ राख्‍नु हुदैन,
• वायो ग्याँस टैंकीभित्र अमिलो वस्तु(कागती, निबुवा, सुन्तला जस्ता अमिला फलफूलजन्य)को फोहर राख्‍नु हुदैन,
• वायो ग्यास टैंकीमा फोहर र पानीको मिश्रण हालेपछि ग्यास जम्मा हुने माथिल्लो टैंकी ८/१० पटक हल्लाउनु पर्दछ ।

नोटः यन्त्रबाट ग्यासको उत्पादन स्थान, मौसम र तापक्रम अनुसार फरक फरक हुनेछ ।

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

Manoj Poudyal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

Manoj Poudyal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

Manoj Poudyal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

Manoj Poudyal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

Manoj Poudyal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349