eNepal

मेरो बाल्यकाल देखिको साथी

पक्कै पनि यो गीत नसुन्ने कमै होलान्।बिशेष गरेर नेपाली युवाहरु माँझ अझ बढि लोकप्रिय गीत थियो।ग्रीस र प्रनीलले भित्राएको नेपाली र्यापलाई उचाईमा पुर्याउने काम गरे यहि गीत मेरो बाल्यकाल देखिको साथीका गायक अनिल अधिकारी यानिकी यम बुद्दले।
सुन्दै सिरीङ्ग हुने समाचारले एक्कासी आजको बिहान सुन्य र निस्कपट कालो बनायो।पत्याउनै गार्हो भयो।फेसबुकका भित्ताहरु सबै यम बुद्दका मृत्यको खवरले भरिएका थिए।हुन त हिजो राती एकजनाले फेशबुकमा लेखेका थिए RIP Yama Buddha तर बक्वास होला, केही रिसीभीले लेखे होला भनेर त्यत्तिकै ओच्छ्यानमा पल्टे। आजकाल बडो सजिलो भएको छ कि कसैलाई रिस या मनमोटाब भयो भने कैही नसोची फेशबुकमा लेख्ने।त्यस्तै होला भनेर सम्झे।तर त्यो खबर आखिरी सत्य साबित भयो।अन्ततः अठ्ठाईस बर्षको कलिलो उमेरमा हामी सबैलाई निरास बनाएर भगवानसामु बिलीन भए।

उनको जन्म अनि मेरो जन्म थलो एउटै भएर पनि मलाई अझ भावविहल बनायो।उनको बुवा र आमासँग अझ बडि मेरो ममी नजिक भएर पनि मलाई अझ बडि भावुक बनायो।धनकुटाको हिले बजारमा हाम्रो घर भएकोले बिहीबारे हाटबजारमा उनको बुवा ममी आउने भएकोले शायद ममी र उनको परिवारसँगको सामिप्यताको कुराहरुबाट अझ भावुक बनायो।

यम बुद्द उर्फ अनील अधिकारीको जन्म १९८७ ३० मार्चको दिन धनकुटाको लेगुवामा भएको हो। उनका बाबु राजनितीज्ञ अम्बिका प्रसाद अधिकारी हुन्। ६ वर्षको हुँदा परिवार सहित पहाडबाट तराई सलकपुर मोरङ बसाई सरेको अनील अधिकारी केही बर्षको तराईको बसोबास पछि पठनपाठनलाई निरन्तर दिन कक्षा ६मा भर्ना हुन काठमान्डौ भित्रीएका थिए। उनले एसएलसी एक्सेलसियलबाट अनि कक्षा १२ एडमार्क एकेडेमीबाट उतृण गरेका थिए।

एउटा सम्योगनै भन्छु म अस्ट्रेलीयाको मेल्बोर्नमा रहेको नेप्ले ईभेन्टससँग पनि आबद्द छु।गएको साल हामीले बजाउँछ अस्ट्रेलीया भन्ने कार्यक्रम गर्ने निर्णय गर्यौ।कलाकारहरु कसलाई बोलाउने भन्ने छलफल भई रहँदा नेपालीहरु माँझ लोकप्रीय र्यापर यम बुद्द र पोखरेली ब्यान्ड द एड्ज लाई निर्णय भयो।यम बुद्द लन्डन बस्थे।उनी लण्डनबाट आए।एक भव्य र अबिस्मरणीय कार्यक्रम अस्ट्रेलीयाका नेपाली दर्शक श्रोता अनि उनका फ्यानलाई दिलाएर गए जुन सबैको लागि युगान्तर सम्म एउटा यादगार बनेर रहनेछ।

बिदेशी सित र्याप बेटल खेल्ने क्रममा र्याप सङ्गीत प्रती झुकाब बड्दै गएको थियो।उनी आफ्नो प्रेरणाको स्रोत नेप्साडेज, जि:पी,यमिनीम,मोस डेफ, बिग् एललाई मान्थे।आफु लण्डन बस्ने क्रममा साथीको सङ्गतले लागु दुर्वेसनीमा फसेको र यसको अधिक शेवनले उसका अधिक मिल्ने साथीहरु गुमाउनु परेको त्यो क्षणले उनलाई साथी भन्ने गीत उहि साथीहरुमा समर्पित गरेर बनाएका थिए। तेहि गित हो यम बुद्दलाई सबैसामु चिनाउने गीत मेरो बाल्यकाल देखीको साथी।

अर्को कुरा उनी अलिक बढी स्टाईलीस थिए।उनको कार्यक्रमको होस्ट बन्ने सौभाग्य मिल्यो मलाई।उनको लागि उनले भने बमोजीमको मन्चमा सबै कुरा गर्यौ।कुनै कुराको कमी हुन थिएनौ। मन्चको सजावट देखी लाईटीङ अनि फाईर वर्कसको तारटम्य सबै जुटायौ जुन कार्यकरमले नेप्ले ईभेन्ट्सलाई पनि हाईपमा पुर्याउन सफल भयो।आझ म त्यो उनको मन्चको आगमन अनि अनका फ्यानले उनीसँगै गाएको मेरो बाल्यकाल देखीको साथी स्मरण गरि रहेको छु।आमा भन्ने गीत गाउँदा पुरै भेन्यु अध्याँरो बनाएर मोबाईलको लाईट बालेर सबैले उनलाई साथ दिएको सम्झदा मलाई अहिले यो लेखीरहँदा समेत भावुक बनायो।

यम बुद्दसँग लगभग हप्तादिन जसो सँगै बसियो।सार्है रमाईलो मान्छे।बच्चासँग पनि त्यतिकै मिल्नै अनि मायाँ गर्ने।बच्चाहरु बोक्न खोज्ने,जिस्कीने पर्ने मान्छे।आमाहरु सँग पनि बात गर्न मन पराउने बडो मिजासीला थिए तर एउटा चाँही नराम्रो बानी अलिक बडि अल्कोहोलीक चाँही थिए।

बिदाई हुने बेला छिट्टै भेटौला भनेर एयरपोर्टबाट बिदा भएका थिए तर सधैका लागि गए।उनि भन्थे हिन्दु र बौद्द धर्म अनुसार यम भनेको हिम्सा, उग्र र प्रचण्ड हो अनि बुद्दको अर्को नाम शान्ती वा ज्ञानी हो। हिम्सा र शान्ती दुई विपरीत वस्तु हुन्। हामी आफैमा दुई शक्तीहरु हुन्छ देउता र राक्षसी । यो तपाईमा भर पर्छ,दैबी रुप अङ्गाल्ने कि राक्षेसी रुप।हो तेहि भएर जिवनलाई शान्त बनाउने या अशान्त त्यो आफैमा भर पर्छ हो यहि अर्थ लाग्छ यम बुद्दको ।यस्तो गहन अर्थ दिने अनील अधिकारी आखिरी किन छोटो समयको लागि हामीमाँझ सपना जस्तो भएर याद दिलाउन आए।आखिरी किन गर्यौ आत्महत्या।

 

Related posts

ग्रामपियन्स यात्रा सस्मरण- ग्रामपियन्स जंगलमा ॐकार ध्वनिको गुन्जन

Manoj Poudyal

के एउटा साथी छ त???

Manoj Poudyal

सोचे जस्तो कहाँ सजिलो छ र विदेश!!!

Manoj Poudyal

पैसाले के गर्नु छोरी, तँ नै नभएपछि

Manoj Poudyal

The civilisational beauty of Pompeii

Manoj Poudyal

समाजसेवा गर्नलाई एनआरएनएमै उठ्नु पर्छ र??

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349