मौरीले चिल्दा छाड्ने मेलिटिन (Melittin) नामक बिषको प्रयोग गर्दा HIV Virus लागेका कोषलाई पुरानै स्थितिमा फर्काउन सकिने तथ्यको नजिक पुगेको Washington University का बैज्ञानिकहरुले बताएका छन्। त्यस्तै the University of Sao Paulo का अनुसन्धानकर्ताले बाथ रोगले दुखेको ठाउँमा मौरीलाई टोकाउँदा शरीरमा ग्लुकोकोरटिकोइड (glucocorticoid) नामक दुखाइ निको पार्ने हर्मोन (anti-inflammatory hormone) बढ्न गई पीडा कमहुने कुरा पता पगाएका छन्।
Arizona State University का बैज्ञानिकहरुले पत्ता लगाए अनुसार मौरी बुढो हुँदैजाँदा कुनै एक बिन्दुमा पुगेपछि दिमागको बुढोहुने क्रम उल्टिएर जवान हुन थाल्दछन।त्यसैले मौरीले मरुन्जेल जवानले जस्तै काम गर्न सक्छन्। यो जैविक संयन्त्र राम्रोसंग अनुसन्धान गरिएमा मान्छे बुढो हुँदैजाँदा लाग्ने बिर्सिंदैजाने (Dementia) रोगको उपचार पत्तालाग्ने कुरामा उनीहरुको बिश्वास छ।
चिया, कफी आदिमा पाइने क्याफिन (Caffeine) ले पिउने मान्छेलाई सजक बनाउँछ। सजक रहनु भनेको एक प्रकारको नबिर्सिने प्रक्रिया हो। कतिपय बिरुवा र फूलको परागमा पनि क्याफिन पाइन्छ । बास्तबमा अस्थित्व बचाउको सिद्धान्त (Struggle for Survival) अनुसार कतिपय बिरुवाहरुले हानिकारक किटाणुबाट आफ्नो प्रतिरक्षा गर्न, र पराग सेचन गर्नेलाई आकर्षण गर्न क्याफिनको उत्पादन गर्ने गरी बिकसित (Evolve) भएका हुन, तर जीव बिकासको क्रम यहाँसम्म आइपुग्दा क्याफिन माहुरीको स्मरणशक्ति बढाउने तत्व बन्न पुगेको छ। क्याफिन हुने फूललाई मौरीले कहिलै बिर्सिंदैनन्।
मौरीले प्रपोलिस (Propolis) भन्ने बाह्रै महिना हरियो हुने रुखको चोप बटुलेर आफ्ना सम्पूर्ण चाकाहरुमा दल्दछन्। हामीले पनि ब्याक्टेरिया, भाइरस, ढुसीबाट बच्नको लागी यही रुखको चोपमा पाइने जस्तै तत्व प्रयोग गर्दछौं। तसर्थ मौरीको चाकाको कुनै किसिमको प्रयोगले हिउँले खाएको घाउ, अन्य घाउखटिरा, छालाको एलर्जी, घाँटी दुखेको, र बिरुवाको रोग आदिको उपचार सम्भब हुन सक्ने कुरामा बैज्ञानिकहरुको बिश्वास छ।
संकलन :- Jalan Budha Chhetri
मौरी_पालन_सम्बन्धि_सम्भावित_प्रस्नोत्तर
१) युरोपेली मौरी भनेर कुन मौरीलाई चिनिन्छ ?
#एपिस_मेलिफेरा
२)एपिस सेराना र मेलिफेरा मौरी एक गोलामा कति संख्यामा हुन्छन ?
#एपिस_सेराना करिब 25-30 हजार
#एपिस_मेलिफेरा करिब 50-60 हजार
३)सेराना र मेलिफेरा मौरिले वार्षिक कति किलो मह उत्पादन गर्छन ?
#सेरानाले_१५देखि२०किलो
#मेलिफेराले_६०देखि८०किलो
४)कठ्योउरी मौरी भनेर कुन मौरिलाई चिनिन्छ ?
#एपिस_फ्लोरिया
५)मौरिको फुल कस्तो रंगको हुन्छ ?
#सेतो
६)सेराना तथा मेलिफेराको स्वस्थ रानुले एक दिनमा कति फुल पार्दछिन ?
#सेराना_रानुले ३००–८००
#मेलिफेरा_रानुले १५००
संकलन Jalan Budha Chhetri