eNepal

द ब्लाईन्ड ड्रिम्स -एक अनबरत यात्रा(भाग-३)

लेखक: सुरज श्रेष्ठ

रात छिप्पिदै थियो तर उनिहरुको गफको कुनै टुङ्गो रहेन।चिसिएको रातले मदिरामा लिप्त भएका आङ्लाई सेलाउन सकेको थिएन।खिसी गर्ने हाँसो अनि एक अर्कालाइ गिज्याउने ती ओठले कति खेर आफ्ना मनका भाव पोख्न थाले पत्तो भएन। सुनसान रात अनि किसनको कोठामा रहेको फिल्टर बाट तपतप चुहिएको आवाजले आफ्नै ओर्केस्ट्रा बजाइ रहेको थियो।कम्लेसको मोबाइलमा बजेको गीत पनि कति खेर बन्द भएछ पत्तो भएन।चार्ज सकेछ यार भन्दै थियो कम्लेस ।त्यहि पनि उ चार्ज गर्न भने उठेन । सायद त्यहि खम्बाको कारणले होला। नत्र त खाना खाने बेलामा पनि चार्जर बोकेर बस्ने मान्छे पो हो कम्लेस।किसनले लगाएको क्रियटीभ फ्लप खाएर सितन तन्नामा पोखि सकेको थियो।कोठामा व्हिस्किको गन्धले आक्रमण गरेर हामीलाइ उसको कैदमा तल्लिन बनाएको थियो।

आज उनी मेरो सामु नभएरनै होला हाँस्न त सक्छु तर खुसी कहिले हुन सकिन।सबै थोक हुदाहुँदै नि केही अधुरोपनले सधै सताउँछ।रमाउन खोज्दा खोज्दै पनि मनमा एउटा खिन्नता सधै छाइरहन्छ। किसन मदिराको मातमा बोल्न थाल्यो।आमाको मायाँ सानू हुँदा त पाए तर जब मायाँको अर्थ बुझेर आमाको मायालाइ अङ्गाल्न खोजे तब आमा मेरो सामु रहनु भएन।म त अझै धेरै भाग्यमानी ।कमसेकम मैले थोरै समय भये पनि उनको न्यानो अङ्गलोमा बधिन पाए।तर मेरो सानो भाइ अनि भर्खर थिरे थिरे भन्दै उभिन सिकेको मेरो बहिनीले आमाको अर्थ बुझ्नु अघि नै ,भन्दै आखा भरी आँसु लिएर किसन बोल्यो।आँखा हाम्रो भरिएपनी रित्तिएको गिलास कम्लेसले मदिरा थपेर भरिदियो।त्यो दिन हाम्रो निर्दोष आँखाको तारा खै कता बिलायो भन्दै किसन मदिराको एक सीप लियो।न म केही बोल्न सके न केही सम्झाउन। मनमा अचानक एक रोदन ओर्लिएर आयो।उसको कुरा सुनेर घरमा फोन घुमाउन मन लाग्यो।आखिर जति नै हल्लिएर हिडे पनि जति नै स्वतन्त्र भए पनि निर्भिकताको आभास गराउने बुबा र कोमल हृदयकि आमाको साथ बिना सबै काम अधुरो जस्तो लाग्दो रहेछ।

त्यो असारे झरीमा भिजेर घर आउदा रुमाल बोकेर भिजेको मेरो ज्यान पुसिदिन आमा फर्किनु भएन।स्कुल पढ्न जाँदा टिफिन बोकेर जा है भन्ने आवाज कहिलै गुन्जेन।पल्लो घरको मेरो बिनोद साथी बारिमा खेल्न जादा अलिकती लुगा फोहोर हुँदा पनि उसको ममी कान निमोठ्न आउनु हुन्थ्यो तर मेरो शरीर भरी माटो लाग्दा कान समाएर गाली गर्ने कोहि थिएनन।मलाइ अझै पनि याद छ मेरो बहिनी भाडाकुट्टी खेल्दा आमा बनेर खेल्थी जबकी उसलाइ त्यो शव्दसँग कुनै सानिध्यता नै छैन।तै पनि उसलाइ ममी भनेर बोलाउदा सुर्यमुखी फक्रेको जस्तो उसको हासो फक्रेर मुहारमा छाउथ्यो। न कसै सँग रिस छ न कसै सँग केही गुनासो यार।जिन्दगीमा जति जे गरेनी जती हाँसे पनि केही न केही अधुरो जस्तो लाग्छ।सधै ख्याल ठट्टा गरेर बस्ने किसनले आफू भित्र यति धेरै भाव लुकाएको रेछ बल्ल आज थाहा भयो।चिन्ता नगर साथी देखेको होइन लेखेको पाइन्छ भन्छन नि हो रेछ भनेर कम्लेस भावुक स्वरमा बोल्यो।यता फिल्टरले आफ्नो ओर्केस्ट्रालाई निरन्तरता दिई रहेको छ उता भावनामा डुबिएर मन असाद्यै कामी रहेको छ।चिन्ता नगर्न किसन हो थाहा छ म बुझ्छु तेरो पीडा तर तैले यसरी आफुलाइ कम्जोर बनाएर बिधिको बिधान पल्टाउन सक्छस र।

सायद मेरो कुराले किसनको चित्त झन् दुख्यो होला तर वास्तविकता के हो भने म किसन कम्जोर बनेको देख्न सक्दिन।चाहे एक अर्कालाइ जति सुकै जे भने पनि ख्याल ख्याल्मा होस या सचिकै आवेशमा आएर तर म उसको कामेको स्वर सहन सक्दिन थिए। मेरो यो कुराले कोठाको माहोल अलिकती ततायो।कम्लेसले पनि बाचुन्जेल साथ दिनलाई हामी छदै छौ नि भनेर आफ्नो कुरा थप्यो।मदिराको एक सीप लिदै यार यो रक्सी भन्ने चिज कहिलै पिउनु हुन्न।केटा हो प्रमिस गर भोलि देखि यो कहिलै नपिउने भन्दै किसन बोल्यो।हुन त यो प्रमिस हाम्रो लागि भात जस्तै थियो एकचोटी टन्न खएपछी फेरि हेर्न नि मन नलागे जस्तो हुने तर केही समय पछि फेरि खान मन लाग्ने।तेइ पनि किसनको मन राख्न भएपनी ल प्रमिस भन्दै तीन जना चियर्स गर्यौ।लर्बरेको स्वरमा कम्लेस यो हाम्रो कतिऔं प्रमिस हो भन्त बिदान।सबैको मुहारमा एक अ्मुल्य मुस्कान झझल्क्यो।रित्तेको गिलासले रात धेरै परिसकेको सम्झना गरायो।

ओहो भोलिबाट त मेरो IELTS कक्षा नि सुरु। वास्तवमा यो कस्तो क्लास हो के हो केही अत्तोपत्तो छैन तर नाम सुन्दा त कुनै उच्चस्तरीय पढाइ नै हो जस्तो लाग्छ तर मन भने भोलि क्लासमा कस्ता कस्ता केटि सङ्ग भेट हुने भन्नी सोचेर नै खुसीले गदगद भै रहेको छ।ल साथी हो आजको यो खम्बा कार्यक्रमलाई पुर्नबिराम लगाऔं।हेरुम कस्तो हुने हो भोलि को दिन।
क्रमस…

Related posts

ग्रामपियन्स यात्रा सस्मरण- ग्रामपियन्स जंगलमा ॐकार ध्वनिको गुन्जन

Manoj Poudyal

के एउटा साथी छ त???

Manoj Poudyal

सोचे जस्तो कहाँ सजिलो छ र विदेश!!!

Manoj Poudyal

पैसाले के गर्नु छोरी, तँ नै नभएपछि

Manoj Poudyal

The civilisational beauty of Pompeii

Manoj Poudyal

समाजसेवा गर्नलाई एनआरएनएमै उठ्नु पर्छ र??

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349