म्याग्दीकी १८ वर्षीया सपना रोका मगर बेलायती प्रसारण संस्था बिबिसीको १०० प्रभावशाली महिलाको सूचीमा परेकी छन्।
१६ महिनाअघिसम्म साथीभाइको लहैलहैमा लागेर दुर्व्यसनमा फसेकी सपना छोटो समयमा नै विश्वको उत्प्रेरक र प्रभावशाली महिलाको रूपमा परिचय बनाउन सफल भएकी हुन्।
तिन सय भन्दा बढी बेवारिसे शवलाई आफ्नै हातले दाग बत्ती दिइसकेकी सपनाले ‘कर्मबुवा’ मानेका विनयजंग बस्नेतसँग मिलेर पछिल्लो ६ महिनामा मात्रै सय भन्दा बढी शव को अन्तीम सँस्कार गरी सकेकी छिन्।
३५ दिन सम्म पनि शवको दाबी गर्न नआएमा सपना आबद्ध सँस्था धार्मीक परम्परा अन्तर्गत शवको अन्त्यस्टी गर्ने गरेको छ।
बिबिसीले प्रकासित गरेको १०० प्रभावशाली महिलाको सूचीमा उक्त सूचिमा फिनल्याण्डको महिला गठबन्धन सरकारको नेतृत्व गर्ने सन्ना मारिन, नयाँ अवतार र मार्वल फिल्महरूका स्टार मिशेल येहो र कोरोनाभाइरस खोपमा अक्सफोर्ड विश्वविद्यालय अनुसन्धानका प्रमुख सारा गिलबर्टका साथै जलवायु परिवर्तनकर्ता जेन फोंडा पनि रहेका छन्।